×

NMB BANK
NIC ASIA

के इन्टरनेटले हामीलाई बोधो बनाउँदैछ ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
आधुनिक युगमा इन्टरनेट सर्वव्यापी छ । एल्गोरिदम (कम्प्युटरको गणित) का कारण इन्टरनेटले हाम्रो खोज, किनमेल, पढाई र प्रेम अनि विवाहसमेतमा हामीलाई खोजेकै कुरा दिने गरेको छ ।


यस्ता शक्तिशाली एल्गोरिदमका कारण हामी आफ्ना पूर्वाग्रहलाई दह्रो बनाउँछौं र नयाँ, फरक तथा अपरिचित कुरा प्रायः हेर्दैनौं । सिक्ने, बुझ्ने र नयाँ कुरा जन्माउने क्षमतामा यसले ह्रास ल्याउँछ । सजिलो खोज्ने हाम्रो बानीबाट हामीलाई मुक्त गर्नुको साटो डिजिटल क्रान्तिले हामीलाई आफ्नै संसारमा रम्न लगाएको छ र यस क्रममा मौलिकता, स्वच्छन्दता र सिकाईका अवसरलाई बन्द गरिदिएको छ ।

सबभन्दा महत्वपूर्ण कुरा त हामीलाई यही अवस्था मन पर्छ ।

हामी अमेजन (सामान खरीद समबन्धी वेबसाइट) मा गएर उसको एल्गोरिदमले जे अह्रायो त्यही सामान किन्छौं । हामी त्यही समाचार पढ्छौं जसले हाम्रो पूर्वविश्वासलाई मजबुत बनाउँछ । अनि हामी डेटिङका लागि त्यही साइट खोज्छौं जसले हामीलाई आफूजस्तै मान्छेसँग भेटाउन मद्दत गर्छ ।

यसरी एल्गोरिदमले बनाएको साँघुरो घेरामा बस्नुका परिणाम साना छैनन् । हामीले यसको बौद्धिक र सामाजिक मूल्य चुकाइरहेका छौं ।

भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनकै उदाहरण हेर्नुस् । अमेरिकामा राजनीतिक ध्रुवीकरण झन् गहिरिएर गयो किनकि अमेरिकीहरूले आफ्ना पुरानो विश्वासलाई पुष्टि गर्ने प्रमाण नै खोजिरहे । विभिन्नथरी अमेरिकीहरू एउटै देशमा विभिन्नथरी जीवन बाँचिरहेका छन् । हामीले केही निश्चित समाचार संस्था वा निश्चित विज्ञहरूमा आफूलाई सीमित गरेकाले हाम्रा पक्षपाती विश्लेषण अरूभन्दा नितान्त फरक हुने गरेका छन् ।

साँघुरो दिमागको यो समस्या व्यापार र नेतृत्वमा पनि सरेको छ । खुल्ला विचारले हाम्रो मानसिक स्वास्थ्यलाई सुधार गर्छ अनि राम्रो निर्णय लिन मद्दत गर्छ भनी अनेकौं अनुसन्धानले बताएका छन् । ठूलठूला कम्पनीका हाकिमहरूको हकमा यो कुरा लागू हुन्छ । उनीहरूले व्यवस्थापन र व्यापार दुवैमा सिर्जनात्मकता अपनाएर ठूला व्यापार सञ्चालन गरिरहेका छन् ।

स्ट्राटेजिक म्यानेजमेन्ट जर्नलमा प्रकाशित एक ताजा लेखमा नयाँ अवसरलाई विचार र उपयोग गर्न माथिबाट तल (टप डाउन) र तलबाट माथि (बटम अप) प्रक्रियाको महत्वलाई दर्शाइएको छ । टप डाउन प्रक्रियामा पुराना अनुभवबाट सिक्ने कुरा महत्वपूर्ण हुन्छ तर तिनले कहिलेकाहीँ आफ्नो क्षेत्रमा भइरहेका अवाञ्छित परिवर्तनमाथि विचार गर्न रोक्छन् । यसको विपरीत बटम अप प्रक्रियामा पहिलेदेखि विद्यमान ज्ञानका बाबजुद वरपर भइरहेका परिवर्तनलाई विचार गर्ने अवस्थाले हामीलाई नसोचेका अवसरमाथि ध्यान दिन र उपयोग गर्न मद्दत गर्छ ।

