×

NMB BANK
NIC ASIA

लोकान्तर फलोअप

राजस्व अनुसन्धान विभागद्वारा कोटिभिटी नेपालविरुद्ध १० अर्ब ३६ करोडको भ्याट छली मुद्दा

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

राजस्व अनुसन्धान विभागले अमेरिकन कम्पनी(कोटिभिटी इंक) तथा उसको सब्सिडरी कम्पनी (कोटिभिटी नेपाल प्रालि)विरुद्ध १० अर्ब ३६ करोड राजस्व छलीको मुद्दा दायर गरेको छ । 

Muktinath Bank

विभागले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबीसहित आइतबार उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोटिभिटी इंक (होल्डिङ कम्पनी) को सहायक कम्पनी कोटिभिटी नेपाल प्रालिले ५ अर्बभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छलेको विभागले गरेको अनुसन्धानबाट खुलेको छ ।


Advertisment
Nabil box
Kumari

उक्त कम्पनीले आफूमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिई सोबमोजिम सिर्जना हुने प्रचलित कानूनबमोजिमको कर दायित्व ५ अर्ब १८  करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ चुहावट गरेको अभियोगपत्रमा उल्लेख छ  ।

Vianet communication

विभिन्न आर्थिक वर्षमा कम्पनीको शेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तनअनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यमस्तरीय करदाता कार्यालयलगायत नेपाल सरकारअन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानूनबमोजिम तिर्नु/बुझाउनु पर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कोटीभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । कम्पनीको साविकको नाम भर्सिक इन्फर्मेसन टेक्नोलोजी प्रालि रहेकोमा २०७३ श्रावण २८ गतेको शेयरधनीको निर्णयानुसार कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि कायम गरी कम्पनी रजिष्ट्रार कार्यालयले २०७३ भदौ ८ गते स्वीकृति प्रदान गरेको देखिन्छ ।

त्यस्तै, कम्पनीको मिति २०७५ कात्तिक १ को शेयरधनीको विशेष निर्णयबमोजिम भर्सेन्ड टेक्नोलोजी प्रालि नाम परिवर्तन गरी कोटीभिटी नेपाल प्रालि कायम गर्न निवेदन दिएका थिए । त्यसपछि २०७५ पुस ८ को पत्रबमोजिम हालसम्म सो कम्पनीले कोटीभिटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आएको देखिन्छ ।

आर्थिक वर्ष २०७२/७३ मा कुल १७लाख ५ हजार २०२ कित्ता सम्पूर्ण शेयर भेरिक्स हेल्थ इन्क, संयुक्त राज्य अमेरिकाको नाममा प्रमाणित शेयरधनी दर्ता किताबाट देखिन्छ ।

त्यस्तै, २०७५ जेठ २१ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताबअनुसार कम्पनीको एकल शेयरधनी भर्सेन्ड टेक्नोलोजी ईन्क, संयुक्त राज्य अमेरिका रहेकोमा मिति २०७५ कत्तिक २६ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताबअनुसार कम्पनीको एकल शेयरधनी कोटिभिटी ईन्क संयुक्त राज्य अमेरिका रहेको देखिन्छ ।

मुल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ७ मा मूल्य अभिवृद्धि करका दरहरूको व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार अनुसूची- २ मा उल्लिखित सेवाको कारोबारमा शून्य दरमा कर लाग्ने व्यवस्था गरेको छ । अनुसूची -२ को दफा २ (क) मा नेपालभित्र बसोबास भएको व्यक्तिले नेपालमा कुनै व्यावसायिक कारोबार, व्यावसायिक प्रतिनिधित्व वा कानूनी रूपमा मान्य प्रतिनिधि नभएको नेपालबाहिरका व्यक्तिलाई आपूर्ति गरेको सेवामा शून्य दरमा कर लाग्ने व्यवस्था छ ।

कोटीभिटी नेपाल प्रालि कोटीभिटी इंकको व्यवसायिक प्रतिनिधि भएको विज्ञप्तिमा भनिएको छ ।

राजस्व चुहावट नियन्त्रणमा विभागले तथ्यमा आधारित रही अनुसन्धान तथा तहकिकातलाई जोड दिएको छ ।

महानिर्देशक ढुंगानाका अनुसार एउटै व्यावसायिक कम्पनीलाई यति ठूलो मात्राको सजाय मागदाबी गरी अभियोग दायर गरेको यो पहिलोपटक हो।

 

नेपाललाई 'वर्किङ स्टेसन' बनाएर भ्याट छली, कोटिभिटीविरुद्ध ५ अर्बको मुद्दा दायर गर्दै विभाग
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x