×

NIC ASIA

अरू गायकले नभ्याएर मात्रै ‘मैले छोएको पानी चल्दैन’ गीत गाएको थिएँ : यश कुमार

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels


मैले छोएको पानी चल्दैन, थाकेको यो नजरमा, आनाकानी गर्छौ किन लगायतका चर्चित गीत गाएका सुरेश कुमार नेपाल परियार अर्थात् यश कुमार नेपाली आधुनिक गीती क्षेत्रमा चर्चित नाम हो । ‘बाटोमुनिको फूल’बाट चलचित्र क्षेत्रमा समेत उदाएका यश कुमार अभिनयका हिसाबले भने बाटोमुनिको फूल उनको पहिलो चलचित्र होइन ।yash_kumar (2)
दर्शनार्थीले चढाएको पैसाले आईसक्रिम खाने
बाल्यकाल कसको रमाइलो हुँदैन र ? सबैको बाल्यकाल कुनै न कुनै कारणले रमाइलो हुन्छ । यश कुमारको आफ्नो बाल्यकाल पनि रमाइलो थियो । आफ्ना स–साना अभावलाई पूरा गरिदिने परिवार थियो । साथीहरुसँग मिलेर उनी बाग्मती नदीमा पौडी खेल्न जान्थे । दर्शनार्थीले चढाएका पैसा जम्मा गरेर उनी आइसक्रिम किन्थे । बालापनको त्यो सहकार्य अहिले उनलाई चलचित्रको दृष्यजस्तो लाग्छ ।

बाढीले घर बगाएपछि...

यश कुमारको बाल्यकाल सधै उस्तै भने रहेन । दश वर्षको हुँदा सर्लाहीस्थित उनको घरलाई बगाउनेगरी बागमतीमा बाढी आयो । उनको सिंगो परिवारलाई नै बाढीले घरबारविहिन बनाइदियो । त्यसपछि उनी ०४५ सालमा काठमाडौं आए । काठमाडौंमा उनको जिन्दगी भने सुखद बनेन । बूढा भएका बा–आमालाई पाल्ने जिम्मेवारी त उनको थियो नै । त्यसमाथि उनीसँग कुनै सीप थिएन । ‘मैले गर्ने तोकिएको काम कुनै पनि थिएन । जे काम पाइन्छ, त्यही गर्थें ।’
रंग लगाएँ, बालुवा चालेँ
उनले पुराना कुरा सम्झदै सुनाउँछन्, ‘घरमा रंग लगाउने, बालुवा चाल्ने र प्रेसको काम समेत गरें ।ं’ त्यो समयमा उनी सरदर दैनिक ६० देखि १०० रुपैयाँसम्म कमाएको बताउँछन् । सुरुमा उनले अल्फा डिजिटल नामक स्टुडियोबाट एउटा गीत रेकर्ड गराए । तर त्यो समयमासबैले चिन्ने कलाकार बन्छु आफूलाई नलागेको बताउँछन् यश । भन्छन्, ‘छाप्रोमा बस्ने मान्छेले महलको कल्पना त गर्छन् । मैले पनि गर्थें तर म सबैले चिन्ने कलाकार हुन्छु भन्ने लागेको थिएन ।’

नाटकमा समेत

संघर्षका दिनमा उनले काठमाडौंमा विभिन्न नाटकहरूमा समेत काम गरे । उनलाई त्यतिबेला केवल पैसा चाहिएको थियो । आफ्नो झुप्रोमा आउने समस्यालाई पैसाले मात्र पूर्ति गर्न सक्थ्यो । उनी भन्छन्, ‘मसँग के कला छ भन्ने मलाई थाहा थिएन । जे पनि गर्न सक्छु भन्ने लाग्थ्यो त्यो समयमा ।’

स्वर परिक्षणमा असफल

हिजोको समय स्मरणीय छ उनका लागि अभाव त अहिले पनि छन् । तर उनलाई हिजो काम खोज्दै हिड्नुपथ्र्यो । अहिले आफंैले चाहेको काम गर्न पाएका छन् । उनी ५० को दशकतिर रेडियो नेपालमा स्वर परीक्षण गर्न समेत गए तर उनी त्यो बेला उनी परिक्षामा असफल भए । उनी भन्छन्, ‘मसँग कुनै पहुँच थिएन । मैले कुनै तालीम पनि लिएको थिइनँ ।’
साइकल सरर
त्यसपछि उनले कला मण्डप, सीतापाइलामा संगीत सिके । त्यसको केही समयपछि उनले सिविन नामक गैर सरकारी संस्थामा भोलेन्टियरका रुपमा काम पनि गरे । बाँकी समय संगीतलाई दिए । उनी सम्झन्छन्, ‘सिविनले मलाई साइकल दिएको थियो । म त्यही साइकलमा गएर सडक बालबालिकालाई सिविनमा जानका लागि प्रोत्साहित दिन्थें । सिविनले सडक बालबालिकाका लागि विभिन्न खालका सीपमूलक तालीम पनि दिन्थ्यो ।’

विपना थापालाई जिस्क्याउँदा...

