×

NMB BANK
NIC ASIA

संस्कार सुधारको सवाल, दशैं र तिहारजस्ता लामा र झन्झटिला पर्वलाई समयसापेक्ष बनाउने कि ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
वैदिक सनातनधर्मले संस्कारलाई विशेष महत्त्व दिएको छ । संस्कार भनेका पहिचान त यसै पनि हुँदै हुन् साथसाथै जीवन संस्कृत गर्ने माध्यम पनि हुन् । वेदव्यासजीका अनुसार, यस्ता संस्कारहरू १६ वटा छन् जसमा गर्भाधान संस्कारदेखि मृत्युसंस्कारसम्म पर्छन् ।

यसो त महर्षि गौतमले ४८ संस्कारको पनि कुरा गरेका छन् र महर्षि अङ्गिराले २५ संस्कारको कुरा पनि गरेका छन् । तर विशेष महत्त्वका भने १६ वटा संस्कार नै मानिएका छन् । तिनमा पनि हाल प्रचलनमा रहेका संस्कार भनेका न्वारन, पास्नी, विवाह, व्रतबन्ध र अन्त्येष्टि संस्कार मात्र हुन् । अन्य संस्कार केवल नाममा सीमित हुँदै गएका छन् । समयसापेक्ष हुन सकेनन् वा बनाउन सकिएन भने व्यवहारमा रहेका संस्कारहरूको पनि अवस्था त्यस्तै नहोला भन्न सकिन्न । त्यसैले यसलाई बचाउने हो भने तिनका पद्धतिगत प्रक्रियाहरूमा सुधारतर्फ ध्यान दिनैपर्ने देखिन्छ ।

हुन त समाजका एकथरी वर्ग सुधारको कुरा सुन्नै चाहँदैनन् । संस्कारको अर्थ आफैं संस्कृत वा सुधार हो । त्यसैले तिनमा पुनः सुधारको कुुरा गर्नुको कुनै अर्थ छैन भन्ने उनीहरूको मान्यता रहँदै आएको छ । केही समयअघि पंक्तिकारले अन्त्येष्टि संस्कारलाई पाँच दिनमा सक्ने परम्परा बसाई समयसापेक्ष बनाऔं भन्दा चौतर्फी विरोध भएको थियो ।

संस्कारलाई समयसापेक्ष बनाउन सक्दा सर्वग्राह्य पनि हुन सक्छ र सार्वकालिक पनि बनाउन सकिन्छ भन्ने पंक्तिकारको आशय थियो तर उल्टै कतिले धर्मसंस्कृति भँडुवाको आरोप लगाए भने कति त डलरवादी मतियारको संज्ञा दिन पनि पछि परेनन् । अरू त अरू, राष्ट्रिय धर्मसभा नेपाल जस्तो बौद्धिक संस्थाले समेत विषयवस्तुलाई बुझ्ने प्रयास नै नगरी हचुवाको भरमा सुधारका विचार र आवाजलाई अस्वीकार गर्न पुगेको थियो । झन् हाल आएर त्यस्ता विचारको मात्र नभई त्यसका पछि लाग्नेलाई समेत बहिष्कार गर्ने निर्णय गरेको छ ।

उसले हालै सम्पन्न पण्डित सम्मेलनमार्फत बहिष्कार सम्बन्धी विषयलाई पहिलो बुँदामै उल्लेख गरेर यसप्रतिको आफ्नो धारणा प्रस्ट पारको छ भने अन्य केही विषयहरू पनि तिनकै पक्षपोषक देखिएका छन् । हुन त सम्मेलनले पारित गरेका केही बुँदा निकै सान्दर्भिक पनि देखिएका छन् । देशभरिका मठमन्दिरको तथ्याङ्क सङ्कलन गर्ने, गोरक्षामा विशेष ध्यान दिने, विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गराउने प्रयास गर्ने, धर्मान्तरणको समस्या रोक्न विशेष सतर्कता अपनाउने आदिलाई यसैभित्र लिन सकिन्छ । तर संस्कार सुधारको आवाजलाई भने सुन्न पनि चाहेको छैन ।