तर हामी एल्गोरिदमको प्रभावलाई प्रतिकार गर्न सक्छौं । हाम्रो क्षेत्र फराकिलो पार्न अनि व्यावसायिक र निजी जीवनमा खुल्ला दिमाग राख्न हामीले सोचे जत्ति गाह्रो छैन ।

कार्यालयमा तपाईं व्यक्ति नियुक्ति गर्ने प्रक्रियामा ध्यान दिनुस् । अरूभन्दा फरकखाले व्यक्तिलाई छनोट गर्दा, टिममा रहेका व्यक्तिभन्दा फरक सोच्न सक्ने व्यक्ति लिँदा तपाईंले विभिन्न दृष्टिकोणहरू सुन्न पाउनुहुन्छ र नयाँ समाधान वा विचार पाउनुुहुन्छ । एल्गोरिदमले व्यक्तिको बायोडाटामा महत्वपूर्ण शब्द खोज्ने हो तर तपाईं आफैंले प्रत्येक बायोडाटा पढ्ने र फरक किसिमका महत्वपूर्ण शब्द खोज्ने कि ? अझ राम्रो त, भेटिने ठाउँमा आफैं प्रतिभाशाली मान्छे खोज्नुस् ।

लामो समयसम्म सिर्जनात्मकतालाई कायम राख्न तपाईं हाकिम हो भने परिवर्तनलाई अपनाउनुस् । एउटा निश्चित सूत्रका आधारमा कुनै संस्था वा टिमलाई निर्माण गर्नुभन्दा सिद्धान्तहरूको एक सेटका आधारमा संगठन बनाउनुस् । अनि कर्मचारीहरूलाई यिनै सिद्धान्तसँग मेल खाने गरी नयाँ अप्रोच लिएर आउन वा पूरै फरक कुरा लिएर आउन लगाउनुस् ।

सबभन्दा महत्वपूर्ण कुरा त तपाईं आफूसँग इमान्दार हुनुपर्छ र आफूले बनाएको मापदण्डमा मात्र सीमित व्यवहार त गरिरहेको छैन भनी जाँच्नुपर्छ । यसो गर्दा बल्ल तपाईंले आफ्नो मापदण्ड बाहिर गएर नियमित रूपमा फरक कुरा छान्नुहुन्छ ।

उदाहरणका लागि अर्कोपाली बाहिर खान जाँदा पहिले नखाएको खानेकुरा चाख्नुस् । पहिलेदेखि हेरिरहेको फिल्मको विधाबाहिरको फिल्म हेर्नुस् । बूक क्लबको सदस्य बन्नुस् । कुनै समारोहमा जाँदा सम्भव भएसम्म आफूभन्दा फरक किसिमको व्यक्तिसँग केही समय कुरा गर्नुस् र उनीहरूलाई के पढ्ने, के खाने र के हेर्ने सिफारिश गर्न लगाउनुस् ।

यसमा तपाईंलाई मद्दत गर्ने केही वेबसाइट र एप्स छन् । उदाहरणका लागि प्रोकोन डट् ओआरजीले विवादास्पद विषयमा फरक फरक तर्क पेश गर्छ भने इयरबिट्स भन्ने एपले तपाईंलाई पहिले सुनिरहेको भन्दा फरक विधामा नयाँखाले संगीतका बारेमा थाहा पाउन मद्दत गर्छ ।

नयाँ कुरा पत्ता लगाउन प्रयास गर्नुपर्छ । एल्गोरिदम र कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) ले हाम्रो आवश्यकताको पूर्वानुमान गर्ने र हाम्रो फोकसलाई साँघुरो बनाउने काम गरिरहेकोमा हामीले नयाँ कुरा सिक्ने र जहाँ पनि अभ्यस्त हुने क्षमता विकास गरेमा काम र जीवन दुवैमा आफ्नो मूल्य कायम राख्न सक्छौं । यसमा लगानी गर्नु वास्तवमै फलदायक छ ।

बीबीसी
अनुवादक : विन्देश दहाल

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x