कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
जीवनका विभिन्न कालखण्डमा मानिसहरूले गरेका भिन्नभिन्न अनुभूतिका आधारमा सफलताको अर्थ पनि भिन्दाभिन्दै हुने गरेको हामीले सुनेका छौं, अनुभव गरेका छौं । कसैका लागि नाम कमाउनु सफलता हो भने कसैका लागि पैसा कमाउनु त कसैका लागि प्रतिष्ठा कमाउनु ।
एउटा विद्यार्थीका लागि परीक्षामा प्रथम हुनु सफलता हो भने खेलाडीका खेल जित्नु । नेताका लागि चुनाव जित्नु सफलता होला, प्रेमी-प्रेमिकाका लागि मन जित्नु या विश्वास जित्नु… आदि । साधारणतया कसैले गरेको प्रयास सार्थक हुनु या सपना साकार हुनुलाई नै सफलता प्राप्त भएको मान्ने गरिन्छ ।
हिजोआजका हाम्रा विद्यार्थी भाइबहिनीसम्म एउटा प्रेरक सन्देश शेयर हुन सकोस् भन्ने उद्देश्यले यो लेखमा सफलता र यससँग जोडिएका केही प्रेरक प्रसंगबारे चर्चा गर्ने कोशिश गरेको छु ।
स्रोत : 'एक्सलरेटिङ् आइडियाज'– (मोटिभेसनल टकिङ प्रोग्राम) ।
यदि अहिले दशौं वा बाह्रौं कक्षामा अध्ययन गर्दै गरेका हाम्रा भाइबहिनीहरूलाई सफलता के हो भनेर सोध्ने हो भने के कस्ता जवाफ आउलान् ? थोरबहुत अनुमान हामी सबैले लगाउन सक्छौं ।
कल्पना गर्नुस्, कुनै दुर्गम गाउँकी एक बहिनी दु:ख गरेर स्कूलको पढाइ सक्छिन् । घर परिवारको राम्रो सपोर्ट नहुँदा नहुँदै पनि शहर जान्छिन् । दु:ख गरेर पढ्छिन् । मास कम्युनिकेसन एन्ड जर्नालिजममा स्नातक तहसम्मको पढाइ पूरा गर्छिन् । अनि लगत्तै कुनै प्रतिष्ठित टिभी च्यानलमा न्यूज रिडर (एंकर)को रूपमा काम गर्ने अवसर प्राप्त गर्छिन् ।
अब हामीले यी बहिनी र अहिलेका चल्तिका अभिनेता अनमोल केसीको सफलतालाई तुलना गरेर हेर्ने हो भने कसलाई बढी सफल भएको मानौंला ? पक्कै पनि हामी धेरैले एंकर बनेकी बहिनीलाई नै ज्यादा सफल मान्ने छौं, किनकी अनमोल केसीलाई प्राप्त भएको सफलता जति स्वाभविक छ, ती बहिनीको सवालमा त्यति नै कठिन ।
उनले त्यतिसम्मको काम गरेर देखाइन्, जसको बारेमा उनको परिवार र आसपासका मानिस वा त्यहाँको समाजले कल्पना पनि गरेको हुँदैन । अर्थात शुरूमा उनको बारेमा जे अनुमान गरिएको थियो उनले त्योभन्दा धेरै गरेर देखाइन् । अझ भन्नुपर्दा आफ्नो औकातभन्दा माथि उठेर देखाइन् ।
यसै सिलसिलामा यहाँहरूलाई म अर्को एउटा उदाहरण सुनाउँछु । यहाँहरूले भारतका एक प्रसिद्ध उपन्यासकार, लेखक तथा मोटिभेसनल स्पिकर चेतन भगतको नाम त सुन्नुभएकै होला । साथै उनले लेखेका अंग्रेजी नोभेलबाट बनेका हिन्दी फिल्म टू स्टेट्स, हाफ गर्लफ्रेन्ड धेरैले हेर्नु पनि भएको होला । चेतनले भारतको आईआईटी दिल्लीबाट इञ्जिनियरिङ र आईआईएम अहमदावादबाट एमबीए गरेका छन् ।
यहाँहरूमध्ये कतिलाई थाहा नहुन पनि सक्छ, उनले माध्यमिक शिक्षा उत्तीर्ण गर्दा ७६ % (B+) ग्रेड मात्र ल्याएका थिए, जुन उनको परिवारले अपेक्षा गरेकोभन्दा निकै कम थियो । हरेकका आमाबुवाले जस्तै चेतनका आमाबुवाले पनि हाम्रो छोराको ९०% (A+) भन्दा माथिको अंक आओस्, ताकि भोलि गएर छोरालाई इन्डियाको टप आईआईटी कलेजबाट इञ्जिनियरिङ गर्ने अवसर प्राप्त हुन सकोस् भन्ने सोचेका थिए । तर वास्तविकतामा त्यस्तो हुन सकेन ।
रिजल्ट आएको दिन बेलुका चेतनको घरको माहोल शोकमग्न थियो । सबैको मुहारमा बादल छाएको अवस्था थियो । राति खाना खान बसेका बेला चेतनका मामाले चेतनकी आमलाई सान्त्वना दिँदै भनेछन्, 'यसको औकात नै यति नै थियो चिन्ता गर्नु पर्दैन, आफ्नो औकात बराबरको केही न केही त गरिहाल्छ नि !'
