×

NMB BANK
NIC ASIA

निर्मला हत्या प्रकरण : प्रधानमन्त्री ओलीले जनतासँग किन बोले झूट ? [भनाइको पूर्णपाठसहित]

भदौ २२, २०७५

NTC
Premier Steels

काठमाडौं – बहुचर्चित तथा रहस्यमयी कञ्चनपुरको निर्मला पन्त बलात्कार र हत्या प्रकरणलाई सरकारको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको एउटा अभिव्यक्ति विवादित बनेको छ ।

Muktinath Bank

बुधवार प्रशारण भएको ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले निर्मला पन्तको शवलाई भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा, आँगनमा लगेर राजनीति गर्न खोजेको भनेर दिएको अभिव्यक्ति विवादित बनेको हो । स्थानीयका अनुसार शवलाई मेयरको घरमा लगिएको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कञ्चनपुर घटनामा राजनीति भइरहेकोबारे कार्यक्रममा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘पोस्टमार्टम गरेर घरमा लगेको लास, घरबाट उठाएर मेयरको घरमा पुर्‍याउनुपर्ने, त्यो के भएको हो ? परिवारले त सद्गत गर्न लैजाँदैथ्यो ? उनीहरूबाट खोसेर मेयरको आँगनमा लानु भनेको के हो ? यसभित्र के छ त ?’ स्थानीयका अनुसार प्रधानमन्त्रीले बोलेको घटनाक्रम महेन्द्रनगरमा भएकै छैन ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीले कार्यक्रममा बनावटी घटनाक्रम सुनाएका छन् ।

Vianet communication

देशैभर गम्भीरताका साथ हेरिएको घटनाका सम्बन्धमा प्रधानमन्त्री ओलीले आफैं त घटनाक्रमको रचना नगरेका होलान् । तर, प्रधानमन्त्रीलाई यो घटनाक्रम कसले सुनायो र कण्ठ गरायो ? प्रश्न स्वभाविक जन्मिएको छ । अर्काे प्रश्न जन्मिन्छ – बनावटी घटनाक्रम बनाउने र सुनाउनेले किन त्यसो गरे ? कतै वास्तविक हत्यारालाई बचाउन घटनालाई अतिरञ्जिन गर्न र झूट स्थापित गराउन खोजिएको हो कि ?

तत्कालीन प्रहरी नेतृत्वले घटनाको छानबिनमा गम्भीर त्रुटि गरेको भनेर बिहीवार राष्ट्रिय मानवअधिकार आयोगले समेत आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले ‘नक्कली’ अभियुक्तलाई अपराध स्वीकार गराउन यातना दिएका विवरण समेत सार्वजनिक भएका छन् ।

सरकारले नयाँ छानबिन टोली कञ्चनपुरमा खटाएपछि सत्यतथ्य बाहिर आउने आशा गरिएको थियो । तर, जगजाहेर रहेको शव भेटिएपछि घटनाक्रमलाई प्रधानमन्त्रीले नै गलत रुपमा प्रस्तुत गरेपछि आशाको किरण कमजोर भएको छ ।

शव भेटिएपछिको घटनाक्रमलाई नै सरकारी संयन्त्रले गलत ढंगले प्रस्तुत गरिरहेका बेला लुकेको बलात्कार र हत्याको सत्यलाई सरकारले सही ढंगले प्रस्तुत गर्ला भन्ने ‘अन्धविश्वास’ गर्ने अवस्था रहँदैन । सरकारी निकायबाट सर्वसाधारणले पहिल्यैदेखि अभियुक्त खोज्ने र प्रमाणित हुने पत्यारिला प्रमाण र आधार खोजिरहेका छन् ।

स्थानीय घटनाक्रमलाई झूटो रुपमा प्रधानमन्त्रीसम्म पुर्याउने व्यक्ति को हुन् ? उनले प्रधानमन्त्रीलाई झूटो विवरण किन सुनाए ? उनको स्वार्थ के हो ? कतै अपराधीसँग कुनै सम्बन्ध वा साँठगाँठ पो छ कि ? छानबिनको विषय यो पनि हो । यसअघि, तत्कालीन प्रहरी उपरीक्षक  (एसपी) डिल्लीराज विष्टले प्रमाण नष्ट गरेको भनेर आरोप लागेको छ । सरकारले एसपी विष्टबाटै वास्तविक अपराधीबारे जानकारी लिनसक्ने आधार हुँदाहुँदै पनि त्यस पाटोमा प्रक्रिया अगाडि बढाइएको देखिएको छैन ।

