×

NMB BANK
NIC ASIA

‘अपहरणकारी’को इन्काउन्टरबारे गृहमन्त्रीको चासो, आईजीपीले भने- भिडन्त भएकै हो

साउन २४, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – गत आइतवार साँझ काठमाडौंको काँडाघारीबाट अपहरण गरी भक्तपुरको सानोठिमीमा हत्या गरिएका बालकका ‘अपहरणकारी’लाई इन्काउन्टरमा मारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले चासो व्यक्त गरेका छन् ।

Muktinath Bank

गृहमन्त्री थापा ‘मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन इन्डोनेसियाको गएकै दिन आइतवार काठमाडौंका काँडाघारीबाट बालकको अपहरण भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार मृत फेला परेका ११ वर्षीय निशान खड्काको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले सोमवार सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई ‘दोहोरो भिडन्त’का क्रममा गोली हानी मारेको थियो ।


Advertisment
Nabil box
Kumari

सम्मेलनमा सहभागी भएर बुधवार स्वदेश फर्किएका गृहमन्त्री थापाले बिहीवार मध्याह्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित घटनासँग सम्बन्धित प्रहरी अधिकारीलाई बोलाएर बालकको अपहरण र अपहरणमा संलग्न भनिएका व्यक्तिलाई मारिएको घटनाबारे जानकारी लिएका हुन् ।

Vianet communication

गृहमन्त्री थापाले अपहरित बालकको सकुशल उद्दार गर्न नसक्नुका कारण र अपहरणकारी भनिएका व्यक्तिलाई के–कति कारणले गोली हानिएको हो भन्ने विषयमा प्रहरी महानिरीक्षसहित प्रहरी अधिकारीको जवाफ मागेका थिए । 

जवाफमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरणकारीले बच्चाको हत्या गरेर भागेको खोजी गर्ने क्रममा भक्तपुर सूर्यविनायकको जंगलमा फेला पर्दा दोहरो भिडन्त भएको बताएका छन् । 

अपहरणकारी भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएर गोली हानी मारिएको भन्ने विषय सञ्चारमाध्यममा आएपछि गृहमन्त्री थापाले प्रहरी अधिकारीलाई बोलाएर सो सम्बन्धमा जानकारी लिएका हुन् ।

इन्काउन्टरमा मारिएका गोपाल र अजयको गैरन्यायिक हत्या भएको भन्दै उनीहरूका आफन्तले बुधवार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

आयोगले बुधवारदेखि नै प्रहरीको इन्काउन्टरमाथि अनुसन्धान थालिसकेको जनाएको छ । 

प्रहरीले भक्तपुरको सानोठिमीस्थित गोपाल र अजय डेरा गरी बस्ने कोठाबाट पक्राउ गरी उनीहरूलाई जंगलमा लगेर गोली हानी मारेको विषय अहिले चर्चामा छ । 

प्रहरीका पूर्व वरिष्ठ अधिकारीदेखि मानवअधिकारवादीहरूले अपहरणकारी भनिएका गोपाल र अजयको गैरन्यायिक हत्या भएको भन्दै विरोध जनाइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x