मंसिर २७, २०८०
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
काठमाडाैं | बैशाख १३, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीसहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७४–७५ मा बाटो निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा लाग्नेमा तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा छन् ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडी पनि यो प्रकरणमा मुछिएका छन् ।
चंखेली–३ को सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा उनीहरूमाथि मुद्दा लागेको हो ।
चंखेली–३ का तत्कालीन वडाध्यक्ष ऐडीले बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस गरेर अनियमितता गरेको अख्तियारको ठहर छ ।
उनीहरूमाथि दुई लाख २२ हजार ५०१ तीन रुपैयाँ १७ पैसा बिगो माग गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल,काठमाडौं
मिति: २०८१/०१/१३ गते।
प्रेस विज्ञप्ति
श्री प्रधान सम्पादकज्यू / सम्पादकज्यू,
विषय :- आरोपपत्र दायर गरिएको ।
----------------------------------------
जिल्ला हुम्ला, चंखेली गाउँपालिका, वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीननिमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली र असिस्टेन्ट सव-इन्जिनियर हर्कधन बुढाले आ.व. २०७४/0७५ मा संचालित चंखेली गाउँपालिका, वडा नं. 3 स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे/नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरी रु.2,22,503।17 बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले निजहरु बिष्णु बहादुर शाही, रुद्र बहादुर वली र हर्कधन बुढालाई रु.2,22,503।17 (दुई लाख बाइस हजार पाँच सय तीन रुपैयाँ पैसा सत्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1) बमोजिम कैद र जरिवाना गरी बिगोसमेत असुल उपर हुन साथै निजहरु रुद्र बहादुर वली र हर्कधन बुढाले उक्त निर्माणमा नभए नगरेको कार्यसमेत राखी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (2) बमोजिम कसुर गरेकोले निजहरुलाई सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।
उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीलेबाटो निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको मूल्याङ्कन गराई बास्तविक रुपमा भएको कार्यभन्दा रु.2,22,503।17 बढी भुक्तानी लिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले निजहरु मनजित रोकाया, धनपति ऐडी र पुनी ऐडीलाई रु.2,22,503।17 (दुई लाख बाइस हजार पाँच सय तीन रुपैयाँ पैसा सत्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।
चंखेली गाउँपालिका वडा नं. 3 का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीलेबाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (3) बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ८ को उपदफा (3) बमोजिम सजाय हुन मागदाबी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...