कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
काठमाडौं, २१ चैत-गत आइतवार (चैत १८) गते दिल्लीबाट काठमाडौंका लागि हिँडेको ना४ख ४५१६ नम्बरको बस सोमवार बिहान नेपाल–भारत सीमा रुपेडिया नाका हुँदै नेपाल प्रवेश गर्यो । भन्सार चेकजाँच गर्दा बसभित्र ३६ यात्रु र तिनका केही सामान भेटियो । बस विनाकुनै अवरोध नेपालगञ्ज आइपुग्यो ।
बाँकेको चप्परगौंडीमा यात्रुलाई खाना खुवाएर काठमाडौंका लागि हिँडेको बस बुटवल आइपुग्दासम्म जम्मा ४ यात्रु बाँकी रहे । बसले बुटवल क्रस गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा सूचना आयो, दिल्लीबाट पर्यटक बोकेर आएको बसमा अवैध सामानहरू ल्याइएको छ । प्रहरीलाई सूचना दिने व्यक्तिले बसमा कस्तो सामान छ भन्ने बताएको थिएन ।
सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले कालीमाटीबाट एक प्रहरी टोली परिचालन गरे । मंगलवार बिहान मात्रै काठमाडौं पुग्ने बसलाई नियन्त्रणमा लिन सोमवार रातिदेखि नै कलंकी चेकपोस्टमा प्रहरी परिचालन भइसकेको थियो । मंगलवार बिहान करीब साढे २ बजेतिर बस थानकोट पुग्यो । थानकोटमा चेकजाँच गर्दा बसभित्र ४ जना मात्रै यात्रु देखिए । बसभित्र तस्करीको सामान छ भन्ने सूचना थानकोट प्रहरीलाई पनि दिइएको थिएन ।
बस थानकोटको चेकपोस्ट क्रस गरेर कलंकी आइपुग्नै लागेको थियो, कालीमाटीबाट खटिएको प्रहरीले बीचमै बस रोक्यो । बसमा सामान्य चेकजाँचपछि प्रहरीको टोलीले बसलाई सिधै महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुर्यायो ।
टेकु पुर्याएपछि बसभित्र खानतलासी शुरु भयो । बसको छतदेखि सीटकोमुनि फल्स बटन बनाई अवैधरूपमा ल्याइएका कपडादेखि केही विद्युतीय सामग्री प्रहरीले फेला पार्यो ।
दिल्लीबाट आएको पर्यटकीय बसबाट अवैध रूपमा ल्याइएको भन्दै प्रहरीले सञ्चारमाध्यममा विज्ञप्ती पठायो । प्रहरीको विज्ञप्तीका आधारमा सञ्चारमाध्यममा समाचार पनि आयो । जब सञ्चारमाध्यमबाट नियन्त्रणमा लिइएको बसबारे समाचार बाहिरियो, त्यति नै बेला प्रहरीले भने अर्को महत्वपूर्ण सूचना पायो, बसमा त करोडौं मूल्यको रक्तचन्दन पनि छ ।
बस छुटाउन २० लाखको बार्गेनिङ
प्रहरीले नियन्त्रणमा लिएको बस कसको भन्नेबारे अनुसन्धान भइरहँदा महानगरीय प्रहरी परिसरका केही अनुसन्धान अधिकृतलाई फोनमार्फत् एउटा प्रस्ताव आयो, ‘बस अहिले नै छाडिदिने हो भने २० लाख दिन्छु ।’
महानगरीय प्रहरी परिसरका जवानदेखि इन्सिपेक्टरसम्मलाई २० लाख दिने प्रस्ताव आएपछि बसमाथि थप खानतलासी शुरु भयो । प्रहरीले बुधवार बिहान उज्यालो नहुँदै मेकानिक्सहरू बोलाएर गाडीका सबै पार्टस् खोल्न लगायो । जब बसको सीटमुनि बनाइएको फल्स बटन खोलियो, करौडौं मूल्य पर्ने रक्तचन्दन प्याक गरेर राखिएको अवस्थामा फेला पर्यो ।
तस्करहरूले रक्तचन्दनका विभिन्न आकारका भाँडा बनाएर बसको डिजेल ट्याङ्क छेउको फल्स बटनमा लुकाएर काठमाडौं ल्याएका रहेछन् ।
तस्करहरूले १५ वटा भाँडा र ४७० ग्राम तौल भएको मालाका दाना बनाएर काठमाडौं ल्याएको रक्तचन्दन प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार रक्त चन्दनको कूल तौल ११ किलो छ ।
भारतबाट नेपाल हुँदै चीन तस्करी हुने रक्त चन्दन चीनमा प्रतिकेजी ५० देखि ८० लाख रुपैयाँका दरले बिक्री हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उक्त बसबाट करीब साढे ७ करोड नेपाली रुपैयाँ बराबरको रक्तचन्दन बरामद गरिएको जनाएको छ ।
बसबाट २५ लाख नेपाली रुपैयाँ बराबरको लत्ताकपडा र विजुलीका सामग्रहीहरु पनि बरामद गरेको छ ।
प्रहरीले काभ्रे घर भई काठमाडौंको नैकपा बस्ने ४२ वर्षीय बसका ड्राइभर झिल्केमान रुम्बा र बुटवल घर भई काठमाडौंको नैकापमै बस्ने २५ वर्षीय बसका सह–चालक सुजन पुनलाई पक्राउ गरेको छ । उनीहरूले बसमा अवैध रक्तचन्द भएकोबारे आफूहरुलाई कुनै जानकारी नभएको प्रहरीमा बयान दिएका छन् ।
तर यसअघि पनि २ पटक साडी लगायतका कपडा भने दिल्लीबाट काठमाडौं ल्याएको उनीहरूले बयान दिएका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी पोखरेलले बताए ।
तस्करी गर्नकै लागि काठमाडौं–दिल्ली बस सेवा
अगाडि ‘टूरिस्ट’ (पर्यटक) लेखिएको बसमा देखिनेगरी पछाडि र बायाँपट्टि गरी दुईवटा मात्रै डिक्की बनाइएको छ । ती डिक्की बाहिरैबाट साँचो प्रयोग गरेर खोल्न सकिने खालका छन् । तर बसको दायाँपट्टि र सीटमुनि पनि डिक्की (फल्स बटन) बनाइएका रहेछन्, जो सबैले खोल्न सकिने खालका छैनन् । बसलाई ज्याक लगाए जमिनको सतहबाट केही उठाएर मात्रै ती डिक्की खोल्न सकिने खालका थिए ।
‘बसको तलबाट पनि डिक्की बनाइएका होलान् भनेर सजिलै अनुमान लगाउन सकिने खालको पनि छैन,’ एसएसपी पोखरेल भन्छन्, ‘त्यसैले भन्सार चेकजाँच र थानकोटको चेकजाँचमा पनि बसमा तस्करीको सामान छ भन्ने पत्ता लागेन ।’
विनासूचना यस्तो बसमा तस्करी हुन्छ भन्नेबारे कसैले पनि पत्तो नपाउने एसएसपी पोखरेलको भनाइ छ । ‘हामीसँग पूरै बस स्क्यान गरेर चेक–जाँच गर्ने मेसिन पनि छैन,’ एसएसपी पोखरेल भन्छन्, ‘अरु बसमा पनि यसरी फल्स बटन बनाइएका हुन सक्छन् । यसबारे अब अनुसन्धान गरिन्छ ।’
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...