×

NMB BANK
NIC ASIA

२०८१ को शुरूवात

नयाँ वर्ष मनाउन पोखरामा पर्यटकको घुइँचोः ८० प्रतिशत होटल ‘अकुपेन्सी’

फेवा महोत्सव दोस्रो ‘ब्रान्ड’

पाेखरा | बैशाख १, २०८१

NTC
Premier Steels

नेपाली नयाँ वर्ष २०८१ को अवसरमा पोखरामा पर्यटकको घुइँचो लागेको छ । लेकसाइडका ८० प्रतिशतभन्दा बढी होटल एकदिनअगावै ‘अकुपेन्सी’ भएको होटल संघ पोखराले जनाएको छ । 

Muktinath Bank

नयाँ वर्षका अवसरमा होटल संघ पोखरा नेपालको आयोजनामा भइरहेको फेवा महोत्सवका कारण पनि यस समय पोखरामा आन्तरिक पर्यटक आर्कषित भएका छन् । फेवाताल संरक्षणको उद्देश्य बोकेर हरेक वर्ष आयोजना हुने फेवा महोत्सवको १९ औँ संस्करणमा पर्यटकको आगमन बढेको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार नयाँ वर्षलाई लक्षित गरेर ८० प्रतिशत होटल शुक्रवार नै बुकिङ भएका थिए । त्यो क्रम शनिवार अझ बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले पर्यटकको आगमन राम्रो छ । नयाँ वर्ष इभको बेलुकासम्ममा ८० प्रतिशतभन्दा माथि होटल बुकिङ भइसकेका थिए । यो क्रम बढ्दो छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication

नेपालीको मौलिक संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना भएको फेवा महोत्सव बुधवारदेखि शुरू भइ वैशाख १ गतेसम्म चलिरहेको छ । बढीभन्दा बढी आन्तिरक पर्यटक भित्र्याउनका लागि आयोजना भएको महोत्सवमा होटलले २० प्रतिशतसम्म छुटसमेत दिएको छ । पोखराका पछिल्ला वर्षको तुलनामा यस पटक नयाँ वर्षमा पर्यटकको आगमन बढेको छ । 

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ नयाँ वर्षमा पर्यटकको आगमन देखेर उत्साही भएको सुनाउँछन् । 

‘नयाँ वर्षले पनि होला पोखरामा पर्यटकको आगमन बाक्लिएको छ । आन्तरिक र बाह्य पर्यटक दुवै छन् । बाह्यमा भारतीय पर्यटकको आगमन तीव्ररुपमा बढेको छ । यसले हामी व्यवसायीहरू उत्साही छौँ,’ उनले भने । 

पोखरा–मुग्लिन सडकखण्ड अझै छिटो बन्यो भने पर्यटकको संख्या दोब्बर हुने श्रेष्ठको भनाइ छ । आन्तरिक पर्यटकहरूले पनि नयाँ वर्षमा पोखरा रोज्न थालेपछि पर्यटकको चाप बढेको उनी सुनाउँछन् । 

‘नयाँ वर्षमा फेवा महोत्सव पनि परेको छ । यसको पर्यटकलाई थप आकर्षण बढाएको छ । यो महोत्सव गत वर्षदेखि नै ब्रान्डकै रुपमा स्थापित भइसकेको छ,’ उनले भने ।

सडक महोत्सवमा सहभागीहरू ।

अंग्रेजी नयाँ वर्षलक्षित सडक महोत्सव पोखराको ब्रान्ड नै हो । पछिल्लो समय फेवा महोत्सवको समयमा समेत पर्यटकको आगमनले होटलको अकुपेन्सी बढ्न थालेपछि व्यवसायी उत्साही रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । 

बिहीवार पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले उद्धघाटन गरेर शुरू भएको महोत्सव शनिवार (नयाँ वर्षको साँझ)सम्म चल्नेछ । फेवा महोत्सवले अहिले ड्यामसाइडलाई समेत समेटेको छ ।

पोखरामा पर्यटन व्यवसायको शुरूवात गरेको ड्यामसाइड लेकसाइड विस्तार भएसँगै ओझेलमा परेको थियो । एक सयभन्दा बढी होटल रहेको ड्यामसाइड पर्यटकको डेस्टिनेसन बन्दैन । तर, १९ औँ संस्करणको फेवा महोत्सवले ओझेलमा परेको ड्यामसाइडलाई समेटेर महोत्सव शुरू गरेको छ । महोत्सवमा नेपाली कला संस्कृतिको प्रस्तुतिसँगै कन्सर्ट पनि हुनेछ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x