कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं — सञ्चो छैन भने ऐनाअगाडि गएर जिभ्रो बाहिर निकाल्नुस् । जिभ्रोले तपाईंको स्वास्थ्यका बारेमा कति धेरै रहस्य उजागर गर्छ भन्ने थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्नेछ ।
स्वस्थ जिभ्रो
गजबको राम्रो स्वास्थ्य छ भने जिभ्रो गुलाबी हुन्छ र यसमा हलका सेतो परत हुन्छ । यो ठिक्कको मोटो हुन्छ, यसमा छिद्र हुँदैन अनि दाँतको दाग पनि हुँदैन । जिभ्रोमाथि औंला दौडाउनुभयो भने ससाना दाना जस्ता महसूस हुन्छन् । ती तपाईंका स्वाद थाहा पाउने अंग हुन् । यो भेटियो भने तपाईं स्वस्थ हुनुहुन्छ ।
जिभ्रोमा सेतोपना
तपाईंको जिभ्रो नै सेतो छ वा त्यसमा सेता दागहरू छन् भने रोगको लक्षण हो । तत्कालै चिकित्सककहाँ जानुहोस् ।
रातो जिभ्रो
जिभ्रो रातो भयो भने भिटामिनको कमी, ज्वरो, कावासाकी रोगको लक्षण हो । तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ ।
कालो जिभ्रो
मधुमेह लागेका मानिसको जिभ्रो कालो र कपाल जस्तो हुन्छ ।
जिभ्रोमा फोका
कहिलेकाहीँ जिभ्रो टोकिँदा पनि फोका उठ्छन् । धुम्रपान गर्ने मानिसको पनि जिभ्रोमा घाउ हुन्छ । मुखमा अल्सर हुँदा पनि फोको उठ्छ । जिभ्रोको क्यान्सरको पनि लक्षण हो यो । चिकित्सककहाँ गइहाल्नुस् ।
दिनदिनै दाँत माझ्दाखेरी जिभ्रो हेर्नुपर्छ । अलि फरक रंग, फोका वा दुखाइ भएको दुई हप्ताभित्र लक्षण रहिरह्यो भने तालिमप्राप्त चिकित्सककहाँ गइहाल्नुपर्छ ।
एजेन्सी
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...