×

NMB BANK
NIC ASIA

कैलालीमा माफियासँग मिलेर २५ हजार हेक्टर बन मास्ने कर्मचारी को हुन् ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, ११ फागुन — पाँच वर्षअघि कैलालीमा १८ हजार हेक्टर वन अतिक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको थियो, तर अहिले सो तथ्याङ्क बढेर २५ हजार हेक्टर पुगेको छ । यो कुरा स्वयं वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी पनि स्वीकार्छन् ।
‘प्राकृतिक ताल पुरेर खेती गरिएको छ, वन क्षेत्रको जमीनमा बस्ती बसेको छ,’ मन्त्री भण्डारी भन्छन्, ‘कैलालीको विभिन्न स्थानमा गरेर २५ हजार हेक्टरभन्दा बढी नै जमिन मिचिएको छ ।’

अतिक्रमणमा वन कर्मचारीको ठाडो संलग्नता

कुनै पनि शक्तिले रोक्न नसक्ने माफियाहरूको जालो बलियो हुँदा कैलालीमा दिनदिनै वन अतिक्रमण भइरहेको छ ।

जानकारहरूका अनुसार स्थानीय वन संरक्षणकर्मीको जानकारीविना अतिक्रमण हुन सक्दैन । कर्मचारी र माफियाहरू मिलेर बनाएको ठूलो जालो सक्रिय भएको कारणले वन अतिक्रमण भइरहेको हो । तर सरकारले माफियाहरूको त्यो जालो तोड्न सकेको छैन ।

भुक्तभोगीका अनुसार तस्करको समूहमा जिल्लाका सहायक वन अधिकृत पूर्णशंकर यादव, भरत साह, हुरीलाल लगायत नै संलग्न छन् ।

यादव १५ वर्षभन्दा लामो समयदेखि एउटै ठाउँमा बसेर रजाईं गर्न सफल भएका व्यक्ति हुन् ।

यी कर्मचारीहरूमाथि माथिल्लो निकायले कुनै पनि कारवाही गरेको छैन । तर वन विभागका प्रबन्ध निर्देशक कृष्णप्रसाद आचार्य तस्करीमा संलग्न कर्मचारीलाई अनुसन्धान गरी कारवाही गर्ने दाबी गर्न पछि पर्दैनन् ।

वनमन्त्री भण्डारीले कुनै पनि कर्मचारी एउटै स्थानमा १५ वर्षसम्म रहनु नै शंकास्पद विषय भएको बताउँछन् । ‘अब त्यस्ता कर्मचारीलाई तुरुन्त सरुवा गर्छौं,’ मन्त्री भण्डारी भन्छन्, ‘गल्ती गर्नेहरूलाई कारवाही पनि गर्छौं ।’ तर उनले माफियाहरूको लागि सरकारभन्दा पनि बलियो भएकोले अतिक्रमण रोक्न नसकिएको चाहिँ स्वीकारे ।

कहाँ कहाँ भइरहेको छ अतिक्रमण ?

जैविक करिडोरका कारण अन्तर्राष्ट्रिय स्तरमै चर्चामा रहेको वसन्ता वनक्षेत्रमा सबैभन्दा बढी अतिक्रमण गरिएको छ ।

वन विभागका महानिर्देशक आचार्यका अनुसार, वसन्ता क्षेत्रमा विभिन्न भागबाट अतिक्रमण भएको छ । यकिन तथ्यांक नभएपनि अतिक्रमित कुल वनक्षेत्रको झन्डै आधाभन्दा बढी हिस्सा वसन्ता क्षेत्रमा पर्छ ।

पन्ध्रभन्दा बढी जैविक ताल र सिमसार क्षेत्र रहेको वसन्ता वनक्षेत्र ६९ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसबाहेक जिल्लाका प्रमुख बजार क्षेत्र, कञ्चनपुर सिमाना चौकीडाँडादेखि चिसापानीसम्मको ९० किलोमिटर पूर्व–पश्चिम राजमार्गछेउ, अत्तरियादेखि डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग, चुरे क्षेत्रमा रहेका दर्जनभन्दा बढी गाउँसँग जोडिएको वन मासिइरहेको छ ।

अत्तरिया नगरपालिका क्षेत्रमा मात्र पाँच वर्षयता १३ सय बिघाभन्दा बढी सरकारी जग्गा अतिक्रमण भइसकेको छ । साबिक गेटा गाविसको ३ नम्बर वडामा आबादी जग्गा पाँच वर्षअघि जम्मा ३ सय बिघा थियो । अत्तरिया इलाका वन कार्यालयसागै जोडिएको अधिकांश वन क्षेत्र अतिक्रमण भइरहेको छ ।

यसरी हुन्छ अतिक्रमण

नम्बरी आबादी
वन क्षेत्रको जमीन माफिया र वन कर्मचारी मिलेर नम्बरी या आबादीमा परिणत गर्छन् । अनि वनका कर्मचारीले त्यसैको नाममा पुर्जा दिएर काठ कटानी गर्छन् । यसरी धमाधम वनको तस्करी भइरहेको छ ।

ढला–पडा
ढला/पडाको यसको मतलव हो, सुकेका या ढलेका । नियमअनुसार कुनै पनि सुकेका या ढलेका रुखहरू कटान गरेर पन्छाउन पाइन्छ । यही नियमको दुरुपयोग गर्दै विभिन्न तरिका अपनाएर रुख सुकाएर काट्दै वनको तस्करी भइरहेको छ ।

चिरान
चिरानको नाममा जिल्ला वन कार्यालयले सीमित परिमाणमा काठ काट्न दिन्छ । तर यसको दुरुपयोग गर्दै तस्करी भइरहेको छ ।

कसरी रोक्ने तस्करी ?

वन तस्करी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री भण्डारी र प्रबन्ध निर्देशक आचार्य दाबी गर्छन् । कैलालीको कुल क्षेत्रफल ३ लाख २८ हजार ५ सय ५२ हेक्टरमध्ये २ लाख ५ हजार ९ सय ३९ हेक्टर वन क्षेत्र छ ।

त्यसमध्ये आबादी तथा खेतीयोग्य जमिन ९८ हजार हेक्टर छ । अब पनि वन मास्ने धन्दा नरोक्ने हो भने तराईको हरियो वन उजाड मरुभूमि र कंक्रिटमा परिवर्तन हुने पक्का छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x