सुधारका पक्षमा संस्थागत पहल नै शुरु भइसकेको र सुधार हुनुपर्छ भन्नेहरूको जमात निरन्तर बढ्दै गएको परिप्रेक्ष्यमा कसले कसलाई बहिष्कार गर्ने हो वा गर्छ त्यो त समयले नै बताउने कुरा भएकाले अहिले नै यसै भन्न सकिन्न । एकताका हलो क्रान्तिमा लागेकाहरूलाई बहिष्कार गर्नुपर्छ भन्ने गरिएको थियो भने हाल बहिष्कार गर्ने वा गर्नुपर्छ भन्ने विचार आफैं बहिष्कृत भइसकेको छ । यस्तो अवस्था अहिलेको बहिष्कारवादी विचारको नियति पनि एकदिन त्यस्तै हुनेमा त्यति शङ्का लिरहनुपर्ला जस्तो लाग्दैन । तथापि चिन्ता त के हो भने यस्ता विचारहरू आफै संस्कारका सङ्कट बन्न नपुगून् ।
लेखक रिजाल

हाम्रा अन्त्येष्टि संस्कार मात्र होइन, सबै किसिमका संस्कारमा सुधार अत्यावश्यक भइसकेको छ । खोक्रो आदर्श प्रस्तुत गरी संस्कार र संस्कृतिप्रति बाँदरभक्ति देखाउँदै जाने हो भने त केही छैन होइन साँच्चै संंरक्षण गर्ने हो भने तिनलाई सम्पन्न गर्ने गराउने सबैखाले पद्धतिहरूलाई सम्पादन गरी समयसापेक्ष बनाउनेतर्फ ध्यान दिनै पर्छ ।

उदाहरणको रूपमा विवाह र व्रतबन्ध आदि पद्धतिहरूलाई नै लिन सकिन्छ । हालका पद्धति अनुसार विवाह र व्रतबन्ध आदि संस्कार पूरा गर्न कम्तीमा पाँच घन्टाको समय लाग्छ तर व्यवहारको कुरा गर्ने भने प्रायः एक दुर्ई घन्टामै सम्पन्न गर्नुपर्ने अवस्था छ, गर्दैै आइएको छ । जब एक, दुई घन्टामै सक्नुपर्ने बाध्यता छ वा सक्दै आइएको छ भने त्यस्तै किसिमको पद्धति बनाई किन व्यवस्थित नगर्ने ? विधि र व्यवहारमा तालमेल मिलाउनकै लागि पनि यतातिर सोच्नुपर्ने बेला भइसकेको छैन र ?

त्यसैगरी न्वारन, पास्नी आदि अन्य संस्कारको अवस्था पनि त्यस्तै छ । हालको सामाजिक परिस्थिति अनुसार कतिपय अवस्थामा युरोप र अमेरिकातिर जन्मेका बच्चाको न्वारन, पास्नी नेपालमा गर्नुपर्ने अवस्था आउन सक्छ । साँच्चै त्यस्तो अवस्था आयो भने वा आउँदा के गर्ने ? त्यस्तै किसिमको पद्धति बनाएर संस्कार धान्दै जाने जाने बाटो खोजिदिने कि छाड्दै जान दिने ? केही सुधार वा सम्पादन गरेर भए पनि संस्कार धान्दै जानुपर्छ भन्नु राम्रो होला कि व्यवहार जे सुकै होस् विधि र विधानमा अर्धविराम र अल्पविराम पनि छुन पाइँदैन भन्नु राम्रो होला ? यसतर्फ पनि समयमै ध्यान दिनु समीचीन हुनेछ ।

यसबाहेक समाजले दशै र तिहार, तीज जस्ता पर्व पनि लामो र झन्झटिलो बन्दै गएको अनुभूत गर्न थालेको छ । एक महिना अघिदेखि दरखाने प्रचलनले न संस्कृति धानिन्छ, न सही पहिचान नै दिन सकिन्छ । त्यसैले यस्ताखाले देखासिकी र अस्वस्थ प्रतिस्पर्धालाई त यसै पनि बन्देज लगाउनैपर्छ, साथसाथै दशैं र तिहारजस्ता लामा र झन्झटिला पर्वलाई पनि तीन दिनमा झारेर समयसापेक्ष बनाउँदा राम्रो हुनेछ ।

त्यस्तै तिहारमा पटका पड्काउने, होलीको नाममा हिलो छ्यापेर दिक्क बनाउने र शिवरात्रि पर्व मनाउने नाममा सरकारले पशुपतिमा नाङ्गा बाबा नचाएर राज्यको ढुकुटी दुरुपयोग गर्ने र नानीहरूले बिहानैदेखि बाटो छेकेर हैरान पार्ने चलन पनि सदाका लागि अन्त्य हुनुपर्छ । होइन भने संस्कार र संस्कृति बचाउने नाममा हामी उसैको समाप्तितर्फ उन्मुख भइरहेका हुनेछौं ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x