×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठकः

संसदमा कांग्रेसले भन्यो– रविमाथि संसदीय छानबिनमा आनाकानीले आशंका बढायो

काठमाडाैं | चैत १९, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समितिको माग दोहोर्‍याएको छ । 

Muktinath Bank

सहकारी ठगीको छानबिन नसकिँदासम्म गृहमन्त्रीले नैतिकताका आधारमा पद छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सांसद प्रतिमा गौतमले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन गर्नुपर्ने प्रतिपक्षको मागलाई बेवास्ता गर्दा आशंका झन बढेको बताएकी हुन् । 


Advertisment
Nabil box
Kumari

‘सत्तासाझेदार दलका नेताहरू एउटा व्यक्तिलाई जोगाउन लागिपर्नुभएको छ । सरकारका मुखिया र गठबन्धनका नेताहरू ‘आई एम द स्टेट’ जसो गरी एउटा ठगबारे आफू अनुकूलमा फैसला सुनाउनु हुन्छ । सरकार सहकारी ठगको पक्षका वकालत गरिरहेको छ,’ गौतमले भनिन्, ‘प्रधानमन्त्रीले प्रमाण पुगेन भन्नुहुन्छ । आरोपित गृहमन्त्री उजुरीलाई चिर्कटोको संकेत दिनुहुन्छ । उजुरी कागजमा लेख्ने होला नि, कि ताम्रपत्र या स्वर्णपत्रमा लेख्नुपर्ने हो ? संसदीय छानबिनमा सत्तापक्षको आनाकानीले आशंका बढाएको छ । ‘दालमे कुछ काला हे’ भन्ने हिन्दी कहावत सम्झाएको छ ।’

Vianet communication

संसददेखि सडकसम्म सहकारी ठगीको विषय आइरहेको समयमा कांग्रेसले यो विषयलाई यत्तिकै सेलाउन नदिने उनले बताइन् । ‘आफ्नो गाँस कटाएर र इच्छा आकांक्षालाई दबाएर सहकारीमा जम्मा गरेको सर्वसाधारणको पैसा केही ठगले अपचलन गरेका छन् । यसबारे हामी बोलेनौं भने हाम्रो उपादेयदा के ?’ उनले प्रश्न गरिन् । 

सकारी ठगीमा रविको संलग्नताबारे कांग्रेसले चैत ६ देखि लगातार संसदीय छानबिनको माग गर्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x