×

NMB BANK
NIC ASIA

अग्रलेख

स्वतन्त्र प्रेसका गहन दायित्व

बैशाख २०, २०७५

NTC
Premier Steels

आज विश्व प्रेस स्वतन्त्रता दिवस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस्‌को यस अवसरको सन्देशमा सदस्य-राष्ट्रका सरकारहरूलाई प्रेस स्वतन्त्रता मजबुत पार्न आह्वान गरेको बेहोरा परेको छ । पत्रकारहरूको सुरक्षा यस सन्दर्भको उहाँको अर्को चासो रहेको देखिन्छ ।

Muktinath Bank

सोमवार बिहान काबुलमा भएको त्यस दिनको दोस्रो आत्मघाती विस्फोटनमा मारिनेमा नौजना पत्रकार परेको घटनाको पृष्ठभूमिमा विश्वसंस्थाको चिन्ता स्वाभाविक छ । पहिलो विस्फोटनको क्षतिबारे समाचार सङ्कलन गर्न हिंडेका पत्रकारहरूलाई नै लक्ष्य गरेर आतङ्ककारीले विस्फोटन गराएको जानकारी संसारभर प्रवाहित भएको थियो । प्रेस प्रतिनिधिहरूको लागि अफगानिस्तान जोखिमको कार्यक्षेत्र भएकोमा सन्देह छैन । तर पत्रकार असुरक्षित रहेका देशमा अफगानिस्तान मात्र पर्दैन । सन् २०१७ का आँकडाहरू यस प्रसङ्गका प्रमाण हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मे महिनाको ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउन चौथाई शताब्दी भैसकेछ । तर यस अवधिमा विकसित र कम विकसित दुबैतिरका देशहरूमा पत्रकारहरूले सामना गरेका जोखिम पहिलेको तुलनामा बढेको देखापर्छ । मानव बेचबिखन, लागू पदार्थको ओसारपसार, साना हतियारको व्यापार लगायतका अवैध कार्यहरू बढेका छन्; भ्रष्टाचारका काण्डहरूको संख्या सर्वत्र थपिंदै छन् । यस्ता दुष्कार्य र दुष्प्रवृत्तिहरू रोक्न जनमत परिचालन होओस् भनी ती गलत कार्यको भण्डाफोर गराउँदा प्रेस प्रतिनिधिहरू नै खतरामा परेका छन् । 


Advertisment
Nabil box
Kumari

सभ्य भनिने कतिपय देशले समेत पत्रकारलाई आफ्नो काम निर्वाध गर्न नदिन घुमाउरो तरीकाले कठोर नीति नियमहरू अवलम्बन गरेको पाइन्छ । यस्ता कार्यले पत्रकारलाई सशंकित तुल्याउँछ र जनहितमा लेखिनु, बताइनु पर्ने जानकारीहरू अँध्यारो कोठामा थन्किन पुगेका छन् । तसर्थ यस्तो अवस्थामा तुरुन्त सुधार गर्ने आह्वान प्रेसजगत्‌बाट आउनु सर्वथा स्वाभाविक छ ।

Vianet communication

विचार र अभिव्यक्ति समेतका नागरिक अधिकार अन्तर्गत सूचनाको हकलाई प्रचलित गराउने दायित्व बोकेको प्रेसका प्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्र र कार्यशैलीलाई सकेसम्म पारदर्शी र सन्तुलित राख्नुपर्ने हुन्छ । अर्को शब्दमा, पत्रकार स्वतन्त्र भएर पुग्दैन ऊ जिम्मेवार समेत हुनु आवश्यक छ । तथ्यको ठाउँ कथ्यले लिने स्थिति आउन दिनुहुँदैन । आग्रह पूर्वाग्रह झल्किने काममा पत्रकार संलग्न भएको कुनै समाजले पनि रुचाउँदैन । त्यसकारण पत्रकारितामा पसेर जनसेवा गर्ने मनसुवा लिएका युवक-युवतीले शिक्षा र तालीमका अवसर उपयोग गरेर आफूलाई योग्य र तत्पर बनाइराख्नुपर्छ । निरन्तरको अभ्यासले दक्षता वृद्धि गराउँछ । 

‘लोकान्तर’ आफ्नो यस मान्यतालाई आज फेरि पाठकसमक्ष पेश गर्दछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x