×

NMB BANK
NIC ASIA

२७ अर्ब डलर हिनामिना गरेकी भियतनामकी महिला अर्बपतिलाई दिइयो मृत्युदण्ड

काठमाडाैं | चैत २९, २०८०

NTC
तस्वीर स्रोत : एएफपी
Premier Steels

इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार भएको मानिएको २७ अर्ब डलर अपचलको आरोप लागेकी भियतनामकी एक अरबपति महिलालाई त्यहाँको न्यायालयले फाँसीको सजाँय सुनाएको छ ।

Muktinath Bank

गत एक दशकको बीचमा साइगन कमर्सियल बैंक (एससीबी)बाट नगद रकम ठगी गरेको आरोप भान थिन्ह फाट कम्पनीकी अध्यक्ष ट्रुङ माई ल्यानलाई बिहीवार फाँसीको सजाँय दिइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भियतनामको उच्च अदालतमा उक्त मुद्दाको सुनुवाई गरिरहेको पाँच सदस्यीय इजलासले ल्यानको सबै प्रतिरक्षा तर्कलाई अस्वीकार गरेको थियो ।


Advertisment
Nabil box
Kumari

'प्रतिवादीको कार्यले कम्युनिष्ट पार्टी र राज्यको नेतृत्वमा जनताको विश्वास घटाएको छ,' ल्यानलाई मृत्युदण्ड दिने फैसलामा भनिएको छ ।

Vianet communication

सुनुवाइको क्रममा ल्यानले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी थिइन् र सबै दोष बैंक र आफ्नो कम्पनीका कर्मचारीमाथि लगाएकी थिइन् ।

भियतनामको व्यापारिक केन्द्र मानिने हो ची मिन्ह सहरमा गत पाँच हप्तासम्म चलेको सुनुवाइमा उनलाई दोषी ठहर्याइएको हो । उनलाई घुसखोरी, शक्तिको दुरुपयोगदेखि लिएर बैंकिङ कानूनको उल्लङ्घन गरेर अकूत सम्पत्ति थुपारेको आरोपमा मृत्युदण्ड सुनाइएको हो ।

शुरूमा ल्यानले १२ दशमलब ५ अर्ब हिनामिना गरेको आरोप लागेको थियो तर सुनुवाइका क्रममा सरकारी अभियोजकहरूले उक्त हिनामिनाले २७ अर्ब डलर क्षति गरेको आरोप लगाएका थिए, जुन भियतनामको कूल गाहर्स्थ उत्पादनको ६ प्रतिशत हो ।

स्थानीय सञ्चारमाध्यमले यस्तो अवस्थामा मृत्युदण्ड असाधारण रूपमा गम्भीर सजाय रहेको टिप्पणी गरेका छन् ।

उनी र अन्यलाई 'राष्ट्रिय भ्रष्टाचार निर्मुल' अभियानका क्रममा पक्राउ गरिएको थियो । उक्त अभियानले हाल भियतनामका धेरै व्यापारिक सम्भ्रान्त वर्गका अधिकारी र सदस्यलाई फसाएको छ ।

ल्यानले गत हप्ता अदालतमा अन्तिम बयान दिँदै आफूले आत्महत्या गर्ने विचार गरेको बताएकी थिइन् ।

'यो सबै निराशाका कारण मैले मृत्युको बारेमा सोचें,' उनको बयान उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बयानका क्रममा उनले आफूलाई बैंकिङ ज्ञान अत्यन्त कमजोर रहेकोसमेत बताएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x