×

NMB BANK
NIC ASIA

सरकारको अनुमतिमै निकासी

भारतको ‘प्याज कूटनीति’, प्रतिबन्धबीच हजारौं टन विदेश निर्यात

काठमाडाैं | चैत २७, २०८०

NTC
तस्वीर: एएफपी
Premier Steels

भारतले लामो समयदेखि प्याज निकासीमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्धबीच पनि संयुक्त अरब इमिरेट्स(यूएई)लगायत देशमा सरकारको अनुमतिमै प्याज निर्यात भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विश्वभर प्याजको भाउ बढे पनि भारतबाट सस्तोमा निर्यात भइरहेकोले किसान र व्यापारी आक्रोशित भएका छन् ।

Muktinath Bank

भारतीय कृषकले एक किलो प्याजको १२ देखि १५ रुपैयाँ तिर्ने गरेको तर, त्यही प्याज यूएईमा पुगेपछि प्रतिकिलो १२० रुपैयाँ हुने निर्यातकर्ता बताउँछन् । अब प्रश्न उठ्छ प्याज निकासीमा प्रतिबन्ध लगाएको सरकारले छनोट भएका देशलाई किन प्याज बेचिरहेको छ ? के भारत सरकारले अब कूटनीतिको लागि प्याज प्रयोग गरिरहेको छ ? मुलुकमा प्याजको अभाव भएपछि सरकारले डिसेम्बरमा प्याज निर्यातमा रोक लगाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि किसानहरूले विरोध गर्दै आएका छन् । घोषणापछि महाराष्ट्रमा पनि किसानहरूले विरोध प्रदर्शन गरेका थिए । नासिकको लासलगाउँ, नन्दगाउँ, पिम्पलगाउँ र उमरानेमा यी विरोध प्रदर्शनहरू भएका थिए। यो क्षेत्र भारतमा प्याज उत्पादनको केन्द्र हो ।


Advertisment
Nabil box
Kumari

प्याज राजनीतिक रूपमा संवेदनशील बाली हो । प्याजको मूल्य समय-समयमा चुनावी मुद्दासमेत बन्ने गरेको छ । चुनावमा प्याजको सबैभन्दा प्रत्यक्ष प्रभाव सायद सन् १९९८ मा देखिएको थियो । त्यो वर्ष दिल्ली विधानसभा चुनावमा बीजेपीको पराजयमा प्याजको उच्च मूल्यको भूमिका रहेको विश्वास गरिएको थियो ।

Vianet communication

गत महिना सरकारले प्रतिबन्ध अर्को आदेश नभएसम्म लम्ब्याएको थियो । तर, भारत सरकारले कूटनीतिक माध्यमबाट आएको प्याजको मागलाई स्वीकार गरिरहेको छ ।

द हिन्दू अखबारका अनुसार केन्द्र सरकारले मार्च १ मा संयुक्त अरब इमिरेट्समा १४ हजार ४०० मेट्रिक टन प्याज निर्यात गर्न अनुमति दिएको थियो । यससँगै सरकारले तीन महिनामा ३६०० मेट्रिक टनभन्दा बढी निकासी गर्न नपाइने शर्त राखेको थियो ।

गत महिना तीन हजार टनभन्दा बढी प्याज निर्यात गर्न स्वीकृत भएको थियो । यसबाहेक वाणिज्य मन्त्रालयले गत साता युएईलाई १० हजार मेट्रिक टन प्याज ल्याउन छुट्टै अनुमति दिएको छ ।

निकासीमा प्रतिबन्ध लगाए पनि यूएईबाहेक अन्य धेरै देशमा प्याज बेचेको खबर आएको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार भारतले बंगलादेशमा ५० हजार टन, भुटानमा ५५० टन, बहराइनमा ३ हजार टन र मौरिससलाई १२ सय टन प्याज निर्यात गर्न अनुमति दिएको छ ।

विश्व बजारमा सामान्यतया प्याजको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म रहन्छ । तर, पछिल्ला महिनामा यूएईजस्ता प्रमुख बजारमा मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । भारत, पाकिस्तान र इजिप्टले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि मूल्य बढेको हो ।

द हिन्दू पत्रिकाका अनुसार हालै यूएईमा प्रति टन ५०० देखि ५५० डलरको दरले प्याज पठाइएको निर्यातकर्ताले जानकारी पाएका छन् । भारतीय रुपैयाँमा प्रतिकिलो प्याजको कुरा गर्ने हो भने ४५ देखि ५० रुपैयाँसम्म पर्छ । अखबारका अनुसार भारतबाट प्याज खरिद गर्ने युएई आयातकर्ताले ३ सय करोडभन्दा बढी नाफा कमाएको छ ।

१० हजार मेट्रिक टन प्याज यूएई जाँदा आयातकर्ताले करिब एक हजार करोड रुपैयाँ नाफा पाउने अनुमान छ ।

प्याजको यो निकासी राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल)मार्फत मात्रै भइरहेको छ । एनसीईएल सहकारिता मन्त्रालय अन्तर्गतको सरकारी स्वामित्वको संस्था हो।

प्याज निजी क्षेत्रले निर्यात गर्दैन, एउटा सरकारले अर्कोलाई निर्यात गरिरहेको छ । यस प्रक्रियामा प्याज आयात गर्ने सरकारले आयातकर्ताहरूको लागि कोटा निर्धारण गर्दछ । त्यस्ता निकासीका लागि कृषि बजार पोर्टलमा ई-टेन्डरिङ मार्फत खरिद गरिन्छ । भारतीय सञ्चार माध्यमहरूको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x