×

NMB BANK
NIC ASIA

म्याग्दीमा क्षयरोगका बिरामी पहिचान गर्न चुनौती

म्याग्दी | चैत ११, २०८०

NTC
Premier Steels

म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौती देखिएको छ ।

Muktinath Bank

बिरामी आफैं स्वास्थ्य संस्थामा नआउने, समुदायस्तरमा क्षयरोग परीक्षण गर्ने कार्यक्रम अभाव, पहिचान भएकाले नियमित औषधि सेवन नगर्ने लगायत कारणले क्षयरोग निवारणमा चुनौती बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले क्षयरोग नियमित औषधि सेवन गरेमा निको हुने सरुवा रोग भएकामा देवी देवताका कारण भएको मानेर हेलचेक्राई गर्नाले मानिसको ज्यान लिने तथा धेरैलाई सर्ने गरेको बताए ।


Advertisment
Nabil box
Kumari

'स्थानीय तहहरूले क्षयरोगमुक्त पालिका बनाउन समुदायस्तरमा पुगेर बिरामीको पहिचान र नियमित औषधि उपचारको व्यवस्था मिलाउने कार्यक्रम बनाउनुपर्छ', उनले भने, 'क्षयरोग परीक्षण गर्ने प्रयोगशाला र जनशक्ति सीमित हुँदा परीक्षणको दायरा बढाउन सकिएको छैन ।'

Vianet communication

लगातार दुई हप्ताभन्दा बढी समय सुक्खा खोकी लाग्ने, साँझपख ज्वरो आउने जस्ता लक्षण भएमा क्षयरोग परीक्षण गराउन बेनी अस्पतालका चिकित्सक अनुषा मानन्धरले अनुरोध गरिन्।

उनका अनुसार स्वास्थ्यकर्मीको निगरानीमा छ महिनादेखि १३ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ ।

जिल्लामा चालू आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २४ जना नयाँ क्षयरोगी पहिचान भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए।

उनका अनुसार बेनी नगरपालिकामा १२, मालिका गाउँपालिकामा चार, धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा २/२ जना क्षयरोगी भेटिएका हुन् ।

गत आवमा बेनीमा २८, अन्नपूर्णमा आठ, रघुगङ्गामा पाँच, धवलागिरिमा छ, मालिकामा आठ र मङ्गला गाउँपालिकामा पाँच जना क्षयरोगी भेटिएका थिए । आव २०७८/७९ मा जिल्लाभर ५८ जना क्षयरोगी भेटिएका थिए ।

'म्याग्दीको जनसङ्ख्याको अनुपातमा वार्षिक दुई सय ४९ जना क्षयरोगीका बिरामी पहिचान हुनुपर्नेमा लक्ष्य भन्दा कम भेटिएका छन', सुवेदीले भने, 'यहाँका बिरामी उपचारका लागि बाहिर जिल्लामा गएर रोग पहिचान भएको पनि अवस्था छ ।'

म्याग्दीमा क्षयरोगीको उपचारको सफलता दर भने उच्च छ । गत आर्थिक वर्षमा ९६.०६ प्रतिशत उपचार सफल भएको उनले जानकारी दिए ।

बेनी अस्पताल, भुरुङ तातोपानी स्वास्थ्य चौकी र दरवाङ आधारभूत अस्पतालको प्रयोगशालामा मात्र क्षयरोग परीक्षण हुन्छ ।

भुरुङ तातोपानी र दरवाङको प्रयोगशालामा नियमित स्वास्थ्यकर्मी नहुँदा बेनीकै प्रयोगशालामा खकार परीक्षण गर्न ल्याउने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ठकुराठीले बताए ।

क्षयरोग निवारणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर समुदायस्तरमा जनचेतना अभिवृद्धि, परीक्षण र उपचारमा पहुँच बढाउनुपर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x