×

NMB BANK
NIC ASIA

जनकपुरमा युवकको हत्या आरोपमा २ जना पक्राउ

जनकपुरधाम | चैत २६, २०८०

NTC
Premier Steels

जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।​​

Muktinath Bank

पक्राउ पर्नेमा जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्जुन साह छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रिन्स महासेठको सोमवार दिउँसो छुरा प्रहार गरी हत्या भएको थियो ।

Vianet communication

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवाका अनुसार विश्वकर्मा चोकमा तीन/चार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया निवासी घर भएका प्रिन्समाथि छुरा प्रहार भएको थियो ।​

प्रिन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताए ।

स्थानीयका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते प्रिन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएका थिए ।

सोही अवस्थामा स्थानीय र प्रहरीले प्रिन्सलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x