चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
काठमाडाैं | चैत १३, २०८०
रामेछापको लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २७ जनाविरुद्ध २०७८ सालमा दर्ता गरेको भ्रष्टाचार मुद्दामा खड्का दोषी ठहर भएका हुन् ।
विशेष अदालतले खड्कालाई ६ महिना कैद र १ करोड ९९ लाख ३२ हजार ५०९ रुपैयाँ जरिवाना गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य न्यायाधीश तेजनारायणसिंह राईको इजलासले सोमवार उक्त फैसला गरेको हो ।
उक्त मुद्दामा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईलाई जनही ३ महिना कैद र ६३ लाख १० हजार ८३६ रुपैयाँ जरिवाना गरेको हो ।
त्यसै गरी तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामालाई जनही ३ महिना कैद र ३१ लाख ५५ हजार ४१८ रुपैयाँ जरिवाना तथा बिगो असुल उपर गर्ने फैसला भएको छ ।
पाइप कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङलाई ३ महिना कैद र ४२ लाख ३५ हजार ६८६ रुपैयाँ जरिवाना तथा बिगो रकम असुल उपर हुने फैसला गरेको हो ।
बाँकी प्रतिवादीहरूले भने सफाइ पाएका छन् ।
अख्तियारले उनीहरूविरुद्ध विद्युतीय सामान खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...