×

NMB BANK
NIC ASIA

काठमाडौं – संघीय निजामती सेवा ऐनको मस्यौदा तयार भएको करीब १ वर्ष भइसकेको छ ।

Muktinath Bank

मस्यौदामा अर्थ र कानून मन्त्रालयको समेत राय समेटिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विधेयक समितिमा पुगेको पनि २ महिना पुग्न लागिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदको बजेट अधिवेशनकै बेला दर्ता गर्ने भनिएको मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुनः छलफल शुरू गरेको छ । मस्यौदामाथि विभिन्न क्षेत्रबाट आएका सुझाव, टिप्पणी र विरोधलाई सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयले उपसमिति गठन गरी पुनः छलफल थालेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

आइतवार बसेको विधेयक समितिको बैठकपछि मस्यौदामाथि थप छलफल गर्न भन्दै उपसमिति गठन गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण मैनालीको संयोजकत्वमा १० जना सचिव सदस्य रहने गरी उपसमिति गठन गरिएको छ । 

Vianet communication

उपसमितिमा प्रधानमन्त्री कार्यालय सचिव केदारबहादुर अधिकारीसहित राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग र महालेखा नियन्त्रकको कार्यालयका सचिव सदस्य छन् । गृह, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानून मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिव पनि उपसमितिको सदस्य छन् । 

उपसमितिका संयोजक, प्रधानमन्त्री कार्यालय सचिव मैनालीले प्रस्तावित ऐनका सबै विषयमा उपसमिति तहमा छलफल हुने बताए । ‘उपसमिति तहमा नै प्रस्तावित ऐनमाथि दफावार छलफल हुन्छ,’ लोकान्तरसँगको कुराकानीमा मैनालीले भने, ‘आवश्यक परेका विषयमा थप  अध्ययन पनि हुन सक्छ ।’ उपसमिति तहमा भएको छलफलको निष्कर्षलाई मस्यौदामा समेटिने मैनालीले बताए । 

सचिवको स्वार्थका कारण संसद छलेर अध्यादेश ल्याइँदै

तत्कालीन सामान्य प्रशासन मन्त्रालयले १ वर्ष अगाडि नै तयार पारेको संघीय निजामति सेवा ऐनको मस्यौदा लामो समय अर्थ र कानून मन्त्रालयमा अड्कियो । गत साउनमा अर्थ र कानून मन्त्रालयको राय समेटिएपछि मस्यौदालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको थियो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले पुस मसान्तसम्ममा कर्मचारीको स्थायी समायोजन टुंग्याउने गरी मस्यौदालाई संसदको चालू अधिवेशनबाटै पारित गराउने लक्ष्य लिएका थिए । तर, प्रधानमन्त्री कार्यालयको विधेयक समितिमा २ महिनासम्म छलफल नै नगरी विधेयक अड्काइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको भनाइ छ । 

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार आगामी माघमा अवकाश पाउन लागेका सचिवका कारण मस्यौदामाथिको छलफलमा ढिलाइ भएको हो । 

२०७१ माघ २२ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बढुवा भएका १७ जना सचिवले एकैपटक आगामी माघमा अवकाश पाउँदैछन् । हाल कार्यान्वयनमा रहेको निजामति सेवा ऐन २०४९ मा नेपाल सरकारका सचिव (राजपत्राकिंत विशिष्ट श्रेणीका कर्मचारी)को कार्यकाल ५ वर्ष तोकिएको छ । 

संघीय निजामति सेवा ऐनमा पनि सचिवको कार्यकालको सन्दर्भमा पुरानै व्यवस्थालाई निरन्तरता दिने गरी मस्यौदामा उल्लेख थियो । संसदको बजेट अधिवेशनमा निजामती सेवा ऐनको विधेयक दर्ता भएको भए मस्यौदामै भएको व्यवस्था पारित भएर लागू हुने सम्भावना थियो । 

‘५ वर्षे कार्यकालको व्यवस्था हटाएर त्यसलाई ७ वर्ष बनाइ अध्यादेशका रुपमा राष्ट्रपतिबाट अनुमोदन गराउने योजनाअनरुप नै मस्यौदामाथिको छलफलमा ढिलाइ गरिएको देखिन्छ,’ सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरसँग भने । 

