×

NMB BANK
NIC ASIA

कांग्रेसको आरोप– महाअभियोगको भय सिर्जना गरेर अदालतलाई नियन्त्रणमा लिन खोजियो !

असोज ७, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीमाथि महाअभियोग लगाउने तयरी गरिएको सम्बन्धमा सरकारको जवाफ मागेको छ । न्यायालयलाई सरकारले पार्टीको शाखा कार्यालयजस्तो बनाउन खोजेको उसको आरोप छ ।

Muktinath Bank

राष्ट्रिय सभाको आइतवार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले न्यायाधीश जोशीमाथि महाअभियोगका लागि हस्ताक्षर संकलन गरिएको बारे सरकारको जवाफ माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सर्वोच्च अदालतका न्यायाधीशलाई महाअभियोगको तयारी गरेको कुरा सञ्चारमाध्यममा आइरहेको छ । हस्ताक्षर संकलन शुरू भएको सत्ता पक्षका नेताको भनाइ आएको छ । हस्ताक्षर संकलन गरिँदैछ, त्यो पनि साधा कागजमा,’ सांसद अधिकारीले भने, ‘राजीनामा दिने भए दिनुहोस्, नभए महाअभियोग लगाउँछौं भन्ने सत्ता पक्षको दलिल स्वीकार्य छैन,' उनले भने ।


Advertisment
Nabil box
Kumari

सात महिने कार्यकालमा सरकार सबै फ्रन्टमा असफल भइसकेपछि ध्यान मोड्नका लागि महाअभियोगमार्फत् न्यायालयलाई कमजोर पार्ने खेलमा लागेको आरोप समेत उनले लगाए ।

Vianet communication

‘अदालतले सरकारलाई सहयोग गर्नुपर्छ भनेर सत्तारुढ दलका नेताको भनाइ आएको थियो । सरकारले जे गर्छ, त्यो सदर गर्ने हो भने अदालत अदालत रहन्न, पार्टी कार्यालय हुन्छ,’ अधिकारीले भने, ‘महाअभियोगको भय सिर्जना गरेर अदालतमाथि नियन्त्रण गर्ने कोशिस नहोस् ।’

सांसद अधिकारीले नेपाली कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन नेकपालाई सुझाव दिए । ‘न्यायपालिकालाई ध्रुवीकरण गरेर सरकारलाई तत्काल फाइदा देला तर संघीयता चल्दैन, यो कुरालाई ध्यान दिनुपर्‍यो,’ उनले भने ।

यसअघि नेकपाका सांसदहरूले संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश जोशीविरुद्ध महाअभियोग लगाउन भन्दै हस्ताक्षर संकलन गरेको समाचार प्रकाशमा आएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x