×

NMB BANK
NIC ASIA

उपकरण मर्मतसम्भारका लागि हेटौँडा सिमेन्टको उत्पादन बन्द

काठमाडाैं | चैत ७, २०८०

NTC
Premier Steels

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका केही उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने भन्दै सिमेन्टको उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगले दुई हप्ताभित्रै आगो बाल्ने भट्टीलगायत केही यन्त्रको मर्मतसम्भार गरेपछि पुनःसिमेन्टको उत्पादन गर्ने लक्ष्य राखिएको हेटौँडा सिमेन्टले जनाएको छ ।

Muktinath Bank

सो उद्योगमा हालसम्म करिब सवा तीन लाख बोरा सिमेन्टको उत्पादन गरेर मौज्दात रहेको छ । सिमेन्टलाई काठमाडौँसहित अन्य सहरमा पर्याप्तमात्रामा खपत गराउन उद्योगबाट प्राविधिक खटिसकिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार सो उद्योगमा अहिले एक हजार छ सय मेट्रिक टन कोइला मौज्दात राखिएको र अन्य थप कोइला ल्याउन उद्योगले बोलपत्र आह्वान गरिसकिएको उनले जानकारी दिए। सरकारले विसं २०३३ वैशाखमा हेटौँडाको लामसुरेमा रु एक अर्ब ५० करोडको लागतमा सिमेन्ट उद्योगको स्थापना गरेको थियो ।


Advertisment
Nabil box
Kumari

सो उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन गरी काठमाडौँ, पोखरा, भैरहवा, विराटनगरलगायत विभिन्न सहरको उपभोक्तालाई सिमेन्टको आपूर्ति गर्दै आएको थियो ।

Vianet communication

सो उद्योगमा अहिले प्रशासन, लेखा, स्टोर, चुनढुङ्गाखानी र मेसिनको प्राविधिक गरी करिब दुई सय ५० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । सो उद्योग चार दशकदेखि सञ्चालनमा रहेको र उक्त उद्योगका विभिन्न उपकरण जीर्ण भएकाले नियमित उत्पादन गर्न निकै कठिनाइ भएकाले पटकपटक उपकरण बिग्रिएर बन्द हुँदा उद्योगले अहिले आर्थिक सङ्कट व्यहोर्नु परेको उद्योगका महाप्रबन्धक पाण्डेले बताए।

उनले अब सो उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन सरकारका विभिन्न निकायसँग अनुरोध गरी उद्योग व्यवस्थापनले हालै प्रधानमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई उद्योगको वर्तमान अवस्थाका बारेमा जानकारी गराइसकिएको पनि उल्लेख गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x