कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
कैलाली | चैत ३, २०८०
दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाकी निरुता ठगुन्ना सानैदेखि खेलकुदमा रुचि राख्थिन् । विद्यालयमा हुने एथलेटिक्स, दौड, हाई जम्प, लमजम्पलगायत प्रतियोगितामा उनी प्रायः भाग लिइरहन्थिन् । कक्षा ६ मा पढ्दै गर्दा उनले राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागी भइन् । ४ सय र ८ सय मिटर दौडमा उनले राम्रो नतिजा निकालिन्। निरुताको खेल कलाकुशल देखेर रनिङ कोच निलराज अवस्थी(हाल स्वर्गीय)ले भलिबल खेल्न सुझाए ।
गुरुको सुझावपछि उनी भलिबल खेल हेर्न थालिन् । मौका मिल्यो कि उनी खेल्न थालिहाल्थिन् । पहाडी विकट क्षेत्र त्यसमा पनि महिला, भलिबल खेल्न सोचेजति सजिलो थिएन । गाउँमा प्रायः पुरुषहरूनै भलिबल खेल्थे । स्कुल र गाउँघरका प्रतियोगितामा टिम नपुगे मात्रै उनले खेल्न पाउँथिन् । २०७२ सालमा उनी राष्ट्रपति रङिन सिल्ड प्रतियोगितामा जिल्लाका लागि छनोट भइन् । जिल्लामा पनि उनले राम्रो खेलिन् । उनी सुदूरपश्चिम प्रदेशका लागि छनोट भइन् । प्रदेशको टिमबाट उनले पोखरासम्म प्रतियोगितामा सहभागिता जनाइन् ।
अनि आर्मीबाट ब्याक...
हेर्दै, खेल्दै र सिक्दै गरेकी निरुता विस्तारै अब्बल खेलाडीका रूपमा परिचित हुन थालिसकेकी थिइन् । जिल्ला र प्रदेश स्तरका प्रतियोगितामा आयोजना हुँदा उनको नाम चर्चामै आउँथ्यो । प्रतियोगितामा सहभागी हुन उनलाई धेरै ठाउँबाट अफर आइरहन्थ्यो । भलिबलमा उनी जम्न थालिसकेकी थिइन् । आर्मी टिमबाट खेल्न उनले फर्म भरिन् । त्यसको केही समयपछि आर्मी क्याम्पमा छनोट भइन् । ६ महिना तालिममा व्यस्त रहिन् । ‘त्यो क्षण मेरा लागि निकै स्मरणीय रह्यो । आफ्नै बलबुतामा खेल्ने मैले तालिम लिएपछि धेरै निखार ल्याएँ । प्रतियोगिताहरूमा पनि राम्रो खेल्न सक्ने भएँ,’ निरुताले भनिन् ।
आर्मीमा रहँदा मुख्य खेलाडीका रूपमा स्थान बनाएकी उनले टिमलाई दुई पटक फाइनल पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिन् । टिममा ओपन स्पाइकरको भूमिकामा रहने उनी विपक्षी टिमका लागि टाउको दुखाइ बन्ने गर्थिन् । ‘दिदीबहिनी कप र शेरबहादुर स्मृति कप भलिबल प्रतियोगितामा टिमलाई फाइनल प्रवेश गराएका थियौँ । धेरै पटक मेडल जित्यौँ । आर्मी क्लबको यात्रा राम्रै भइरहेको थियो,’ उनले भनिन् ।
झन्डै २ वर्ष आर्मी क्लबबाट खेल्दै गर्दा एक दिन यस्तो आयो, उनले क्लब नै छोडेर हिँड्नु पर्यो । हरेक क्षेत्रमा सङ्घर्ष छ । त्यतिमात्रै होइन आरोह–अवरोध पनि उत्तिकै हुन्छ । खेलमा राम्रो प्रस्तुती दिँदादिँदै पनि उपयुक्त वातावरण नहुँदा उनलाई सहन निकै गाह्रो हुन्थ्यो । ‘मानसिक तनाब सहनै नसक्ने अवस्था सिर्जना भएपछि मैले क्लब छोड्ने निर्णय गरेँ । त्यसपछि कसैलाई जानकारी नगराई गाउँ फर्के । अब भलिबल नै नखेल्ने भनेर गाउँमै बस्न थालें,’ तितो यथार्थ सम्झिँदै निरुताले भनिन् ।
पहिलो पटक नेपालको जर्सी लगाउँदा...
