कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हासिल गरेको छ । जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतमा राजस्थानले आफ्नै कीर्तिमान बराबरी गर्दै कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो ।
राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि २०२० मा आफूले नै किंग्स इलाभेन पञ्जाबविरुद्ध बनाएको कीर्तिमान राजस्थानले बराबरी गरेको हो ।
गएराति सम्पन्न खेलमा राजस्थानको जितमा ओपनर बटलरले ६० बलमा ९ चौका र ६ छक्का सहित १०७ रन जडे । अन्तिम ओभरमा ९ रन चाहिएकोमा बटलरले वरुण चक्रवर्तीको बलमा पहिलो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन बलमा रन नबनेपछि पाँचौं बलमा बटलरले २ रन लिए । त्यसपछि अन्तिम बलमा १ रन लिँदै बटलरले राजस्थानलाई जित दिलाए ।
राजस्थानका लागि रियान परागले ३४ रन बनाउँदा रोभमन पावेलले २६ रन बनाए । कोलकत्ताका लागि हर्षित राना, सुनिल नरिन र वरुणले २-२ विकेट लिए भने वैभव अरोराले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले सुनिल नरिनको शतकको मद्दतमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । नरिनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १०९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे ।
राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २-२ विकेट लिए भने ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले १-१ विकेट लिए ।
जितपछि राजस्थान ७ खेलमा १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ । कोलकत्ता ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...