कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
संविधानले विकास निर्माणका लागि तीन तहको सरकारको व्यवस्था गरेको छ । हाल नेपालमा एउटा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकारहरू छन् । मुलुकको कार्यकारिणी शक्तिको प्रयोग संविधानबमोजिम यीनै सरकारले गर्दछन् । यो शक्तिको प्रयोग न त व्यवस्थापिकाले गर्ने हो, न त न्यायपालिकाले । कार्यकारिणी शक्तिको प्रयोग सरकारबाटै हुनुपर्दछ ।
कार्यकारिणी शक्तिको प्रयोगमा कुन सरकारको पहुँच कति छ भन्ने कुरा स्पस्ट गर्न संविधानले तिनका लागि अधिकारको साझा तथा भिन्दाभिन्दै सूचीहरूको व्यवस्था गरिसकेको छ । यी विषयहरूमा सम्बन्धित सरकारले संविधानबमोजिम कार्यकारिणी अधिकारको प्रयोग गर्दछन् ।
यसैगरी सम्बन्धित संसद वा व्यवस्थापिकाले उपरोक्त विषयहरूमा संसदीय वा व्यवस्थापिकीय अधिकारको प्रयोग गर्ने हो । विकास, निर्माण वा प्रशासनका वा खर्चपर्च गर्ने अधिकार कार्यकारिणी अधिकार हो । यो अधिकार प्रयोग गर्दा कानुनबमोजिम गरियो कि गरिएन ? वा सार्वजनिक उत्तरदायित्वको निर्वाह भयो कि भएन ? भन्ने विषय संसद्को अधिकार क्षेत्रको कुरा हो । कानून बनाउने संसदले कार्यक्रम चलाउने होइन । कार्यक्रम चलाउने क्षमता केबल सरकारको हो । यो कार्यकारिणी अधिकारसँग सम्बन्धित छ । संसद्को होइन ।
संविधानशास्त्रले शासन कार्यमा शक्ति पृथकीकरणको सिद्धान्तलाई अघि सार्दछ । यस सिद्धान्तले कुनै तहको संसदलाई पनि कार्यकारिणी अधिकारको प्रयोग गर्ने हैसियत दिएको छैन । संसदीय परम्परामा जुनसुकै आवरणमा होस् संसदले विकास कार्यक्रम चलाउँदैन । यस सम्बन्धमा भारत मात्र एउटा अपवाद देखिन्छ । तर प्रतिपक्षलाई लोभ, मोह वा आशक्तिमा पारी कमजोर सरकारहरूले आफूलाई स्थापित गर्ने चाहनाका कारण त्यहाँ पनि यस्तो हुन गएको हो ।
सांसद विकास कोषको प्रावधानले अब संवैधानिक चुनौती खप्नुपर्ने छ । यो संघीय अवधारणाबमोजिम को हो कि होइन ? भन्ने प्रश्न एकातिर छ भने अर्कोतिर मुलुकमा रहेको आफ्ना जनताप्रति उत्तरदायित्व निर्वाह गर्नुपर्ने ७६१ वटा सरकारहरूलाई बिमुख गरेर पैसा कहाँ खर्च गर्ने भन्नेबारे निर्णय लिने अधिकार व्यस्थापिकालाई संविधानको कुन धाराले दिएको छ ? भन्ने प्रश्न छ । के कुनै व्यक्ति एकैपटक सरकार र सांसद दुवै हुनसक्छ ? संसद्ले पैसा खर्च गर्ने क्षमता दाबी गर्ने भए प्रतिपक्षको क्षमता दाबी गर्ने कि नगर्ने? प्रतिपक्षले हातमा पैसा लिएर सरकारको पारदर्शिता खोज्न सक्ला कि नसक्ला ?
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको नाममा राज्यले सभासदहरूलाई उपलब्ध गराउने रकम परिचालनको निर्देशिका र नियमावलीबमोजिम काम भए नभएको अब कसले हेर्ने ?
पोहोरसम्मको परिप्रेक्ष फरक थियो । देशको संघीयाकरण भएको थिएन । निर्वाचन हुन नसक्दा स्थानीय तह प्रतिनिधित्वविहीन थियो । त्यसैले सरकारले सांसदहरूले आफ्नो अनुकूल योजना छनोट गरेर खर्च गर्न पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको थियो । पोहोर उक्त कार्यक्रमका लागि एक निर्वाचन क्षेत्र बराबर ३ करोड रुपैयाँको बजेट व्यवस्था गरिएको थियो ।
अघिल्लो सरकारले ल्याएको उक्त कार्यक्रमलाई पोहोरको सरकारले निरन्तरता दिएको हो । त्यसअघि स्थानीय विकास मन्त्रालयले उक्त कार्यक्रमका लागि छुट्याएको बजेट स्थानीय तहमा सिधै पठाउने तयारी गरेको थियो । यस्तै संसद विकास कोषका लागि छुट्याइँदै आएको प्रतिसांसदका लागि छुट्याइने ५० लाखको बजेटले पनि निरन्तरता पाएको थियो । अब यस्तो चल्न सक्दैन ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...