×

NMB BANK
NIC ASIA

कविता – मनमा मेरो अझै गाउँ नै बस्छ

साउन १७, २०७५

NTC
Premier Steels

उच्च शिक्षा लिएर ठूलो मान्छे बन्ने सपना बोकी शहर पसेको छोरो अनायासै शहरमै फस्छ,

Muktinath Bank

जति उम्कन खोज्यो उत्ति भित्रभित्रै धस्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहरको भीडमा एक्लो हुँदा, अभाव र असफलताले मन रुँदा अनायासै आँशु खस्छ ।


Advertisment
Nabil box
Kumari

जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।

Vianet communication

गोठालो जाँदा साथीहरूसँग खेलेको खेल, वर्षायाममा गाउँमा पस्ने बाढी र भेल ।

छिमेकीको बारीबाट चोरेर खाएको अम्बा, बयर र आँपको स्वाद, यो महानगरको झिलीमिली

अनि त्यो गाउँको अन्धकारमा पिलपिल गर्दै उड्ने जुनकिरी अनि टिलपिल गर्दै बल्ने टुकीको याद । 

त्यो बाल्यकालका मस्तीहरू अनि उपद्रो सम्झेर ल्याउँदा पनि शरीरमा कताकता काउकुती पस्छ,

जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।

त्यो एक घण्टाको स्कूलको बाटो, त्यो गुच्चाको खेल अनि पुरानो मोजाको फुटबल,

बिर्सन कहाँ सकिन्छ र त्यो बाल्यकाल अनि अतितका सुन्दर पल ।

सम्झेर ल्याउँदा पनि मुटु चस्छ, जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।

त्यो असोजमा फूल्ने सयपत्रीको सुवास, त्यो दशैँको नयाँ लुगा अनि तिहारको मीठो आभास,

त्यो घाममा खेल्दा डढेका छाला, त्यो मंसिरको महिना अनि खेतमा लहलह झुलेका धानका बाला ।

सम्झेर ल्याउँदा आँशु खस्छ, जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।

त्यो घर र वृद्ध भएका मेरा बुवा/आमाप्रतिको कर्तव्य, आफ्नै परिवारप्रति थपिएको नयाँ जिम्मेवारी,

यो शहरको अभाव अनि महंगीको भारले भित्रभित्रै डस्छ,

जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।

जतिसुकै शहरिया बन्न खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x