×

NMB BANK
NIC ASIA

अस्पताल भवन निर्माणको काम अलपत्र छाडेर ठेकेदार फरार भएपछि...

काठमाडाैं | चैत २९, २०८०

NTC
Premier Steels

भोजपुर– जिल्लाको टेम्केमैयुङ–७ कोटमा निर्माणाधीन अस्पताल भवन काम अलपत्र छाडेर निर्माण व्यवसायी (ठेकेदार) फरार भएपछि स्थानीय आक्रोशित भएका छन् । यहाँ विसं २०७८ देखि दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ श्ययाको अस्पताल निर्माण थालिएको थियो । तर निर्माण व्यवसायीले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय आक्रोशित भएका हुन् ।
 
खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि निर्माण व्यवसाय लाई कारबाहीको माग गरेका छन् । काममा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने स्थानीयवासी भवानी नेपालले बताए ।

Muktinath Bank

‘हामीले अस्पताल निर्माणका लागि कमाइरहेको खेतबारी दिएका थियौँ,’ उनले भने, ‘अहिले काम अलपत्र छाडेको छ । यहाँ अस्पताल निर्माण भएपश्चात् सहजता होला भनेर कुनै प्रवाह नगरी सहयोग गरेका हौँ । तर अहिले निर्माण व्यवसायी सम्पर्कविहीन छ । सरकारले निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याएर काम सञ्चालन गर्न माग गर्दछौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ देशविदेशमा रहेका कोटवासी तथा स्थानीयसँग समन्वय गरेर साढे १३ रोपनी जग्गा व्यवस्थापन गरेर अस्पताल निर्माणको काम शुरू भएको स्थानीयबासी योगेन्द्र कटुवालले बताए । स्थानीयसँग रकम सङ्कलन गरेर जग्गा खरिद गरिएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘अस्पताल निर्माण हुन्छ, सुविधा पाइन्छ भनेर देशविदेशमा रहेका तथा स्थानीयसँग हारगुहार गरेर जग्गा खोज्यौँ,’ उनले भने, ‘अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ । निर्माण व्यवसायीले निर्माणस्थलमा रहेका सामग्री उठाएर लग्यो । काम अलपत्र छ । यहाँ जसरी पनि अस्पताल निर्माण हुनुपर्छ ।’

Vianet communication

निर्माण कम्पनीलाई आवश्यक साथ सहयोग गर्दा पनि स्थानीयवासीलाई झुक्याएर सम्पर्कविहीन बनेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । निर्माण व्यवसायीका कारण सहयोग गर्ने देशविदेशमा रहेका कोटवासीलाई काम अपलत्र भएका विषयमा जानकारी दिन नसक्ने अवस्था रहेको वडाध्यक्ष नेपालको भनाइ छ ।

‘यहाँ अस्पताल निर्माण हुने भएपछि हामी कोटवासी हर्षित थियौँ,’ वडाध्यक्ष नेपालले भने, ‘स्थानीय तहका तर्फबाट हामीले आवश्यक साथ सहयोग दिएका छौँ । निर्माण व्यवसायीले कोटवासीको विश्वासमा घात गरेको अवस्था छ । कामलाई सञ्चालन गराउन सबैले भूमिका खेल्न आवश्यक छ ।'

अस्पताल सम्झौताअनुसार २०८० सालको असार महिनामा सम्पन्न गर्नेगरी भूमि हिमालयन जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिँदा करिब १० प्रतिशत काम गरेर निर्माण व्यवसायी विवश कार्की सम्पर्कविहीन बनेको गाउँपालिकाले जनाएको छ । काममा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याएर आवश्यक प्रक्रिया अघि बढाउने टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । 

‘गाउँपालिकाकोतर्फबाट अस्पताललाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ,’ उपाध्यक्ष राईले भनिन्, ‘कार्यपालिकाबाट निर्णय गरेर कामलाई चाँडो गर्न पत्रचार गरेका छौँ । तर अहिले निर्माण व्यवसायी सम्पर्कविहीन रहेको अवस्था छ । आवश्यक प्रक्रिया पुर्याएर कानूनी प्रक्रियाअनुसार कारबाही गर्ने तयारी गरिरहेका छौँ ।’

अस्पताल भवन समयमा सम्पन्न गराउन पहल गरेको भए पनि निर्माण व्यवसायी म्याद थप गर्नसमेत नआएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पछिल्लो समयमा आएर निर्माण व्यवसायी सम्पर्कविहीन बनेको उनको भनाइ छ । गाउँपालिकाले आवश्यक सहयोग गर्दा पनि निर्माण व्यवसायीले काम अलपत्र पारेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

‘निर्माण व्यवसायीले अस्पताल निर्माणको काममा चासो नदिएको अवस्था छ,’ अध्यक्ष बस्नेतले भने, ‘गत असारमा म्याद सकिएको छ । हामीले म्याद थपका लागि पत्रचार गर्दा गरेका छौँ । अहिले सम्पर्कविहीन बनेको अवस्था छ । यो अस्पतालका विषयमा हामी गम्भीर भएर लागेका छौँ ।’

अस्पताल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी विवश कार्कीका विषयमा जिल्ला प्रहरी कार्यालयमा ठगी तथा चेक बाउन्सको उजुरी परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिए । 

अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक रु १० करोड १३ लाख ८३ हजार रहेको छ । हालसम्म निर्माण कम्पनीले रु ९१ लाख  भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । यहाँ अस्पताल बनेपछि टेम्केमैयुङको वडा नं ६,७, ५ ८ र ९ का स्थानीय लाभान्वित हुनेछन् । -रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x