×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

प्रदेशको सत्ता राजनीतिदेखि काठमाडौँमा विद्यार्थी भर्ना शुल्कमा कडाइसम्म

काठमाडाैं | बैशाख ७, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बिहीवार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

Muktinath Bank

प्रदेश प्रमुख नजिर मियाँले  नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ गराएका हुन् । सोडारी बिहीवार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले बिहीबार चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन् ।
००००
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा नेकपा एमालेका प्रदेशसभा सदस्य कँडेल मुख्यमन्त्री बनेका थिए । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री नियुक्त भए पनि माओवादी केन्द्र र एमालेबीचमै प्रदेश मन्त्रालयको भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । मुख्यमन्त्री कँडेलले छिट्टै सरकार विस्तार हुने प्रतिक्रिया दिए । 
००००
कोशी प्रदेशसभाको बैठकमा  सङ्कल्प प्रस्ताव पेस गरिएको छ । बिहीबार प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सो प्रस्ताव पेस गरेका हुन् ।
००००
मधेस प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् । 

Vianet communication

चौथो पटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ खुवाएका छन् ।
००००
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीवार साँझ प्रदेश प्रमुख अमिक शेरचनले ७ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले बिहीवार नै एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
००००
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत नलिने भएका छन् । यसअघि उनले शुक्रबार नै विश्वासको मत लिनेगरी तयारी गरेपनि प्रतिपक्षी दलको विरोध र कानुनी विषय समेत रहेकाले ब्याक भएका हुन् । 
००००
काठमाडौँ महानगरपालिकले विद्यालयहरुले लिने भर्नामा कडाइ गरेको छ । महानगरले महानगरभित्रभित्रका  विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने जनाएको छ । 

महानगरले बिहीबार एक परिपत्र जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ। 
००००
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौंमा आह्वान गरेको छ । 
 बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने  छ ।

पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा जनवर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने जानकारी दिए ।
००००
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित प्रक्रियाबाट गर्ने भएको छ ।  स्वचालित विधि हाललाई काठमाडौँ जिल्लाबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याइने छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई दुःख दिने नियतबाट अब केन्द्र निर्धारण नगर्न निर्देशन दिएपछि बोर्डले नयाँ थालनी गर्न लागेको हो ।
००००
सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको हो । 
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको विमानको सिटमा १ किलो भन्दा बढी सुन फेला परेको छ । इण्डिगो एयरको  सिट नं २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पाकेटको तलपट्टी वेवारिसे अवस्थामा  कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा  १ किलो ७० ग्राम सुन फेला परेको हो ।
००००
पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तापक्षका तीन नेताबीच छलफल भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपाका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेबीच छलफल भएको हो । 

बैठकमा तीन नेताबीच गठबन्धन टिकाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
००००
कतारी शेख तमिम बिन हमाद अल थानी आगामी साता नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । उनी नेपाल आउने भएपछि आवश्यक सुरक्षा रणनीति बनाउन छलफल शुरू भएको छ ।

सैनिक मुख्यालयमा बिहीवार बसेको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच संयुक्त छलफल भएको छ ।
००००
महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक रायलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यस्तै राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त भएकी छन् । 
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ ।
००००
लैनचौर स्थित खड्का ल्याण्ड डेभलपेमन्ट प्रालिले सम्झौता विपरित भोगचलन गरेको संरचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सिल गरेको छ ।

 नेपाली कांग्रेसका सांसद एवम् पूर्व राज्यमन्त्री दीपक खड्काको ‘खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि’ले भाडा नतिरिकन त्यहाँको भवन भाडामा लगाएर तथा बैंक्वेट पनि सञ्चालन गर्दै आएको थियो ।
००००
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x