प्रधानमन्त्रीले अन्तर्वार्तामा बोलेका कुरा जस्ताको तस्तै :

एउटा म के भन्न चाहन्छु भने यो नेपाली समाजलाई अधोगतिमा, एउटा सभ्यताको अधोपतनतिर लाने प्रयास भएको छ । कतिपय सामाजिक सञ्जालहरूमा तपाईले हेर्नुभयो भने अनधिकृत खालका ती सञ्जाल र तिनमा, अवैध अनलाइनहरू तिनीहरू हेर्नुभयो भने तिनीहरूमा समाजलाई विकृतितर्फ लाने अनेक कथाहरू, अनेक प्रसंगहरू ल्याएर मान्छेलाई हो कि गरेर प्रेरित गर्ने, यस प्रकारका क्रियाकलाप भइरहेका छन् र समाजलाई ढाट्न सिकाउने, छल्न सिकाउने, अनैतिकता सिकाउने, व्यभिचार सिकाउने अनि आफ्नो कथा भन्दै त्यस्ता व्यभिचारका कथाहरूको सिलसिला बढाउने । यस्ता संगठित प्रयासहरू भएका छन् । यो नेपाली समाज विरुद्धको संगठित प्रयास हो । यो हामीले सजगताका साथ बुझ्नुपर्छ । जसले नेपाली समाजलाई सांस्कृतिक अधोगतनतिर, नैतिक अधोपतनतिर धकेल्ने प्रयास भइरहेको छ । जसको असर देखिएको छ एउटा कुरो । जसप्रति हामी हरेक सगज हुनुपर्छ । 

अर्काे सरकारको ध्यान आकर्षण भएको छ, जनस्तरबाट अलि चित्त बुझेन भन्ने कुरा आएपछि । पहिले त हामीले जे संयन्त्र छ त्यसमाथि भर पर्नुपर्यो र हेर्नुपर्यो । कति हुन्छ के हुन्छ भनेर । होइन, भएन भनेर जनस्तरबाट आवाज उठेपछि हामीले त्यहाँ एसपीलाई फिर्ता गर्यौं, डीएसपीलाई फिर्ता गर्यौं, सीडीओ फिर्ता गर्यौं । र, त्यहाँ मुद्दा शाखा, फाँटका अफिसरलाई फिर्ता गर्यौं । र, एसपीलाई निलम्बन गर्यौं, छानबिन सजिलो होस् भनेर । अब छानबिनको अर्काे उच्च स्तरीय समिति बनायौं, सहसचिवको नेतृत्वमा ३ जना डीआईजी राखेर । अर्काे समिति बनायौं, त्यो क्रियाशील छ ।

तर, छानबिनलाई यसो हुनु हुँदैन र यसो हुनुपर्छ । निष्कर्ष यसै आउनुपर्छ भनेपछि छानबिन कसरी हुन्छ ? यसभित्र कुनै राजनीति मिसाइनु हुँदैन । यस्ता सामाजिक अपराधका क्रियाकलापमा । 

म यति भन्छु कि राजनीति मिसिनु हुँदैन, मिसाइनु हुँदैन । पोस्टमार्टम गरेर घरमा लगेको लास, घरबाट उठाएर मेयरको घरमा पुर्याउनुपर्ने । त्यो के भएको हो ? परिवारले त सद्गत गर्न लैजाँदैथ्यो । उनीहरूबाट खोसेर लगेर मेयरको आँगनमा लास लानु भनेको के हो ? यसभित्र के छ त ?

