×

NMB BANK
NIC ASIA

सुन तस्करी काण्ड: विमानस्थलका डीआईजीको दाबी गलत, उनकै भूमिका शंकास्पद

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २५ माघ – गत पुस २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुबईबाट ल्याइएको साढे ३३ किलो तस्करीको सुन बरामद ग–यो । त्रिभुवन विमानस्थलको सम्पूर्ण जाँचपास पूरा गरेर आएको सुनको ब्रिफकेस ब्यूरोले एयरपोर्टबाहिरबाट पक्राउ गरेको थियो ।

विमानस्थलभित्रको सम्पूर्ण सेटिङकै कारणले ठूलो परिमाणको सुन बाहिर आएको प्रमाणित भइसकेको छ । विमानस्थलमा सेटिङ थियो भन्ने कुरा नेपाल प्रहरीको सीआईबीले गरेको अनुसन्धानले देखाइसकेको छ ।

तस्करीको सुन पक्राउ पर्नासाथ लोकान्तरले नेपाल प्रहरीका तर्फबाट विमानस्थलको कमाण्ड सम्हालेका डीआईजी गोविन्द निरौलालाई सम्पर्क गरी यस्तो घटना कसरी हुन पुग्यो भनेर सोधेको थियो । जवाफमा उनले सुन तस्करी कसरी हुन्छ भन्ने विमानस्थलमा खटिने प्रहरीलाई थाहा नहुने र त्यसमा आफूहरूको कुनै पनि किसिमको संलग्नता नरहेको दाबी गरेका थिए । तर उनको त्यो दाबी उनकै संगठन सीआईबीको अनुसन्धानले गलत साबित गरिदिएको छ ।

डीआईजी निरौलापछि दोस्रो वरीयतामा विमानस्थलमा रहने अधिकारी एसएसपी श्याम खत्री सुन तस्करीमा मिलेमतो गरेको आरोपमा पक्राउ परिसकेका छन् । खत्रीको पक्राउले डीआईजी निरौलाले लोकान्तरसँग दिएको प्रतिक्रिया मात्र गलत साबित भएको छैन, उनकै भूमिका पनि शंकास्पद देखिएको छ ।

‘पाँच सय किलो सुन आएपनि प्रहरीलाई थाहा हुँदैन’


सीआईबीको अनुसन्धानले विमानस्थलकै एसएसपी श्याम खत्रीको मिलेमतो देखाउँदा र उच्चस्तरको प्रहरी अधिकृत पक्राउ पर्दासम्म निरौलाले सुन तस्करीमा प्रहरी संलग्नता नरहेको दाबी गरिरहेका छन् ।

‘३३ किलो हैन पाँच सय किलो सुन आउँदा पनि हामीलाई थाहा हुँदैन,’ उनले मंगलवार लोकान्तरसँग भने, ‘हामीले शंकास्पद भएमा मात्रै झोला खोलेर हेर्ने हो, तर शंकास्पद छ कि छैन भन्ने कुरा भन्सारले नै पत्ता लगाउँछ ।’

सबै झोलाको चेक जाँच गर्ने र भित्र के छ भनेर पत्ता लगाउने काम भन्सार विभागले नै गर्ने उनले बताए । ‘हामीहरूको संलग्नता छ भने अनुसन्धान होला,’ उनले लोकान्तरसँग भने, ‘तर विदेशबाट आउने सामान चेकिङमा प्रहरीको कुनै पनि भूमिका छैन ।’

उनले तस्करीमा आफ्नो पनि भूमिका देखिएमा सीआईबीले अनुसन्धान गर्ने बताए । तर सूचनाविना विमानस्थल प्रहरीले त्यहाँ रहेका झोला खोल्न नमिल्ने दोहो–याए ।

तर विमानस्थल प्रहरीका अधिकारीहरूको भूमिका शंकास्पद भएकै कारणले सीआईबीले एसएसपी खत्रीलाई पक्राउ गरेको हुनसक्ने उनले बताए । ‘सीआईबीले पक्कै प्रमाणहरू जुटाएरै प्रहरी अधिकृतलाई पक्राउ गरेको हो,’ उनले भने ।

त्यसो भए तपाईंले शुरुमै प्रहरीको कुनै भूमिका छैन किन भनेको ? लोकान्तरको प्रश्नमा निरौलाले थपे, ‘यसबारेमा थप प्रतिक्रिया दिइरहन चाहन्नँ ।’

‘निरौला पनि अनुसन्धानकै दायरामा छन्’

सीआईबी स्रोतका अनुसार विमानस्थलका डीआईजी निरौला पनि सुन तस्करीमा संलग्न भएको आशंकामा अनुसन्धानको दायरमा तानिएका छन् । ‘उनको भूमिका पनि शंकास्पद नै देखिएको छ,’ सीआईबी स्रोतले लोकान्तरलाई भन्यो, ‘उनी पनि तानिने सम्भावना छ ।’

सीआईबीका अनुसार निरौलाको भूमिका शंकास्पद छ । ‘आफू मातहतका कर्मचारीका गतिविधि निगरानी गर्नु प्रमुखको दायित्व पनि हो,’ स्रोत भन्छ, ‘मातहतका कर्मचारीले गल्ती गरे नैतिकताकै आधारमा त प्रमुखले जिम्मेवारी लिनुपर्छ भने यो प्रकरणमा त निरौलाको भूमिका नै शंकास्पद देखिएको छ ।’

एयरपोर्ट भन्सार प्रमुखलाई छुट ?

