×

NMB BANK
NIC ASIA

अधिवेशन अन्त्यसँगै सेलायो महाअभियोगको प्रसंग, घरबिदामा बसेर आँखा र दाँतको उपचार गर्दै जोशी

असोज १२, २०७५

NTC
Premier Steels

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन भन्दै गएको असोज ४ गते सत्तारुढ नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरियो । 

Muktinath Bank

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई राजीनामाका लागि बाध्य तुल्याउन नेकपाका सांसदहरूले हस्ताक्षर संकलन शुरू गरेको सन्देश जोशीलाई पठाए । तर जोशीले राजीनामा नगर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाअभियोग प्रस्तावका लागि आवश्यक एक चौथाइभन्दा बढी सांसदको हस्ताक्षर संकलन भएपनि आजसम्म महाअभियोग प्रस्ताव दर्ता गरिएको छैन । यसअघि संसदमा दर्ता भएका महाअभियोग प्रस्ताव गुपचुपमा हस्ताक्षर गरेर गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

जोशीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनका लागि हस्ताक्षर संकलन गर्ने समयमा हल्ला गरियो । महाअभियोगका लागि हस्ताक्षर संकलन भएको कुरा समाचारमा आएपछि असोज ७ गतेको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रश्न उठाए । उनले महाअभियोग लगाएर कांग्रेसले जस्तो गल्ती नगर्न पनि नेकपालाई सुझाव दिए । 

Vianet communication

किन पछि हट्यो नेकपा ?

न्यायाधीश जोशीविरुद्ध खाली कागजमा गरिएका हस्ताक्षर उनलाई राजीनामा गर्नका लागि बाध्य पार्ने कोसिस रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बुझाइ छ । 

सर्वोच्च अदालतलाई पार्टीको कार्यालय बनाउन लागिएको भन्दै प्रतिपक्षी दलले विरोध गरेपछि सो प्रस्ताव अहिले सेलाएको छ । नेपाली कांग्रेस मात्र होइन राजपाले समेत महाअभियोग प्रस्तावको विरोध गर्‍यो । राष्ट्रिय सभाको बैठकका राजपाका वृषेशचन्द्र लालले संसदीय सर्वोच्चचा स्वीकार गरिसकेका जोशीलाई किन महाअभियोग लगाउनुपर्‍यो भन्दै प्रतिप्रश्न गरे । 

बिहीवार संसदको वर्षे अधिवेशन अन्त्य भएसँगै महाअभियोगको प्रसंग सेलाएको छ । अब महाअभियोग प्रस्ताव दर्ता गरेर जोशीलाई निलम्बन गर्न सकिएपनि संसदीय प्रक्रिया अघि बढ्न भने संसदको हिउँदे अधिवेशन कुर्नुपर्छ । हिउँदे अधिवेशन मंसिर दोस्रो सातामात्रै शुरू हुनेछ ।

आँखा र दाँतको उपचार गर्न घर बसेको छु : जोशी

महाअभियोगको हल्ला चलेपछि न्यायाधीश जोशी घर बिदामा बसे । यसअघि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि महिनादिन लामो बिदा बसेका जोशी सर्वोच्चमा ओमप्रकाश मिश्र नयाँ प्रधानन्यायाधीश बनेर आएपछि हाजिर भएका थिए । 

जोशी अदालतमा हाजिर भएर इजलास समेत पाएपछि नेकपाका केही सांसदहरूले महाअभियोगका लागि हस्ताक्षर संकलन गरेका थिए । बाहिरचाहिँ जोशीले राजीनामा दिन्छन्, भन्ने हल्ला चल्यो । 

तर उपचारका लागि घर बिदामा बसेका जोशीले मंगलवारदेखि फेरि अदालतमा हाजिर हुने बताएका छन् ।

‘आँखा र दाँतमा समस्या देखिएपछि इलाजको लागि बसेको हुँ,’ न्यायाधीश जोशीले शुक्रवार लोकान्तरसँग भने, ‘अहिले दाँतको उपचार भएको छ । डाक्टरले सोमवारसम्म ठीक हुन्छ भनेका छन् ।’

जोशीले आफू कसैको दबाबमा घर बिदामा नबसेको बताए । उनले स्वास्थ्य उपचार गरेपछि अदालत फर्किने जानकारी दिए ।

आइतवार ( असोज ७ गते) सर्वोच्चमा इजलास हेरेका जोशी त्यसपछि बिदामा छन् । बिदामा बसेका जोशीलाई बिहीवार बसेको न्यायपरिषद् र न्याय सेवा आयोगको बैठकमा समेत बोलाइएन । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशको हैसियतमा जोशी न्याय परिषद् र न्याय सेवा आयोगका सदस्य हुन् । 

जोशीले न्याय परिषद् र न्याय सेवा आयोगको बिहीवार बसेको बैठकबारे आफूलाई कसैले जानकारी नदिएको बताए । परिषद् र आयोगको बैठकमा अनुपस्थितिबारे लोकान्तरको जिज्ञासमा जोशीले भने, ‘मलाई कसैले खबर गरेनन् । खबर नआएपछि कसरी उपस्थित हुने ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x