मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक मुद्दा मिल्ने शक्तिहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा आज पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
'जनजीविकाका सवाल र समसामयिक राजनीतिक मुद्दाहरूलाई लिएर विभिन्न अभियानहरू सञ्चालन गर्न नीति, विचार, कार्यक्रम र मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्य गरिनेछ', नेसपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै त्यसका लागि नेसपाले प्रवक्ता कृष्ण शर्मा, सोनामसिं स्याङ्तान र मानुषी यमि भट्टराई सम्मिलित राजनीतिक संवाद समिति गठन गरेको छ ।
यस्तै, नेसपाले २०८१ वैशाखदेखि भदौसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।
संघ, प्रदेश र स्थानीय स्तरमा वैकल्पिक राजनीति र यसका आयामहरूबारे नेतृत्व सबलीकरण र वैचारिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, वैशाख २८ र २९ गते काठमाडौंमा केन्द्रीय अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने नेसपाले जनाएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...