×

NMB BANK
NIC ASIA

पोल्यान्डका प्रधानमन्त्रीको चेतावनी

के 'युद्धपूर्वको अवस्था'मा छ युरोप ?

काठमाडाैं | चैत १९, २०८०

NTC
UKRAINE-RUSSIA-CONFLICT-WAR. Photo: Roman PILIPEY/AFP
Premier Steels

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप 'युद्धभन्दा ठीक अगाडि' रहेको र सम्पूर्ण महादेशको भलाइका लागि कुनै पनि हालतमा युक्रेनविरुद्ध रूसलाई जित्न दिन नहुने' चेतावनी दिएका छन् । उनले भने, 'युद्ध अब विगतको कुरा रहेन । यो यथार्थ हो र यो हाम्रो अगाडि छ । यो दुई वर्ष पहिले शुरू भएको हो ।'

Muktinath Bank

बिहीबार रुसले युक्रेनको ऊर्जा केन्द्रमा ठूलो हमला गरेपछि डोनाल्ड टस्कको बयान आएको थियो । त्यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए कि 'नेटो देशहरूप्रति रूसको कुनै आक्रामक नियत छैन ।' यद्यपि पुटिनले युक्रेनले एफ-१६ लडाकु विमानहरूका लागि अन्य देशको हवाई स्ट्रिपहरू प्रयोग गरे 'उनीहरू जहाँ भए पनि वैध लक्ष्य बनाइने' चेतावनी दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युक्रेनमा भएको पछिल्लो हमलामा रुसले करिब १०० मिसाइल र ड्रोन प्रयोग गरेको थियो जसका कारण देशको ठूलो भूभाग अन्धकारमा डुबेको थियो ।


Advertisment
Nabil box
Kumari

युक्रेनलाई आपतकालीन सैन्य सहायताका लागि अपील गर्दै पोल्याण्डका प्रधानमन्त्री टस्कले यो युद्ध अझै चर्किए अर्को दुई वर्षको युद्धले भविष्यको फैसला गर्ने चेतावनी दिएका छन् । 'हामी दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कठिन समयमा बाँचिरहेका छौं,' उनले भने । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि पश्चिमा देशहरूसँगको सम्बन्ध दोस्रो विश्वयुद्धपछिकै खराब अवस्थामा पुगेको छ ।

Vianet communication

युरोपको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनले पहिलो पटक रुसले दिउँसो हाइपरसोनिक मिसाइलले किभमा आक्रमण गरेको बताए ।

२०२३ को अन्त्यमा प्रधानमन्त्रीको कार्यालयमा पुगेपछि युरोपेली मिडियासँगको आफ्नो पहिलो अन्तर्वार्तामा टस्कले अन्य युरोपेली नेताहरूलाई आफ्नो सुरक्षा बलियो बनाउन अपील गरेका थिए । 'युरोपले नेटोको समानान्तर संरचना बनाउन आवश्यक छैन तर, यदि महादेशले आफ्नै सैन्य क्षमताहरू विकास गर्‍यो भने यो अमेरिकाको मनपर्ने साझेदार हुनेछ ।'

पोल्याण्डले आफ्नो जीडीपीको चार प्रतिशत रक्षामा खर्च गर्छ, जबकि अन्य युरोपेली देशहरूले नाटोको दुई प्रतिशत लक्ष्य पनि पूरा गर्दैनन् ।

युरोपेली परिषद्का पूर्वअध्यक्ष टस्कले युरोपले युद्धअघि तयार हुनुपर्ने चेतावनी दिएका छन् । टस्क सन् २००७ देखि २०१४ सम्म पहिलो पटक पोल्याण्डको प्रधानमन्त्री बनेका थिए । उनले भने कि उनी प्रधानमन्त्री हुँदा पोल्याण्ड र बाल्टिक देशहरूबाहेक धेरै कम युरोपेली नेताहरूले रुसलाई सम्भावित खतराको रूपमा बुझेका थिए । युरोपभर फैलिएको यो मानसिकताबारे टस्कले युद्ध एक वास्तविकता बनेको छ जसलाई नकार्न नहुने बताए । बीबीसी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x