सीआईबीले आफ्नै अधिकारीहरूलाई समाइरहँदा भन्सार कार्यालयका ठूलाबडा हाकिमहरूले छुट पाउन सक्छन् ? विमानस्थलमा एक जना सहसचिव, चारजना उपसचिव र अरू अधिकृत पनि छन् । तर अहिले भन्सार विभागले दुईजना उपसचिवलाई मात्रै कामबाट हटाएको छ ।

‘सीआईबीले सबै कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ,’ भन्सार विभागका प्रवक्ता कुलराज ज्ञवालीले भने, ‘हामीले चाहिँ त्यो दिन डिउटीमा रहेका कर्मचारीलाई मात्रै कामबाट हटाएका हौं ।’

त्रिभुवन विमानस्थलमा आउने बहुमूल्य सामानमा एयरपोर्ट भन्सार कार्यालयले विशेष निरीक्षण गर्छ । आवश्यक परेमा प्रहरीको पनि साथ लिन सक्छ । नेपाल प्रहरीले पनि विमानस्थलको सुरक्षाका लागि डीआईजीकै नेतृत्वमा त्रिभुवन विमानस्थलमा ठूलै युनिट खडा गरेको छ । गैरकानूनी कार्य भएको फेला परे पक्रनु प्रहरीको कर्तव्य हुन आउँछ ।

विमानस्थल प्रहरी र विमानस्थलमा खटिएको अनुसन्धान प्रहरीलाई यस्ता गतिविधिको बारेमा थाहा नहुने कुरै हुँदैन । तर विमानस्थलको सम्पूर्ण सेटिङलाई आफ्नो कब्जामा लिएर तस्करहरूले सुन तस्करी गरिरहेका छन्, यो तथ्य त्यहाँ खटिने प्रहरी अधिकृत स्वीकार गर्दैनन् ।

भन्सारका ४० कर्मचारी जिम्मेवारीविहीन

भन्सार ऐन २०६४ ले विदेशबाट आउने सबै सामानको परीक्षण गर्ने जिम्मा भन्सार विभागलाई नै दिएको छ । विभागले एयरपोर्टमा करोडौं रुपैयाँ पर्ने स्क्यानर मशिन प्रयोग गरेर विदेशबाट आउने झोलाहरूको निरीक्षण गर्छ । भन्सार छलेर सामान ल्याउन खोजिएको नखोजिएको विषयमा पत्ता लगाउँछ ।

तर साढे ३३ किलो सुन ल्याउँदा पनि भन्सार विभागका कर्मचारीले किन थाहा पाएनन् ? ‘किनकि तस्करले भन्सारका कर्मचारीलाई पहिलै शुभलाभ गराइसकेका थिए,’ एक सरकारी अधिकृत भन्छन् ।
‘भन्सारका ४० जना कर्मचारी जिम्मेवारीमुक्त भएका छन्,’ एयरपोर्ट भन्सारका प्रमुख नारायण सापकोटाले लोकान्तरसँग भने, ‘शंका लागेका कर्मचारीहरूमाथि विभागले अनुसन्धान गरिरहेको छ ।’ उनका अनुसार ६ जना कर्मचारी निलम्बनमा परिसकेका छन् ।

यसबीचमा भन्सार विभागमा तीनजना कर्मचारीलाई सीआईबीले पक्राउ गरेर अनुसन्धान थालेको छ । भन्सारका कर्मचारीलाई हातमा नलिई एयरपोर्टमा तस्करी गर्न सक्ने कुनै सम्भावना नै हुँदैन ।

अझ यति ठूलो परिमाणमा तस्करी हुँदा त उच्च तहका कर्मचारीलाई नै तस्करले प्रभावमा पारिसकेका हुन्छन् । यो कुरा त्रिभुवन विमानस्थलका एसएसपीको पक्राउ परेसँगै पुष्टि भएको छ । किनकी प्रहरीले आफ्नै संगठनको उच्च प्रहरी अधिकारीलाई सानो प्रमाण वा अनुसन्धानको आधारमा पक्राउ ग–यो होला भनेर कम आँक्न सक्ने अवस्था छैन ।

‘झोला हामीले खोल्छौं, तर अरू निकाय पनि त्यहाँ छन्’

भन्सार विभागले दुईजना उपसचिवसहित भन्सारका पियनसम्मका कर्मचारीलाई हाललाई जिम्मेवारीबाट हटाएको छ । उक्त दिन काममा रहेका भन्सारका कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ ।
मूलतः विदेशबाट आउने सबै सामान भन्सार विभागले मात्रै जाँच गर्ने भएकोले भन्सार विभागका कर्मचारी सुन तस्करीमा सबैभन्दा बढी दोषी हुन पनि सक्छन् ।

‘झोला खोल्ने अधिकार हाम्रो मात्रै हो भन्दा पनि फरक पर्दैन,’ भन्सार विभागका प्रवक्ता ज्ञवालीले भने, ‘तर त्यहाँ राज्यका अरू थुप्रै निकायहरू रहेका छन् ।’ उनले भन्सार विभागका कर्मचारी मात्रै होइन, अरू निकायका कर्मचारीहरूले पनि एयरपोर्टमा तस्करीमा साथ दिइरहेको बताए ।

किन चाहिन्छ जताततै सेटिङ


भन्सारमा सबै झोला भन्सारका कर्मचारीले खोल्छन् र जाँच गर्छन् । तर उपस्थिति भने धेरै निकायको छ । भन्सारले जाँच पास गरेर पठाएको सामानमा प्रहरीले शंका गरेर खोल्न सक्ने भएकै कारणले तस्करहरूले एयरपोर्टमा कार्यरत सबै निकायका कर्मचारीलाई हातमा लिन्छन् ।

‘कर्मचारीको नियत सफा भएको भए एउटै निकायले पनि गलत काम रोक्न सक्थ्यो,’ ज्ञवालीले भने, ‘तर कर्मचारीको नियतमै खराबी देखियो ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x