×

NMB BANK
NIC ASIA

प्रभावकारी बन्दै नेपाल टेलिकमको 'अडियो सूचना बोर्ड', कसरी लिने सेवा ?

काठमाडाैं | चैत ५, २०८०

NTC
Premier Steels

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि उपलब्ध गराएको अडियो सूचना बोर्ड प्रभावकारी बन्दै गएको  छ । विगत केही समय यता यो सेवा लिने ग्राहकको संख्यामा उल्ल्लेख्य वृद्धि भएको टेलिकमको दाबी छ ।

Muktinath Bank

नेपाल टेलिकमका ग्राहकले नेपाल टेलिकमको मोबाइल/ल्यान्डलाइन या भीस्याट टेलिफोन प्रयोग गरेर आफ्नो सूचना वा जानकारी आफ्नो सूचना बोर्ड नम्बरमा रेकर्ड गर्न सक्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अडियो सूचना बोर्ड नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि ल्याएको नि:शुल्क सेवा हो । यो सेवाले ग्राहकहरूलाई सूचना बोर्ड नम्बरमा जानकारीको रेकर्ड गर्न अनुमति दिन्छ । रेकर्डिङपछि त्यसलाई नियमित अद्यावधिक गर्न पनि मिल्छ भने त्यो हटाउन पनि मिल्छ ।


Advertisment
Nabil box
Kumari

कुनै मोबाइल/ल्यान्डलाइन र भीस्याट नम्बरमा कल गरेर त्यहाँको सूचना लिन प्रयोग गरिने सेवा नै अडियो नोटिस बोर्ड सेवा हो । रेकर्ड गरिएका सूचनाहरू र जानकारीहरू सजिलै सम्पादन गर्न वा ग्राहकले आवश्यकता अनुसार मेटाउन सक्नेछन् ।

Vianet communication

नेपाल टेलिकमले यो सेवा निशुल्क दर्ता हुने जनाएको छ भने ग्राहकले नयाँ उपकरण थप्न आवश्यक हुँदैन । ल्यान्डलाइन भएका वा ल्यान्डलाइन नभएका जो कोहीले पनि यसको सेवा लिन सक्ने टेलिकमको दाबी छ ।

यसरी रेकर्ड गरिएका सूचनाहरू सेवाग्राहीले रेकर्ड गर्न, सम्पादन गर्न र मेटाउनसमेत सक्नेछन् ।

यी सूचनाहरू पासवर्ड राखेर सुरक्षित गर्न सकिने र सेवाग्राहीबाहेक अन्य कसैले पनि अपलोड गरिएको सूचना सम्पादन या मेटाउन नमिल्ने टेलिकमले जनाएको छ । यस्तो सूचना १ देखि ३ मिनेटसम्म लामो राख्न सकिन्छ ।

सामान्य र आपतकालीन सूचनाहरूको लागि स्कूल/कलेजहरूले यसको प्रयोग गर्न सक्नेछन् । त्यस्तै उत्पादनको जानकारी, विज्ञापन, आदि उद्देश्यका लागि यो सेवा व्यापार संगठनहरूले पनि प्रयोग गर्न सक्ने टेलिकमको दाबी छ ।

मौसम अपडेटको लागि मेट्रोलोजी विभाग, यात्रा जानकारीको लागि यात्रा एजेन्सी, उडान जानकारीका लागि एयरलाइन्स कार्यालय र ट्राफिक अपडेटका लागि ट्राफिक प्रहरी कार्यालयले यो सेवा प्रयोग गर्न सक्नेछन् ।

टेलिकमले मुद्रा विनिमय केन्द्र र विदेशी मुद्रा दरको सूचना दिने प्रयोजनका लागि बैंक र अन्य एजेन्सीहरूले पनि यसको प्रयोग गर्न सकिने जनाएको छ ।

त्यस्तै कार्यक्रम तालिकाका लागि एफएम रेडियो/टिभी स्टेशन, ताजा समाचारका लागि समाचार एजेन्सी, राशिफलका लागि ज्योतिषी, फिल्म हल, शिक्षा सम्बन्धि परामर्श केन्द्र र अस्पताल र पोलिक्लिनकहरूले पनि यसको प्रयोग गरेर फाइदा लिन सक्नेछन् ।

यो सेवा लिन ग्राहकले एउटा फारम भरेर यसलाई ०१-४२२७७७७ मा फ्याक्स गर्नुपर्नेछ । अथवा आवश्यक कागजातसहितको अनुरोध पत्र [email protected] पनि इमेल गर्न सकिने टेलिकमले जनाएको छ । साथै उक्त फारमसँग प्यान र कार्यालय दर्ता पत्रको प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्छ । 

यस्तो सूचना रेकर्डिङका लागि नेपाल टेलिकमको जीएसएम वा फिक्स्ड फोन प्रयोग गर्नुपर्छ ।

अनि १६१०-एरिया कोड-अडियो सूचना बोर्ड सेवाको लागि सदस्यता लिएको टेलिफोन नम्बर डायल गर्नुपर्छ । जस्तै काठमाडौँको एरिया कोड छ भने १६१०-०१४२४१*** डायल गर्नुपर्छ । अनि सूचना बोर्ड सेवाको लागि फारम भर्दा अनुरोध गरे अनुसार ६ अङ्कको पासवर्ड राख्नुपर्छ ।

यसलाई सुन्नको लागि नेपाल टेलिकमले उपलब्ध गराएको नोटिसबोर्ड नम्बर डायल गर्नुपर्छ । जस्तै १६१८-एरिया कोड-टेलिफोन नम्बर ।

अडियो सूचना सुन्न देशभरका नेपाल टेलिकम नेटवर्क भित्र रहेका सबै प्रकारका फोनको प्रयोग गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x