×

NMB BANK
NIC ASIA

साउदी अरबले दक्षिणपूर्वी एसियामा किन लगानी गर्दैछ ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
साउदी अरबले मलेसियाको तेल प्रशोधन केन्द्रमा सात अर्ब डलरको लगानी गर्न लागेको मलेसियाका प्रधानमन्त्री नजिब रजाकले घोषणा गरेका छन् । यो परियोजना मलेसियाको तेल कम्पनी पेट्रोनासले शुरु गर्न लागेको हो ।


साउदी राजा सलमानले एसियाको भ्रमणका क्रममा गरेको पहिलो सम्झौताका रूपमा यो लगानी रहेको छ । यसले पेट्रोनासको नाफामा वृद्धि गर्ने अपेक्षा छ । पेट्रोनास विगतका केही वर्षदेखि तेलको मूल्यमा आएको कमीका कारण संघर्षरत छ ।

साउदी राजाले मलेसिया भ्रमण गरेको एक दशकभन्दा बढी भइसकेको थियो तर यी दुई देशबीचको सम्बन्ध गहिरो छ ।

मलेसियाको राजनीतिमा साउदी नाता गत वर्ष खुलासा भएको थियो । त्यतिखेर प्रधानमन्त्री रजाकले उनको व्यक्तिगत ब्यांक खातामा पाइएको ७२ अर्ब रुपैयाँ साउदीको शाही परिवारबाट प्राप्त भएको बताएका थिए ।
राज्यको लगानीमा भ्रष्टाचार गरेर उक्त रकम नकमाएको उनले स्पष्ट पारेका थिए ।

मलेसियाको भ्रष्टाचारविरोधी आयोगले नजिबलाई सबै मुद्दामा सफाइ दिएको थियो । तर उनका आलोचकहरूले साउदी अरबको बहाना लिएर सजिलै उनले भ्रष्टाचार ढाकछोप गरेको बताएका छन् । यो मुद्दामा विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरू चलिनैरहेका छन् ।

अहिले चाहिँ साउदी राजा सलमान क्रमशः मलेसिया, इन्डोनेसिया, जापान, ब्रुनाई र चीनको भ्रमण गरिरहेका छन् ।

तर साउदीको लगानी कूटनीतिका पछाडि उसले दक्षिणपूर्वी एसियाली क्षेत्रमा प्रभाव जमाउन चाहेको अनि एसियाली लगानीकर्ताहरूलाई साउदीमा लगानीका लागि आकर्षित गर्न खोजेको रूपमा हेरिएको छ ।

साउदी अरबले एसियामा लगानी गर्नुका पछाडि पाँच कारण छन् :

१. एकअर्काको पिठ्युँमा धाप मार्ने : साउदी अरबले आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्न खोजेको छ अनि तेलमा निर्भरता पनि घटाउन खोजेको छ । तेलको मूल्यमा गिरावट आएसँगै उसले आफ्नो अर्थतन्त्र सुधार्नुपर्ने चुनौती छ ।

मलेसिया जस्ता मुलुकमा लगानी गरेर वा त्यहाँको लगानी आफ्नोमा भित्र्याएर साउदीलाई खासै केही फाइदा हुनेछैन तर राजा सलमानले चीन र जापानमा कुनै घोषणा गर्न सक्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ । रियादले जापानी कम्पनी सफ्टब्यांकमा ४५ अर्ब डलर लगानी गरिसकेको छ र विश्लेषकहरूका अनुसार साउदीहरूले टोकियो र बेइजिङमा बन्दोबस्तीका सामान, भौतिक संरचना तथा प्रविधिमा लगानी गर्न खोजिरहेका छन् ।

२. ग्राहक कायम राख्ने : साउदी अरबमा लगानी भित्र्याउने मात्र होइन, एसियामा साउदी कच्चा तेलको व्यापारका लागि बाटो बनाउने पनि उद्देश्य हो । यसमा सबभन्दा ठूलो ग्राहक चीन हो जसले तेल आयातकर्ता देशमा अमेरिकालाई उछिन्दै पहिलो स्थान हासिल गरेको छ । सन् २०१४ को तथ्यांकले चीनको ऊर्जा आवश्यकता पूरा गर्न साउदी स्रोत मुलुक भएको देखाएको छ ।