अर्काे एउटा म तपाईलाई भन्न चाहन्छु र मिडियामार्फत् जनतालाई पनि, म सबै दाजुभाईदिदीबहिनीलाई सजग हुन चाहन्छु । हामी महिला अस्मिताका कुरा गरिराखेका छौं, महिलामाथिका हिंसाका कुरा गरिराखेका छौं । छानबिन हुन दिऊ । त्यो सम्बन्धित भनेको घरका दुइटा दिदीबहिनीहरू यदि उनीहरूको अपराध छ भने उनीहरूलाई कारवाही गरौं । तर, कारवाही गर्नुभन्दा अगाडि उनीहरूलाई के–के भनिएको छ, के गरिया छ, समाजले के गर्या छ । यस्तो गर्न हुन्छ ? महिला हिंसा भएन ? तिनीहरू दोषी हुन् कि होइनन् ? पहिला छानबिन हुनुपर्यो । छानबिनबाट दोषी देखिन्छन् कि देखिँदैनन् ? प्रमाणित हुन्छ कि हुँदैन ? ती पनि महिला होलान्, अविवाहित केटी होलान्, तिनको पनि जीवन होला । तिनका पनि सपनाहरू होलान् ।  ती पनि महिला हुन्, तिनको पनि इज्जत छ । अनि अनुमानका भरमा इज्जत हुर्मत लिने । अनुमानका भरमा तथानाम । यति जान्थे, यस्तो गर्थे, उस्तो गर्थे, यसो हुन्थ्यो, यहाँ जान्थे, डान्सबार । यस्ता कुराहरू उछालेर । कोही मान्छे मन नपर्न सक्छ । कोही छिमेकी मन नपर्न सक्छ । कसैका बाबुआमा कसैतिर होलान्, कुनै पार्टीलाई भोट देलान् । यी कुराहरू यस्ता संवेदनशील प्रश्नहरूमा ल्याउन हुन्छ ?

एउटा बालिका मारिएको छ, अरु बालिकाहरूमाथि अप्रमाणित, वास्तममा भन्ने हो भने भयंकर क्रूर आक्रमण छ उनीहरूमाथि । यो महिला हिंसा होइन ? यस्तो कुरामा समाज संवेदनशील हुनुपर्छ र सरकारलाई छानबिन गर्न दिनुपर्यो नि पहिला त । अब सरकारले छानबिन टोली पठाएको छ, यसै हुनुपर्छ, यस्तै हुनुपर्छ । यस्तो भएन भने आगो बालिन्छ, यस्तो भएन भने टीकापुरभन्दा बढ्ता गरिन्छ, यस्तो भएन भने ।

गौरा पर्व, गौरा चाड । त्यसमा आन्दोलनको आह्वान गरिन्छ । के हो त्यो ? छानबिन त हुँदैछ, रिपोर्ट आउँछ । त्यसबाट दोषी जो छ, त्यसको पत्ता लगाएर कारवाही हुन्छ । अनि यो भनेपछि फेरि आगो बालिन्छ, फेरि यो गरिन्छ, त्यो गरिन्छ । अहिले तयारी गरिँदैछ । के हो यो ? त्यसकारण यो महिला अस्मिताका नाममा, महिला अस्मिताविरुद्ध । ती बाँचिरहेका केटीहरू पनि मर्नुपर्ने ? के तिनीहरूले अपमान सहन नसकेर आत्महत्या गर्नुपर्ने ? यदि दोषी हुन् भने त कारवाही हुन्छ । कारवाही पो हुन्छ त । दोषीलाई कानून बमोजिम कारवाही हुन्छ । अपमान र बेइज्जत गर्ने त होइन होला नि । समाज सभ्य हुन पनि त जान्नुपर्ने होला नि । नत्र भने त जो सँग रिस उठ्यो, जे पनि भनिदियो । त्यसकारण म के भन्छु भने यस्ता प्रश्नहरूमा सरकारले समिति, छानबिन समिति बनाएको छ, दोषी पत्ता लगाइन्छ, कारवाही गरिन्छ ।

परिस्थिति कस्तो छ ? प्रहरीले एउटा छानबिन गर्दै थियो, निष्कर्ष निस्क्या थिएन, आन्दोलन उठ्यो, हुलदंगा मच्चियो । फेरि अर्काे समिति बनाइयो । त्यसलाई काम गर्न दिइएको छ ? सहयोग गर्छाै भन्या छ । तर, निष्कर्ष के छ भने यही हुनुपर्छ, नत्र भने हुँदैन । काम गर्ने वातावरण नै छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x