उनलाई आफूसँग कला छ कि छैन भन्ने कुराको त हेक्का थिएन तर उनले चलचित्र अपमानमा नायिका विपना थापालाई जिस्क्याउने भूमिका पाएका थिए । त्यो नै उनको पहिलो सिनेमा थियो । उनी सम्झन्छन्, ‘त्यो बेला हामी साथीभाइ मिलेर कलेजमा केटी जिस्काउँथ्यौं । झगडा गर्दै हिँड्थ्यौं । ट्याक्सीको अघिल्लो सिटमा नै बस्नुपर्ने मेरो स्वभाव थियो तर साथीहरूले मलाई मन पराउँथे ।’
मलाई गीत गाउन दिएनन्
उनले त्यति बेलाका समकालीन साथीहरु जितु नेपाल, दिपकराज गिरी लगायतसँग मिलेर उनले रेडियोमा पनि काम गरे । तर त्यो बेलामा यश कुमार काम चलाउ कलाकार मात्र थिए । भन्छन्, ‘हामीले अरु कलाकारका तुलनामा कम पारिश्रमिक पाउँथ्यौं ।’ त्यो बेला सञ्जय श्रेष्ठ, भीम तुलाधार लगायतले संगीतमा बाढी ल्याएका थिए । उनीहरुको गीत सुन्न दर्शकहरुको भीड लाग्थ्यो । यश कुमार सम्झन्छन्, ‘एकपटक उहाँहरूले गर्न लागेको कार्यक्रममा आयोजकलाई मैले गीत गाउँछु भनेर आग्रह गरें । तर उहाँहरुले अस्विकार गर्नुभयो । त्यो बेला मेरो कुनै गीत हिट भएको थिएन ।’

अन्ताक्षरीमा प्रथम

सुरुमा मैले संगीतकारका रुपमा आफूलाई स्थापित गर्न खोजेका थिए तर एकदिन ब्रजेश खनाल र भुपेन्द्र रायमाझीले संगीत सम्बन्धी चलाएको कार्यक्रममा उनी अन्ताक्षरीमा भाग लिए । उनी पुराना कुरा सम्झदै सुनाउँछन्, ‘उक्त कार्यक्रममा प्रथम भएपछि भने मैले पनि राम्रो गाउने रहेछु कि भन्ने लाग्यो ।’

अरु गायकले ‘मैले छोएको पानी चल्दैन’ मेरो भागमा
पछि यश कुमारको ‘कन्सेप्ट’मा बिनु काफ्लेले रचना गरेको गीत मैले छोएको पानी चल्दैन गाए । त्यो गीत पनि उनले अरु गायक व्यस्त भएकोले गाएका थिए । संयोगवश उनका त्यही गीत चर्चित बन्यो । उनको मान्यता छ, ‘जुनसुकै शब्द पनि सुरुमा कविता बन्छ । जब त्यो कवितामा संगीत भरिन्छ, तब गीत बन्छ ।’ आफ्नो नाम सुरेश कुमार नेपाल परियार भएर पनि आफूलाई यश कुमारका रुपमा स्थापित गराउन चाहेका यश कुमार भन्छन्, ‘कलाकारको कुनै जात हुँदैन । त्यसैले मैले यो नाम राखेको हुँ । त्यो बाहेक यो क्षेत्रमा सुरेश कुमार नामका गायक अरु पनि हुनुहुन्थ्यो । आफूलाई फरक बनाउन मैले यो नाम रोजें ।’

गीतबाट समाज परिवर्तन सम्भव छ

उनलाई गीतका माध्यमबाट पनि समाज परिवर्तन हुन सक्छ भन्ने लाग्छ । उनले गाएको मैले छोएको पानी चल्दैन र म आफ्नै आँगनमा इनार बनाउँछु लगायतका गीतले युवापुस्ताको मन परिवर्तन गर्न भूमिका खेलेको उनलाई लाग्छ । पछि उनले बनाएको चलचित्र बाटोमुनिको फूलले पनि समाजमा सन्देश दिएको उनको आँकलन छ । आधुनिक गीतको माहौल चलिरहेका बेलामा आधुनिक पप गीत गाएको हुनाले पनि आफ्ना गीत हिट भएका हुन् भन्ने लाग्छ । उनी भन्छन्, ‘मैले आफ्ना गीतमा आकाशका तारा झार्ने कुरा गरिन । समाजका साझा समस्यालाई आफ्नो गीतमार्फत प्रस्तुत गरें । यही कारणले मेरा गीत चर्चित बनेका हुन् भन्ने लाग्छ ।’