यो सुनेर चेतनले पनि मनमनै एसटीडी/आईएसडीको टेलिफोन बुथ खोल्नुपर्यो भन्ने योजना बनाउँछन् । तर पछि सोच्छन्– 'अहिले म भर्खर १५ वर्षको हुँदैछु, अझै केही बिग्रिएको छैन । यदि कुनै संकल्पका साथ मेहेनत गरेर अगाडि बढ्ने हो भने अझै पनि आफ्नो औकातभन्दा माथि उठेर देखाउन सक्छु ।'
त्यतिखेरसम्म उनलाई अब कहाँ पढ्ने, के पढ्ने भन्ने बारेमा खासै जानकारी पनि हुँदैन । त्यसैले सबैभन्दा पहिला त यसका बारेमा जानकारी संकलन गर्छन् । यसै सिलसिलामा उनले पत्ता लगाउँछन्, भारतमा सबैभन्दा राम्रो कलेज भनेको आईआईटी नै रहेछ र त्यसमा भर्ना हुने मौका पाउन निकै कठिन छ । उनले कसरी हुन्छ आफूलाई त्यसका लागि तयार पार्ने निर्णय गर्छन् ।
उनीसँग दुई वर्षको समय हुन्छ । चेतनले संकल्प गर्छन्, यो दुई वर्षको अवधिमा आफूलाई यसरी तयार पार्नेछु, ताकि आफ्नो औकातभन्दा माथि उठेर देखाउन सकियोस् । यही सोच र संकल्पका साथ चेतन आफ्नो अगाडिको पढाइ शुरू गर्छन् ।
यस क्रममा उनको जीवानमा कयौं अप्ठ्यारा परिस्थितीहरू आउँछन्, तर उनी कहिल्यै बिचलित हुँदैनन् । आफ्नो संकल्पअनुसार लक्ष प्राप्तिका लागि लागातार मेहेनत गर्छन् । फलस्वरूप बाह्रौं कक्षाको अध्ययन पूरा गरेसँगै इञ्जिरियरिङ पढ्नका लागि इन्ट्रान्स एक्जाम दिन्छन्, पास गर्छन् र आईआईटी दिल्लीमा भर्ना पनि पाउँछन् । उनले आईआईटीबाट मेकानिकल इञ्जिनियरिङमा बीई आईआईएम अहमदावादबाट एमबीए गर्छन् ।
(सन् २०१० मा अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागेजिनले त्यो सालको विश्वका एक सय प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गर्दा चेतन भगतको नाम पनि राखेको थियो ।)
माथिका प्रसंग त केबल प्रतिनिधि पात्रका रूपमा लिइएका उदाहरण मात्र हुन् । हाम्रो आफ्नै गाउँ शहरलगायत देश विदेशमा हेर्ने हो भने यस्ता कयौँ पात्रहरू भेटिन्छन् । जसले जीवनमा काठिनभन्दा काठिन परिस्थितिमा पनि आफूप्रतिको दृढ विश्वास र संकल्पलाई कायम राख्दै लागातार मेहेनत गरे उनीहरू आफ्नो क्षेत्रमा औकातभन्दा माथि उठेर देखाउन सफल भएका छन् ।
अत: मूल रूपमा हाम्रा परिवारजन, गुरुजन, आसपासका मानिसलगायत हाम्रो गाउँ, समाज र देशले हामीबाट जे जति अपेक्षा राखेका हुन्छन्, त्योभन्दा धेरै गरेर देखाउन सक्नु अर्थात् आफ्नो औकातभन्दा माथि उठेर देखाउन सक्नु नै साँचो अर्थमा सफलता रहेछ भन्ने कुरालाई माथि उल्लेखित उदाहरणहरूले शिद्ध गरेका छन् ।
यहाँसम्म हामीले बुझ्यौँ कि सफल बन्नका लागि आफ्नो औकातभन्दा माथि उठेर देखाउन सक्नुपर्ने रहेछ । तर सबैभन्दा मुस्किल कुरा अब आफ्नो औकातभन्दा माथि उठ्ने कसरी त ? औकातभन्दा माथि उठ्न त्यति सजिलो छैन ।
घरमा आमालाई दुईतीन दिन खाना बनाउन सघाएर अथवा दुईचार हप्ता लगातार बुवालाई अन्य कुनै काममा सहायता गरेर मात्र आफ्नो औकातभन्दा माथि उठ्न सकिँदैन । किनकी घरमा गर्नुपर्ने यस्ता कामहरू गर्ने मन नहुँदा नहुँदै पनि 'अरे गर न यार, एकदुई घण्टाको कुरा न हो, त्यसपछि फेरि टिभी हेरौंला, फेसबूक/ह्वाट्सएप चलाउँला भनेर आफूलाई टेम्पोररीली मोटिभेट (क्षणिक प्रेरणा) दिएर पनि गर्न सकिन्छ । तर आफ्नो औकातभन्दा माथि उठ्नका लागि त कुनै निश्चित समयसम्मका लागि लगातार मेहेनत गर्नुपर्ने हुन्छ ।