खेल क्षेत्रमा भोगेका पीडा उनले व्यक्त गर्न नसकेपनि भावमा प्रकट हुन्थे । खेलमा राम्रो कुशलता हुँदाहुँदै पनि विभागीय टिम छोडेर गाउँ फर्केपछि त्यहाँका खोलानाला, छहरा र साना बालबालिकाहरू उनका पीडा भुलाउने साथी बने । भलिबलमा आफ्नो राम्रो उपस्थिति बनाइसकेकी उनलाई खेल क्षेत्र नछोड्न भन्दै उनका साथीहरू, अग्रज खेलाडी र गुरुहरूले सम्झाइरहन्थे ।
मानसिक तवरका नगन्य पीडाले झेलिएकी उनले अब पेसा नै परिवर्तन गर्ने सोच बनाउँदै थिइन् । २०७५ सालमा नेशनल टिमको क्लोज क्याम्पमा आफ्नो नाम समावेश भएको समाचारबाट जानकारी पाइन् ।
उनका लागि पीडा र खुसीको एक साथ वर्षा भयो । खेल क्षेत्र नै छोड्ने मनसायले घर फर्केकी उनले पीडा भुलाउन सकेकी थिइनन् । त्यही क्रममा उनको नाम राष्ट्रिय टिममा समावेश भयो । राष्ट्रिय टिमबाट खेल्ने हरेक खेलाडीको सपना हुन्छ । सपना विपनामा परिणत हुने अवसरलाई उनले खेर फाल्न चाहिनन् ।
तेस्रो साग च्याम्पियनसिप प्रतियोगिता नजिकिँदै थियो । उनी दार्चुलाबाट काठमाडौँ आइन् । ३ महिनाको तालिम सुरु भयो । उनका लागि त्यो समय पनि सहज थिएन । राष्ट्रिय टिममा उनको नाम परेपछि आर्मी क्लबले निरुतालाई स्पष्टीकरण सोध्यो । जानकारी नगराएरै भागेर गएको भन्दै कारबाही गर्ने सम्मका कुरा थिए । उनले वास्तविकता बताएपछि समस्या समाधान भयो । ‘तालिममा नै दैनिकी बित्यो । जागिर छोडेर हिँडेकी भनेर धेरैले धेरै थरी कुरा सुनाउँथे । तालिम सकियो । बङ्गलादेशमा सुरु हुने एभिसी सेन्ट्रोल जोन प्रतियोगितामा नेपालका तर्फबाट खेल्न टिमसहित उनी प्रस्थान गरिन् । उनका लागि त्यो अविस्मरणीय क्षण थियो किनकि अन्तर्राष्ट्रिय स्तरको खेलमा पहिलो पटक सहभागी हुँदै थिइन् । त्यो पनि राष्ट्रिय टिमबाट । मालदिभ्सविरुद्ध डेब्यू गरेकी निरुताको उत्कृष्ट प्रदर्शनले नेपालले एभीसी सेन्ट्रल जोन भलिबलकै उपाधि जित्यो ।
‘पहिलो पटक नेपालको जर्सी लगाउँदा खुसीको सीमा रहेन । प्रतियोगितामा पनि आफ्नो तर्फबाट राम्रो प्रस्तुति दिएँ । सबैले प्रशंसा गरे । आफैँलाई देखेर विश्वास लागि रहेको थिएन । त्यो क्षणबाट मैले अथाह पीडाहरू भुल्न सकें । अझ राम्रो गर्न सक्छु भन्ने आशा जागेर आयो । त्यहीअनुसार मेहनत गर्दै गएँ,’ उनले भनिन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा पनि महत्त्वपूर्ण खेलाडीका रूपमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी उनले टिमलाई गोल्ड मेडल जिताउन धेरै पटक योगदान दिएकी छिन् । बङ्गलादेशबाट फर्किसकेपछि उनी विभागीय टिम एपीएफमा आबद्ध भइन् । आफ्नो टिमलाई दर्जनौँ पटक पदक जिताउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । राष्ट्रिय टिमको महत्त्वपूर्ण खेलाडी रहेकी उनी हाल पनि एपीएफमा आबद्ध छिन् । नेपाली राष्ट्रिय टिमकी उत्कृष्ट स्पाइकर रहेकी उनी दर्जनौँ पटक पुरस्कृत भइसकेकी छिन् ।
