×

NMB BANK
NIC ASIA

खिलराजको प्रश्न- केन्द्रमा समीकरण फेरिँदा प्रदेश सरकार तासका घरझैँ ढल्छन्, स्थायित्व कसरी ?

काठमाडाैं | बैशाख १, २०८१

NTC
Premier Steels

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले स्थायित्व र समृद्धिको यात्रा धरमराउँदो अवस्थामा रहेको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै रेग्मीले संविधान निर्माणपछि दुईपटक आम निर्वाचन भइसक्दा पनि मुलुकले स्थायित्व प्राप्त गर्न नसकेको टिप्पणी गरेका हुन् ।

Muktinath Bank

केन्द्रमा सत्ता समीकरण फेरिँदा प्रदेश सरकारहरू तासका घरझैँ ढलिरहेको टिप्पणी गर्दै स्थायित्व र समृद्धि कसरी सम्भव हुन्छ भन्दै उनले प्रश्न गरेका छन् । ‘केन्द्रमा सत्ता समीकरण फेरिँदा प्रदेश सरकारहरू तासका घरझैँ ढलिरहेका छन् । स्थायित्व र समृद्धि कसरी ? के सोंचे मैले के हुँदैछ अहिले भन्नेजस्तो भएको छ,’ उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘समय र श्रम राजनीति व्यवस्थापनमै बढी खर्च गर्नुपर्दा अन्य गतिविधि सुस्त र कामचलाउ प्रकृतिका हुने नै भए ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब परिवर्तनकारी शक्तिहरूले गम्भीर विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी रहेको उनको भनाइ छ । ‘परिवर्तनकारी शक्तिहरूसमेत सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी भइसकेको छ । अब पनि नभए कहिले हुने ? भन्ने प्रश्न गम्भीर बनेर सबैका सामु खडा भएको छ,’ सन्देशमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

उनले देश-विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै नव वर्षले शान्ति, सद्भाव र एकता कायम गर्दै स्थिरता र समृद्धिको यात्रामा लाग्न प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x