×

NMB BANK
NIC ASIA

विश्वको ठूलो अनाज निर्यातकर्ता

हरेक महिना ५० लाख टन खाद्यान्न निर्यात गर्छ युद्धरत युक्रेन

काठमाडाैं | चैत २१, २०८०

NTC
Premier Steels

रूससँग दुई वर्षा बढी समयदेखि युद्धरत युक्रेनले हरेक महिना ५० लाख टन अनाज निर्यात गर्दै आएको छ । यो २०२३ को गर्मीको तुलनामा धेरै हो ।

Muktinath Bank

युक्रेनले यस वर्षको फेब्रुअरीमा ५८ लाख टन र जनवरीमा ५३ लाख टन अन्न निर्यात गरेको थियो । तर, मार्चमा निर्यातको मात्रा फेरि घटेको छ । सन् २०२२ मा रूसले आक्रमण गर्नुअघि युक्रेनले हरेक महिना ६५ लाख टन अन्न निर्यात गर्ने गरेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्ल्याक सी ग्रेन इनिसिएटिभ अर्थात् ग्रेन सम्झौताबाट बाहिरिएपछि गत वर्षको जुलाईमा रूसले युक्रेन आउजाउ गर्नेकार्गो जहाजहरूलाई सुरक्षित मार्ग दिन बन्द गरेको थियो । यो सम्झौता समाप्त भएपछि रूसले युक्रेनको अनाज बन्दरगाह र गोदामहरूमा ३० वटा आक्रमण गरेको थियो।


Advertisment
Nabil box
Kumari

यसका बावजु, केही कार्गो जहाजहरूले युक्रेनी बन्दरगाहतर्फ जान हिम्मत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यद्यपि युक्रेनले नयाँ निर्यात मार्ग अपनाएको छ । युक्रेनले अगस्ट २०२३ मा एउटा नयाँ अस्थायी निर्यात कोरिडोर सिर्जना गरेको छ जुन पश्चिमी समुद्री किनार हुँदै जान्छन्। यो कार्गो जहाजहरूका लागि अपेक्षाकृत सुरक्षित मार्ग हो किनभने यहाँको समुद्र उथलो र रूसी पनडुब्बीहरूलाई नेभिगेट गर्न गाह्रो छ। यो नयाँ मार्ग रोमानिया र बुल्गेरियाको पानी हुँदै जान्छ। यी दुवै देश नाटोका सदस्य राष्ट्र हुन् ।

Vianet communication

युक्रेनका उपप्रधानमन्त्री ओलेक्जेन्डर कुब्ल्याकोभका अनुसार सन् २०२३ को जुलाईमा भएको अन्न सम्झौताको अन्त्यदेखि सन् २०२४ को फेब्रुअरीसम्म ४२ देशमा २ खर्ब टन खाद्यान्न निर्यात गरेको थियो।

रूसको आक्रमणअघि युक्रेन विश्वको सातौं ठूलो गहुँ निर्यातकर्ता, जौको चौथो ठूलो निर्यातकर्ता र सूर्यमुखीको सबैभन्दा ठूलो निर्यातक थियो।

युद्ध शुरू भएपछि युक्रेनको निर्यात घटेर विश्वभर अन्नको मूल्य बढेको थियो । खाद्य वस्तुहरू युक्रेनको सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । सन् २०२१ मा निर्यातबाट २७.८ अर्ब डलर आम्दानी गरेको थियो।

रूसी आक्रमणपछि युक्रेनको अर्थतन्त्रलाई मद्दत गर्न युरोपेली संघले युक्रेनबाट आयात हुने सबै शुल्कहरू रद्द गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x