×

NMB BANK
NIC ASIA

नयाँ वर्षमा झलनाथको आह्वान- घमण्ड त्यागौं, कम्युनिस्ट आन्दोलन पुनर्गठन गरौं

काठमाडाैं | बैशाख १, २०८१

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको अवधि बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता, पुनर्गठन र प्रगतिको दशक बनाउनु पर्ने आह्वान गरेका हुन् । 

Muktinath Bank

उनले ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुनसमेत कम्युनिस्ट पार्टीका नेताहरूलाई आह्वान गरेका छन् । 'कम्युनिस्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउन सबै वामपन्थी समूहहरूमा म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ भन्नेजस्ता दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ, सबैबीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ, जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका निम्ति एकजुट हुन सक्नुपर्छ,' उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले एउटा उथलपुथलपूर्ण वर्षलाई पार गरेको उल्लेख गरेका छन् । 'गत वर्षभरि देशका वामपन्थी शक्तिहरू एक आपसमा विभाजित हुने, एक अर्कोप्रति आक्रामक हुने र आफूले आफैलाई कमजोर बनाउने दिशामा लागे भने दक्षिणपन्थी शक्तिहरूले आफूलाई बलियो बनाउँदै लगे,' सनदेशमा उनले भनेका छन्, 'त्यसले मुलुकमा अस्थिरता, दिशाहिनता र अकर्मण्यता सृर्जना गर्यो । मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र संकट ग्रस्त बन्दै गयो ।'


Advertisment
Nabil box
Kumari

२०८० को अन्त्यमा वामपन्थी शक्तिहरू निकट आएर संयुक्त सरकारमा सहभागी बनेको भन्दै यो एउटा सकारात्मक राजनीतिक विकास भएको उनको भनाइ छ । 

Vianet communication

काम गर्न नसकिए वर्तमान सरकारका बारेमा पनि 'जुन जोगी आए पनि कानै चिरेको' भन्ने उखान मात्र चरितार्थ हुने उनको टिप्पणी छ । 'उपरोक्त काम गर्न सकिएन भने वर्तमान सरकारका बारेमा पनि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान मात्र चरितार्थ हुन्छ । त्यसैले सम्पूर्ण वामपन्थी साथीहरू ! बदलिँदो अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थितिको सही विश्लेषण गरौं, नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइसकेको छ भन्ने कुरालाई गहिरो समझ बनाऔँ,' उनले भनेका छन् 'समाजवादी क्रान्तिका सही कार्यदिशा, नीति र सिद्धान्तहरू अघि सारौं, त्यसैका आधारमा एकताका आधारलाई फराकिलो पारौँ, मिल्न सकिने सवालमा मिल्दै अघि बढौँ, नमिलेका कुरामा नीतिनिष्ट ढङ्गले बहस गरौं र एकताका आधारहरूलाई फराकिलो पार्दै अघि बढौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x