×

NMB BANK
NIC ASIA

लुम्बिनी क्षेत्रको पर्यटकीय विकासका लागि एनआरएनए र ४ नगरपालिका एकैठाउँ, समझदारी पत्रमा हस्ताक्षर

बुटवल | चैत १४, २०८०

NTC
Premier Steels

लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र बुद्व परिपथका ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Muktinath Bank

काठमाडौंमा बुधवार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा बद्री केसी, एनआरएनएका पर्यटन प्रबद्र्धन समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका प्रमुख (मेयर) सुदीप पौडेल,  देवदह नगरपालिकाका मेयर ध्रुव खरेल र रामग्राम नगरपालिकाका मेयर धनपत यादवले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समझदारी पत्रमा एनआरएनएले लुम्बिनी र बुद्ध परिपथको विकासका लागि नगरपालिकाहरूसँग एक भएर अघि बढ्ने, गैरआवसीय नेपाली भएका देशमा त्यहाँका नागरिकलाई लुम्बिनी भ्रमणको लागि उत्प्रेरित गर्ने उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै बुद्ध धर्मका बारेमा विभिन्न देशमा प्रचारप्रसार गर्ने, बुद्ध दर्शनबारे अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने, बुद्ध दर्शनसम्बन्धी संघसंस्था तथा कूटनीतिक नियोगसँग पनि समन्वय गरेर लुम्बिनीलाई संसारसँग जोड्न पुलको रुपमा एनआरएनएले काम गर्ने उल्लेख छ ।

Vianet communication

कार्यक्रममा एनआरएनएका अध्यक्ष डा बद्री केसीले पर्यटकको वातावरण तयार गर्न र नेपालको संस्कृति तथा सम्पदा विश्वमा चिनाउन आफूहरूले बुद्ध परिपथका नगरपालिकाहरूसँग सहकार्य गरेको बताए । 

‘हामी ७० लाख नेपाली बाहिर छौं । त्यतिले एक–एक जना मानिस भित्र्याउन सकेपनि असंख्य पर्यटक भित्र्याउन सक्छौं भन्ने अवधारणा हो,’ उनले भने,  ‘लुम्बिनीमा गएर आधा घण्टामा फर्किने चलन छ । बुद्ध परिपथका चार पालिकामा पर्याप्त सम्पदाहरू छन् । तिनीहरूको इतिहास बुझाउन सक्ने हो भने पर्यटकहरू एक हप्ता लुम्बिनी बस्छन् ।’ बुद्ध र  शान्तिको सन्देशसँगै आफूहरूले नेपालको सम्पदा र संस्कृतिको प्रचारप्रसार गर्ने केसीको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन  मुसलमानले एनआरएनएसँगको समझदारीले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा ठूलो सघाउ पुग्ने बताए ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले स्थानीय तहबाट बुद्धस्थलको विकासका लागि सक्दो प्रयास गरेको र त्यसमा एनआएनएले काँध थापेको उल्लेख गरे । समझदारी पत्रमा नभई आफ्नो सपना र विश्वासमा हस्ताक्षर गरेको अनुभव भएको उनले सुनाए ।

रामग्राम नगरपालिकाका मेयर धनपत यादवले विदेशमा बसेका नेपालीले लुम्बिनीसँगै अन्य बुद्धस्थलहरूकोे पर्यटनमा चासो राखेको भन्दै खुशी लागेको बताए ।

देवदह नगरपालिकाका मेयर ध्रुव खरेलले स्थानीय नगरपालिकालाई पनि एकैठाउँमा राखेर सञ्चालन गरिने यो कार्यक्रमले पर्यटन क्षेत्रमा ठूलो फाइदा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा कोशी प्रदेशसभाकी सांसद मिना श्रेष्ठले बुद्धको प्रचारमा यसअघि धेरै कुरा छुटेको भन्दै समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमले छुटेका कुरा पूरा हुँदै जाने बताइन् । उनले कोशीमा पनि यस्ता कार्यक्रम ल्याउन एनआएनएसँग आग्रह गरिन् ।

एनआरएनका उपमहाचिव तथा पर्यटन प्रवद्र्धन समितिका संयोजक सोम सापकाेटाले बुद्ध परिपथको संस्थागत रुपमा विकासका लागि आफूहरूले स्रोत प्रयोग गर्ने उदेश्यले नगरपालिकाहरूसँगको सहकार्यमा अभियान अगाडि बढाएको बताए । हस्ताक्षरपछि अब आफूहरूले पर्यटन प्रबर्द्धनमा व्यवस्थित रुपमा काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत लक्ष्मण गौतम, एनआएनएका कार्यालयका सीईओ राजेन्द्रकुमार राउत लगायतले एनआरएनएले पर्यटन क्षेत्रमा नौलो कार्यको शुरूवात गरेको बताएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x