×

NMB BANK
NIC ASIA

इरानी गार्डले खाडीमा गरे इजराइलसँग सम्बन्धित जहाज कब्जा

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels

तेहरान–इरानको रिभोल्युसनरी गार्डले शनिवार ‘खाडीमा यहुदी शासन (इजराइल)सँग सम्बन्धित’ एउटा कन्टेनर जहाजलाई नियन्त्रणमा लिएको राज्य मिडियाले बताएको छ । 

Muktinath Bank

आईआरएनए राज्य समाचार समितिले भनेको छ, ‘एमसीएस एराइज’ नामक कन्टेनर जहाजलाई सेपाह (गार्डहरू) नौसेनाको विशेष बलले हेलिबोर्न अपरेसनमार्फत नियन्त्रणमा लिएको छ ।’ उक्त अपरेसन विश्व व्यापारका लागि महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ नजिकै भएको हो । उक्त जहाजलाई अहिले इरानको क्षेत्रीय जलतर्फ निर्देशित गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘क्षेत्रीय अधिकारीरू’ले संयुक्त अरब इमिरेट्सको तटबाट एउटा जहाजलाई नियन्त्रणमा लिएको दुई सामुद्रिक सुरक्षा एजेन्सीले बताएपछि इरानको उक्त भनाइ आएको हो । 


Advertisment
Nabil box
Kumari

रोयल नेभीको युनाइटेड किङडम सामुद्रिक व्यापार अपरेसन एजेन्सीले थप विवरण नदिई भनेको छ, ‘जहाजलाई क्षेत्रीय अधिकारीहरूले फुजैराहको तटबाट नियन्त्रणमा लिएको सूचना प्राप्त भएको छ ।’

Vianet communication

कम्तीमा तीन व्यक्ति एउटा हेलिकप्टरबाट कन्टेनर जहाजतिर द्रुत गतिमा दौडिरहेको स्थिर फुटेजमा देखिएको सुरक्षा फर्म एम्ब्रेले बताएको छ । ‘इरानको रिभोल्युसनरी गार्डले पहिला पनि स्ट्रेट अफ हर्मुजमा जहाजहरूलाई नियन्त्रणमा लिने बेलामा बोर्डिङको यो पद्धतिलाई प्रयोग गरेको थियो ।’

भेसल ट्र्याकिङ वेबसाइट भेसलफाइन्डर डट कम र मेरिनट्राफिक डट कमका अनुसार एमसिएस एराइज पोर्चुगाली ध्वजा भएको कन्टेनर जहाज हो । दुवै साइटले खाडीमा यसको अन्तिम रिपोर्ट गरिएको अवस्था बताएका छन् । 

करिब दुई साताअघि सिरियामा आफ्नो दमास्कास दूतावासको कन्सुलर खण्डमा घातक हमलाका लागि इरानले प्रतिशोध लिने वाचा गरेपछि अमेरिकाले शुक्रबार मध्यपूर्व क्षेत्रमा सैन्य सुदृढीकरण पठाउने बताएको थियो । 

अमेरिकाका राष्ट्रपति जो बाइडेनले शुक्रवार इरानले कट्टर दुश्मन इजराइलमाथि हमला गर्ने अपेक्षा गरिएको बताए । इरानले कन्सुलर खण्डमा इजराइलले हमला गरेको आरोप लगाएको छ । अप्रिल १ मा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका कम्तीमा सात सदस्य मारिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x