मुख्यसचिवको कार्यकाल ५ वर्ष पुर्याउने तयारी

आगामी माघमा कार्यकाल सकिने अवस्था आएपछि सचिवको कार्याकाल बढाउने चलखेलबीच मुख्यसचिवको कार्यकाल पनि बढाउने तयारी भएको छ । हाल कार्यान्वयनमा रहेको निजामति सेवा ऐनमा मुख्यसचिवको कार्यकाल ३ वर्ष छ । अध्यादेशमार्फत् कार्यान्वयनमा आउने ऐनमा मुख्यसचिवको कार्यकाल ५ वर्ष पुर्याउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । 

सचिवको कार्यकाल बढाउने विषयमा मुख्यसचिवको सहमति खोज्न उनको कार्यकाल पनि बढाउन लागिएको प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए । 

२०७४ कार्तिक ६ गते मुख्यसचिवमा नियुक्त भएका रेग्मीको कार्यकाल हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनअनुसार अब २ वर्ष बाँकी छ । हाल कायम रहेको ५८ वर्षे उमेरहदको अवधि ४ वर्ष बाँकी रहँदै रेग्मी मुख्यसचिवको कार्यकाल सकिएर निजामति सेवाबाट बिदा हुनेछन् । 

रेग्मीकै ‘चासो सम्बोधन’ गर्नका लागि मुख्यसचिवको कार्यकाल २ वर्ष बढाएर ५ वर्ष पुर्याउन लागिएको प्रधानमन्त्री कार्यालयका कर्मचारीको भनाइ छ । 

आफ्नै प्रतिवद्धताले अप्ठ्यारोमा लालबाबु

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सचिव र मुख्यसचिवको कार्याकाल बढाउने पक्षमा छैनन् । तर, त्यसको विरोध गर्नसक्ने अवस्था पनि उनका लागि छैन । 

‘मन्त्री ज्यूले १ महिना अगाडि संसदीय समितिमा नै पुस मसान्तसम्म कर्मचारीको स्थायी समायोजन टुंग्याउने प्रतिवद्धता जनाउनुभएको थियो । आफ्नो प्रतिवद्धता पूरा गर्ने उद्देश्यले पनि उहाँ अध्यादेशमार्फत् ऐन पारित गर्ने पक्षमा हुनुहुन्छ,’ सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको भनाइ छ, ‘सचिव र मुख्यसचिवको चासो सम्बोधन नहुँदा मस्यौदा पुनः अड्किने सम्भावना भएकाले कार्यकाल बढाउने विषयको उहाँले विरोध गर्न सक्नुभएको छैन ।’

निजामती सेवालाई बृद्धाश्रम बनाउने ? 

प्रस्तावित संघीय निजामति सेवा ऐनमा राजपत्राकिंत प्रथम (सहसचिव) र द्वितीय (उपसचिव) तहका कर्मचारी आन्तरिक बढुवाबाट मात्रै नियुक्त गर्ने प्रावधान राखिएको छ । हाल कायम रहेको ऐनमा सहसचिव र उपसचिवमा आवश्यक दरबन्दीमा १० प्रतिशत कर्मचारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था छ । 

प्रस्तावित ऐनमा उच्च तहका कर्मचारीको खुला भर्ना कटौती गरिएकोप्रति राजनीतिक दलका नेतादेखि प्रशासनविद्ले समेत विरोध जनाउँदै आएका छन् । असोज १० गते बुधवारको संसद बैठकमा बोल्दै स्वतन्त्र राजनीतिक समूहका सांसद हृदयेश त्रिपाठीले सहसचिव र उपसचिवमा हुने खुला प्रतिस्पर्धालाई रोकेर निजामती सेवालाई बृद्धाश्रम बनाउन खोजिएको भन्दै विरोध जनाए । 

‘सहसचिव र उपसचिवको खुला भर्ना रोकेपछि निजामती सेवा बृद्धाश्रम बन्ने खतरा देखिएको छ,’ त्रिपाठीले संसद बैठकमा भने, ‘यस्तो व्यवस्था ल्याएर क्षमतावान् युवालाई रोक्न खोजिँदै छ ।’

कतिपय कर्मचारी समेत सहसचिव र उपसचिव भर्नाको खुला प्रतिस्पर्धा रोकिएकोमा असन्तुष्ट छन् । ‘सचिव र मुख्यसचिवको कार्यकाल बढाउने, तर उपसचिव र सहसचिवको खुला भर्ना रोक्ने ?’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शाखा अधिकृत तहका एक कर्मचारीले गुनासो पोखे, ‘मुख्यसचिव र सचिवको कार्यकाल बढाउँदा कर्मचारीको बढुवा प्रक्रियामा गम्भीर असर पर्न सक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x