नाम छ, दाम छैन
निरुताका बुबा प्रेमसिंह ठगुन्ना शिक्षक हुन् । जनहित माध्यमिक विद्यालयमा उनलाई पनि सामाजिक विषय पढाउँथे । आमा धनमति ठगुन्ना गृहिणी हुन् । घरको जेठो सन्तानको रूपमा रहेकी निरुतालाई उनका बुबा सुरक्षाकर्मी (लाहुरे) बनाउन चाहन्थे । आमासँग उनको रोजाइ मिल्थ्यो । उनलाई नर्स बन्ने इच्छा थियो । आमाले पनि छोरीलाई स्वास्थ्यकर्मी बनाउन चाहेकी थिइन् । तर, विद्यालय स्तरबाटै खेलकुद क्षेत्रमा नाम कमाएपछि भविष्यमा नर्स बन्ने सपना त्यागिन् । देखेको सपना पूरा गर्न मेहनत नै गर्न पाइनन् । लक्ष्य नर्स अनि दैनिकी खेलकुद हुन थालेपछि उनले खेलकुदमै जम्ने निधो गरिन् र सफल पनि भइन् । मन भारी हुँदा बेलबेला उनलाई आफ्नो पुरानो सपनाको झल्को आउँछ । ‘खेलाडी नभई नर्स भई दिएको भए भन्ने पनि सोच्थें । तर भलिबलबाट मैले नाम कमाएँ । आवश्यकताहरू परिपूर्ति पनि भइरहेको छ । अहिलेको अवस्थामा म सन्तुष्ट छु,’ उनले भनिन् । खेलकुदबाट सोचेजस्तो आम्दानी भने नहुने गरेको उनी बताउँछिन् । ‘खान बस्न र सामान्य आवश्यकता परिपूर्ति गर्न सकिन्छ । खेलेरै गाडी,घर,जग्गा जोड्न भने मुस्किल नै पर्छ,’ उनले भनिन् ।
सरकारले हेरेन, धेरै खेलाडी पलायन भए
नेपालमा खेल र खेलाडीको अवस्था दयनीय रहेकाे उनी बताउँछिन् । क्रिकेट र फुटबलमा राज्यले केही लगानी गरेको देखिन्छ तर, भलिबलका लागि भने राज्यले नहेरेको उनको गुनासो छ । ‘खेलेर दैनिकी चलाउन मुस्किल परेपछि धेरैजसो पुराना अब्बल खेलाडी पलायन भइसकेका छन् । अहिले राष्ट्रिय टिममा प्रायः नयाँ खेलाडीहरू छन् । उनीहरू पनि कुन दिन विदेशिन बाध्य हुन्छन् थाह छैन । हामीले देशका लागि आफ्ना सबै सपना त्यागेर खेलिरहेका छौँ तर, सरकारले खेलाडीहरूका लागि उचित पारिश्रमिकसम्म दिन सकेका छैन । खेलकुद र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्न नसक्दा हामीले सोचेजस्तो नतिजा दिन सकिरहेका छैनौँ,’ उनले भनिन् ।
अब उनको एउटै लक्ष्य छ । जबसम्म सकिन्छ नेपालकै लागि भलिबल खेल्ने । खेलका अलावा उनलाई नाच्न र गाउनमा रुचि छ । ‘मेरो पहिलो प्यार भलिबल नै हो । अब अन्तिम को हुन्छ थाह छैन । भलिबलमै फोकस भएकाले लभसम्म सोचेको छैन । तत्काल बिहे गर्ने प्लान पनि छैन । मन मिल्ने र भावना बुझ्ने जीवन साथी भेटे बिहे गरौला,’ मुस्कुराउँदै उनले कुराकानी टुंग्याइन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...