कसैले धक्का लगाएर अथवा दबाब दिएर थोरै समयका लागि गरिने मेहेनतले यहाँ काम गर्नेवाला छैन । यसका लागि एकदुई घण्टा र दिन होइन, एकदुई वर्ष नै लगातार कडा मेहेनत गर्नुपर्ने हुन्छ । हैन त ? जब हामीले यो कुरालाई आफ्नो अन्तरआत्माबाट महसूस गर्छौं / बुझ्छौं ।
अब अर्को महत्त्वपूर्ण चरण भनेको लक्ष्य निर्धारण गर्नु हो । अब यो लक्ष्य निर्धारण गर्ने कसरी ? हेर्नुस्, भन्न त घरमा आमाबुवाले तिमी डाक्टर बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ, पाइलट बन्नुपर्छ, वकिल बन्नुपर्छ, फलानाको छोरा/छोरी त बन्यो भने तिमी किन बन्न सक्दैनौ आदि कुराहरू भन्नु / सुनाउनु हुन्छ । तर घरमा आमाबुवाले भनेर मात्रै त यो सम्भव हुँदैन । हुन्छ त ? निश्चित रूपमा पनि हुँदैन । कि त तपाईं एकदमै प्रतिभाशाली हुनुपर्यो, जसका लागि केही पनि असम्भव नहोस् । यदि त्यसो होइन भने त जे पनि बन्नु छ त्यसका लागि आवश्यक मेहेनत गर्ने तपाईंले नै हो ।
त्यसैले अब तपाईंले यो पत्ता लगाउनुपर्ने हुन्छ कि तपाईंसँग भएको ज्ञान तथा तपाईंको रुचिका आधारमा कुन विषय तपाईंका लागि उत्कृष्ट हुनसक्छ, जुन पूरा गर्दा आफूलाई आफ्नो औकातभन्दा माथि उठेको अनुभूति हुन सकोस् । यो सँगसँगै त्यो विषय पढ्नका लागि कुन कलेज सबैभन्दा राम्रो हुनसक्छ, त्यस विषयमा जानकारी हासिल गर्नुपर्दछ ।
अब अन्तिम चरण– जब यी सबै कुराबारे राम्रोसँग जानकारी प्राप्त हुन्छ, तब त्यसै अनुरूप आफ्नो लक्ष्य निर्धारण गर्नुस् । अब यो लक्ष्यलाई आफ्नो सपना बनाउनुस् र यसलाई हकिकतमा परिणत गर्नका लागि कति समय आवश्यक पर्ने हो त्यसै अनुरूप एउटा निश्चित समयावधि पनि निर्धारण गर्नुस् र संकल्प गर्नुस्, यो निर्धारित समयाअवधिभित्र यसलाई जस्तोसुकै अवस्थामा पनि पूरा गरेर छाड्ने छु ।
यो संकल्प पूरा नभएसम्म मेरा लागि अरु केही पनि महत्त्वपूर्ण छैन / हुन सक्दैन । यसको मतलब, यहाँ तपाईंले राम्ररी बुझ्नुभएको छ, जुन लक्ष्य तपाईंले निर्धारण गर्नुभएको छ, त्यो लक्ष्य प्राप्त गर्नका लागि 'धक्कामार मोटिभेसन' क्षणिक प्रेरणाले काम गर्नेवाला छैन ।
जब यो बुझाइका साथ मानसिक रूपले तयार भएर आफ्नो लक्ष्यअनुरूप मेहेनत गर्न शुरू गर्नुहुन्छ, तब तपाईंलाई आफ्नो औकातभन्दा माथि उठ्न सक्ने सफलता हासिल गर्नबाट कसैले रोक्न सक्दैन । आज यो लेख्दै गर्दा म स्वयं सोच्दैछु, शायद यही कुरा मैले मेरो समयमा बुझ्न सकेको भए अथवा कसैले मलाई बुझाइदिएको भए सम्भवत: म पनि आफ्नो औकातभन्दा माथि उठ्न सफल हुने थिएँ होला ।
यदि यहाँहरू चेतनले जस्तै जीवनमा आफ्नो औकातभन्दा माथि उठ्ने संकल्प गर्नुहुन्छ, अर्थात अरुले सोचेको भन्दा पनि राम्रो गरेर देखाउने लक्ष्य राख्नुहुन्छ (यस्तो लक्ष्य पढाइमा मात्र हुनुपर्छ भन्ने छैन, तपाईंको रुचि अनुसारको जुनसुकै क्षेत्रमा पनि हुनसक्छ) भने आजैबाट आफ्नो संकल्प र लक्ष्यअनुरूप कडा मेहेनत गर्न शुरू गर्नुस् । यहाँहरू पनि आ-आफ्नो क्षेत्रमा आफ्नो औकातभन्दा माथि उठेर देखाउन सफल बन्नु हुनेछ ।
सबैलाई शुभकामना !
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...