×

NMB BANK
NIC ASIA

बाढीपीडित सुकुम्बासीलाई चुनावी आश्वासन : चिटिक्क परेको घर, आँगनमै सबै सुविधा

मंसिर १६, २०७४

NTC
Premier Steels

इटहरी, १६ मंसिर–इटहरी बजारबाट एक किलोमिटर पूर्व हिँडेपछि बुढी खोला छेउमा एक बस्ती देखिन्छ । कतै टीन कतै धेरैजसो त्रिपालले छाएका छाप्रा  । छाप्रा हेर्दा लाग्छ यहाँ सधैं दुःख र पीडाको मात्र बास हुन्छ । 

Muktinath Bank

२०६४ सालमा माओवादीको झण्डा गाढेर बसेको सुकुम्बासी बस्ती त्यसयता प्राय सबै दलको चुनाव जित्ने आधार बनेको छ । माओवादी झण्डाको बलमा बसेको त्यो बस्तीमा अहिले कम्युनिस्टको नाम पनि लिइन्न । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय समाजवादी फोरम र नेपाली कांग्रेसका झण्डा हरेक घरको छतमा अनिवार्य जस्तै गरि टांगिएको देख्न सकिन्छ । 
 
बिहीवार (मंसिर १४ गते) लोकान्तरकर्मी पुग्दा सुकुम्बासी बस्तीका केही युवा संघीय समाजवादी फोरमका झण्डा लगाउँदै थिए । उनीहरु त्यहीँ बस्ने युवा रहेछन् । 


Advertisment
Nabil box
Kumari

‘भोलि (शुक्रवार) कार्यक्रम छ । झण्डा लगाइदिनु भनेका छन् । गर्नपर्यो नि !’ बस्तीमा झण्डा लगाउनुपरेको अवस्थाबारे एक युवा लोकान्तरसँग बोले । उनको नाम आकाश घिमिरे रहेछ । उमेरले २१ वर्ष पुग्दा पनि उनले नागरिकता समेत बनाएका छैनन्, भोट हाल्न पाउनु त परको कुरा । 

Vianet communication

आकाशजस्तै करिव २०–२५ युवा भेटिए सुकम्बासी बस्तीमा । उनीहरु सबैको सपना चाहना छ, ‘रोजगारी भए हुन्थ्यो । घर त बनाइन्थ्यो बिस्तारै ।’

सुनसरीको क्षेत्र नम्बर २ मा पर्ने यो बस्तीमा बिहीवार नेपाली कांग्रेसले चुनावी सभा गरेको थियो । सभामा कांग्रेसबाट प्रदेशसभा (क) का उम्मेदवार हेम कर्ण पौडेलले ठूला आश्वासन बाँडेका रहेछन् । 

‘चिटिक्क परेको घर, घर अगाडि सबै सुविधा पुर्याइदिन्छु भनेका छन,’ बस्तीमा भेटिएका प्रभु साहले भने । 

गत साउनमा आएको बाढीले यो बस्ती प्राय सबै घरमा क्षति पुगेको छ । बाढीले बगाउँदा यो बस्तीमा ४ जनाको मृत्यु भएको थियो । 

छेउको बुढी खोलाका कारण यो बस्ती जोखिममा छ । नदीको कटान नरोकिए अवको केही वर्षमै यहाँ पुरै जमिन बगर बन्ने संभावना छ । स्थानीय तह निर्वाचनकै बेला नेताहरुले खोलामा पक्की तटबन्ध बाँध्ने भनेर भोट मागेका थिए । स्थानीय तह निर्वाचनका बेला यहाँका स्थानीयले एमालेलाई मतदान गरेका थिए । इटहरीको मेयर र उपमेयरमा एमालेले बाजी मारेको थियो । 

तर अहिले भने यहाँका बासिन्दा एमालेप्रति रुस्ट बनेका छन् । ‘खोलामा तटवन्ध बनाइदिनु पर्यो भनेर आवाज उठाउँदा मेयरले तपाईंका भोट फिर्ता लैजानु भनेर भने,’ स्थानीय खड्ग रानामगरले भने, ‘भोट माग्ने बेला खुट्टा ढोक्न आउँथे । जितेर गएपछि वास्ता पनि गर्दैनन् । उल्टै धम्काउँछन् ।’

१८३ घरधुरी रहेको यो बस्तीमा करिव ४ सयको हाराहारीमा मतदाता छन् । जसलाई आफ्नो पक्षमा पार्न दलहरुबीच प्रतिस्पर्धा नै चलेको छ । स्थानीयहरु एमालेका नेताप्रति असन्तुष्ट भएपछि यहाँ अहिले कांग्रेस र संघीय फोरमबीच बर्चश्व कायम गर्ने होड चलेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x