तर रुस र इरानले पनि यसमा पाइला सार्दैछन् अनि चीनले ती दुवै मुलुकका तेलखानीमा लगानी गर्दैछ । बेइजिङको प्रमुख प्रदायकका रूपमा कायम रहनु रियादको ठूलो चुनौती हो ।

३. सम्भावित लगानीकर्ताहरू : साउदी राज्यले चलाएको तेल कम्पनी साउदी आरामकोले सन् २०१८ मा सार्वजनिक शेयर बिक्रीमा राख्दैछ । रिपोर्टहरूका अनुसार यो संसारकै सबभन्दा ठूलो शेयर बिक्री हुनेछ तर यसको मूल्यका विषयमा केही शंकाहरू छन् ।

जे होस्, साउदी राजाको भ्रमणले एसियाली लगानीकर्ताहरूलाई साउदी आरामकोमा पाँच प्रतिशत शेयर किन्न प्रेरित गर्ने अपेक्षा छ । एसियाली शेयर लिस्टिङको पनि कुरा उठिरहेको छ तर त्यसलाई पुष्टि गर्न बाँकी छ ।

४. वाशिङटनमा भर नपर्ने : व्यापार र राजनीति दुवैमा अमेरिका परम्परागत रूपमा साउदी अरबको सबभन्दा शक्तिशाली मित्र हो । तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीहरूसँगको व्यापारका विषयमा कडा कुरा गरेकाले साउदी अरबका केही व्यापारीमा चिन्ता छाएको छ । त्यसैले साउदी राजा वाशिङटन जानुअघि एसिया भ्रमणमा निस्केका हुन् ।

इन्डोनेसिया र मलेसियाजस्ता मुसलमानबहुल देशमा भौतिक संरचनामा मात्र साउदी अरबले लगानी गर्नेछैन, धार्मिकस्थल र मदरसाहरूमा पनि गर्नेछ ।

५. लगानीले मुसलमान धर्म फैलाउँछ : परम्परागत रूपमा विदेशमा सहायता र लगानी साउदी सरकार अनि धार्मिक संघसंगठनले गर्छन् । तर हालैका वर्षमा दक्षिणपूर्वी एसियामा अतिवादी वहाबी धर्म तीव्र रूपमा फैलिँदैछ ।

त्यस क्षेत्रमा इस्लामको पुनरुत्थान भइरहेको भनिएको बेलामा अतिवादीहरूमाथि यस्तो लगानी आएको हो ।
इन्डोनेसियाका मानवअधिकारवादी समूहहरूले अतिवादी परम्परावादी मुल्लाहरूका मस्जिदमा धमाधम लगानी भइरहेको बताएका छन् । त्यस द्वीपसमूहमा हुने इस्लामको नरम व्याख्याभन्दा फरक मत राख्ने अतिवादी समूहहरूमाथि लगानी भएको हो ।

मलेसियामा पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदकी छोरी मरिना मोहम्मदले मलेसिया अरब साम्राज्यवादको चपेटामा परेको र यस क्रममा मलयालीहरूले आफ्नो पहिचान गुमाउँदै गएको चिन्ता देखाइन् । मलयालीहरूले लुगा लगाउने, बोल्ने र धर्म मान्ने तरिकामा अरबी प्रभाव देखिन थालेको छ ।

साउदी अरब चाहिँ यो आलोचना टार्न तत्पर देखिन्छ । यही सन्दर्भमा यो भ्रमणका क्रममा राजा सलमानले इन्डोनेसियाको हिन्दूबहुल बाली द्वीपको पनि भ्रमण गर्ने कुरा महत्त्वपूर्ण छ ।

बीबीसी डट्कममा फागुन १७ गते प्रकाशित लेखको भावानुवाद

अनुवादक : विन्देश दहाल

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x