×

NMB BANK
NIC ASIA

सीमावासीको गुनासो सुन्दै सशस्त्र प्रहरी

नेपालगञ्ज | चैत २३, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

बाँकेमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दाका समस्या र गुनासो सुन्न सीमा सहजीकरण समिति गठन गरेको छ ।​

Muktinath Bank

सीमावासीको समस्या र गुनासा सुन्दै सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम अभियान शुरू गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार सशस्त्रले सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण एवं गैरकानूनी गतिविधि नियन्त्रण गर्न जनस्तरबाटै पहल गर्न समिति नै गठन गरेको छ ।


Advertisment
Nabil box
Kumari

'सीमा क्षेत्रबाट हुने अपराध तथा तस्करी नियन्त्रणका गर्न स्थानीय जनताको साथ सहयोग र समन्वयका लागि सीमा सहजीकरण समिति गठन गरिएको हो', सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, 'यसले जनतासँग सशस्त्र प्रहरी बलको घुलमिल र सीमा क्षेत्रका समस्या पहिचान गर्न सहज भएको छ ।'

Vianet communication

बाँकेमा सीमावर्ती क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–१५ मा जनप्रतिनिधि, नागरिक अगुवालगायतको सहभागितामा समिति गठन गरिएको छ ।

सीमा क्षेत्रमा पर्ने जानकी गाउँपालिका, खजुरा गाउँपालिका, डडुवा र नरैनापुर गाउँपालिकाका वडामा पनि सीमा सहजीकरण समिति गठन गर्ने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।

बाँकेमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणअन्तर्गत १० बोर्डर आउट पोष्ट (बीओपी) रहेका छन् । प्रत्येक बीओपीमा सीमा सहजीकरण समिति गठन गर्ने नीति रहेको छ ।

बाँकेको करिब ६५ किलोमिटर भारतसँग जोडिएका खुला सीमा छ । त्यसको हरेक तीन/तीन किलोमिटर दूरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) तैनाथ छ ।

सीमा सहजीकरण समितिले सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने सशस्त्र प्रहरी उपरीक्षक डाँगीको भनाइ छ ।

बाँकेमा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सीमा पैदल गस्ती परिचालन गरिएको छ ।

यो गस्तीले सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय तथा सहकार्यमासमेत सहयोग पुग्नेछ ।

सीमा गस्तीअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र बेसहरू समेतको जनशक्ति समावेश गरेर सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालित भइरहेको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x