प्लेन चढ्न पाएको छु

तिनै गीतले उनको जीवनशैली फेरिएको छ । हिजो साथीहरुले सुरेश कुमार भनेर चिन्थे भने अहिले धेरैले यश कुमार भनेर चिन्छन् । उनका गीत चर्चित बनेपछि भने उनलाई कतै स्टेज माग्नुपरेन । अरुले गाउनका लागि आग्रह गर्न थाले । ‘झुप्रोमा बसेर उडिरहेको प्लेन हेर्ने यश कुमार अहिले भने बेलाबेलामा प्लेन चढ्न पाएको छु, भन्छन्, ‘अभावले मान्छेलाई जिन्दगीभरी पछ्याइरहने रहेछ ।’

मन पराएकाले मन पराएनन्

उनको जिन्दगीमा प्रेमका किस्साहरु पनि टन्नै छन् । कतै काम गर्दा, कलेजमा देख्दा, टोलमा कसैलाई देख्दा पनि आफूलाई प्रेम भएको हो कि भन्ने लाग्थ्यो । भावनात्मक रुपमा भने उनले दुई युवतीलाई प्रेम प्रस्ताव राखे तर दुवै रिजेक्ट भए । भन्छन्, ‘अभावले लखेटेको मान्छेले म तिमीलाई माया गर्छु भने पनि म पनि गर्छु भन्ने प्रतिक्रिया नआउन सक्छ । एकोहोरो प्रेम पनि भएको थियो जिन्दगीमा ।’ उनी थप्छन्, ‘प्रेम भनेको फूलजस्तै रहेछ । बासना छरिहाल्ने ।’

अन्तरजातीय विहे
उनले आफ्नो एकोहोरो प्रेमको कल्पनामा यो मनले तिमीलाई ने रोजेको छ बिन्ती टाढिन नखोज भन्ने गीत पनि गाए । ‘यो गीत मैले उनका लागि गाएको भन्ने थाहा भएन । समय त्यस्तै भैदियो ।’ – उनी सम्झन्छन् । संघर्षरत समयमा उनको भेट अर्की युवतीसँग भयो । काठमाडौंकी नेवार समुदायकी केटी, जात नमिल्ने । उनी हजुरबुवासँग बस्थिन् । उनले क्याम्पससम्म पु-याइदिन्थे । अन्ततः उनीसँग दोहोरो प्रेम भयो । उनको नाम थियो रीना । उनीहरुको मायाका खातिर धेरै लामो समयपछि मात्र रीनाको माइतीले उनीहरुको प्रेम स्वीकार ग¥यो ।

घाटा

अहिले यश कुमारलाई बुवाआमाका आँखाबाट सोँच्दा त्यो पनि ठीक हो जस्तो लाग्छ । किनकि उनी त्यो बेला स्थापित भइसकेका थिएनन् । अहिले उनी प्रेमलाई जिउने आधारका रुपमा अथ्र्याउँछन् । उनले कतिपय गीत आफ्नै भोगाइमा गाए । कतिपय अर्काका कथालाई आफ्ना गीतमा उने । अहिले उनी चलचित्र र संगीत दुवैलाई एकैसाथ अगाडि बढाएका छन् । उनको चलचित्र ‘बाटोमुनिको फूल’ पाइरेसीका कारण घाटा भयो । त्यसपछि बनाएको चलचित्रले पनि खासै नाफा कमाउन सकेन ।

कानून आए कलाकार बाँच्न सक्छन्

युट्युबमार्फत आफ्नो नयाँ गीती एल्बम् रेन् (वर्षा) रिलिज गरेका यश कुमार अहिले नयाँ चलचित्र ‘हर छातीमा यो दिल हुन्न’ को स्कृप्टमा व्यस्त छन् । भन्छन्, ‘०५८ सातिर ८ लाखमा एल्बम् विक्री हुन्थ्यो । अहिले त्यस्तो बजार नभए पनि आफ्नो समय यही क्षेत्रमा लगाउने विचारमा छु ।’ सरकारले डिजिटल प्रविधिमा सुहाउँदो कानुन बनाउने हो भने नेपाली कलाकार बाँच्न सक्ने उनको ठम्याइ छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x