×

NMB BANK
NIC ASIA

त्रिदेशीय टी–२० क्रिकेट शृंखला

पीएनजीसँग भारी अन्तरले पराजित हुँदै नेपालले गुमायो टी–२० शृंखलाको उपाधि

काठमाडाैं | फागुन ३०, २०८०

NTC
Premier Steels

नेपालले हङकङमा मंगलवार भएको त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधि गुमाएको छ ।

Muktinath Bank

मंगलवार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)सँग ८६ रनको भारी अन्तरले पराजित हुँदै नेपालले उपाधि गुमाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब ब्याटिङ गर्यो । नेपालले पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि त्यो क्रम लगातार रह्यो ।


Advertisment
Nabil box
Kumari

नेपाल १६.३ बलमा अलआउट हुँदै ८५ रनमा सीमित भयो । 

Vianet communication

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए । आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

लोकेश बम र गुल्सन झाले ६/६, कुशल भुर्तेलले ५, विनोद भण्डारी ४ रन जोडेर आउट भए ।

यस्तै करण केसी ३, विवेक यादव १ रनमा आउट भए । यसैगरी प्रतिश जीसी र आकाश चन्दले कुनै रन जोड्न सकेनन् । आकाश अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । 

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

पीएनजीले मंगलवार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको हराउँदै फाइनल यात्रा तय गरेको थियो । नेपालले भने मंगलवार नै पीएनजीमाथि ८५ रनको जीत निकाल्दै फाइनल पक्का गरेको हो ।

लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोडेका थिए । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

नेपाल र हङकङबीचको श्रृंखलाको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाँडेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x