×

NMB BANK
NIC ASIA

जरूर साथी निर्मलाका बाबु यज्ञराज पागल !

मंसिर १०, २०७५

NTC
Premier Steels

डम्बर अधिकारी
जरूर साथी म पागल
यस्तै छ मेरो हाल
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बास्नालाई स्वाद लिन्छु
आकाशभन्दा पातला कुरालाई छुन्छु

 ...
जरूर साथी म पागल
यस्तै छ मेरो हाल ।

Muktinath Bank

महाकवि लक्ष्मी प्रसाद देवकोटाको पागल कविता यतिबेला गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबु यज्ञराज पन्तको वास्तविक जीवनसँग मेल खान पुगेको छ । छोरीको मृत्युको पीडामा परेका यज्ञराज न्याय नपाएपछि यतिखेर पागलजस्तै बन्न पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
छोरी निर्मलाको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै आएका यज्ञराजको अवस्था लक्ष्मीप्रसाद देवकोटाले पागल कवितामा उल्लेख गरेजस्तो हुुनुमा राज्य नै प्रमुख दोषी छ

छोरीको हत्यारालाई कारवाहीको माग गर्दे स्थानीय प्रशासनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई भेटेका यज्ञराज छोरीको हत्या भएको यत्तिका समय बित्दा पनि हत्यारा पत्ता नलागेपछि धर्नामा बसेका थिए । धर्नामा बस्ने क्रममा डिप्रेसनका कारण यज्ञराजको मानसिक अवस्था नराम्ररी बिग्रन पुगेको छ । यहाँसम्म कि धर्नामा बसेका यज्ञराजले जथाभावी बोल्नेदेखि अन्य सर्वसाधारणलाई कुटपिट गर्नेसम्म गरेका थिए । पछिल्लो समय त यज्ञराजलाई सम्हाल्नै नसक्ने स्थिति भएपछि उपचारका लागि राजधानी लगिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको उपचार हुँदैछ, त्यो पनि बेहोश बनाएर । 


Advertisment
Nabil box
Kumari

यज्ञराजको मानसिक अवस्था यहाँसम्म बिग्रिएको छ कि जहाजले समेत यज्ञराजलाई राजधानी लैजान इन्कार गर्‍यो । उपचारका लागि राजधानी पुर्‍याइएका यज्ञराजको स्वास्थ्यमा क्रमशः सुधार पनि आउला ।

Vianet communication

तर छोरी निर्मलाको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै आएका यज्ञराजको अवस्था लक्ष्मीप्रसाद देवकोटाले पागल कवितामा उल्लेख गरेजस्तो हुुनुमा राज्य नै प्रमुख दोषी छ । राज्यले निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइदिएको भए न्यायका लागि लड्दा लड्दै यज्ञराज पागल हुने अवस्था सिर्जना हुने थिएन । यसो भन्दै गर्दा निर्मला पन्तको हत्यारा पत्ता लगाउने विषयमा सरकारले चासो नदिएको भन्ने होइन तर वास्तविक हत्यारालाई छुट्कारा दिलाउनका लागि हत्यामा संलग्नै नभएका व्यक्ति दिलीप विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गर्ने काम गर्‍यो । त्यस्तै  अनुसन्धानका नाम सयौं निर्दोष व्यक्तिलाई यातना दिने काम समेत राज्यपक्षले गर्‍यो । 

त्यसैगरी निर्मलाका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै स्थानीयले गरेको आन्दोलनमा सरकारले हस्तक्षेप गर्दा एक निर्दोष बालकको ज्यान समेत गयो भने दर्जनौं सर्वसाधारण घाइते हुन पुगे । निर्मला हत्या प्रकरण यतिमा मात्र सीमित रहेन । डलरवादी र कुनै अमुक राजनीतिक दलको उक्साहटमा भएको आरोप समेत सरकार पक्षका राजनीतिक  दलका नेताहरूले लगाउन भ्याए ।

छोरी हत्यापछि विक्षिप्त बनेको निर्मलाको परिवारमा परेको पीडा अथाह छ । निर्दोष छोरीको न्यायका लागि सत्याग्रहमा बसेका व्यक्तिलाई पागल देख्ने नेपाली समाज पनि विचित्रको छ । पीडितमाथि समाज यस्तो निर्दयी बन्न मिल्छ ? 

दिन घर्किदै जाँदा निर्मला पन्तको हत्याका विषयमा नयाँ—नयाँ ट्विस्ट आउन थालेका छन् । यसैक्रममा शनिवार विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको सभामा बोल्दै विप्लव माओवादीका नेता खड्गबहादुर विक प्रकाण्डले निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तलाई प्रकाउ गर्ने विषयमा सरकार पूर्ण रूपमा असफल भएको हुँदा हत्यारा आफ्नो पार्टीले पत्ता लगाएर सार्वजनिक गर्ने उद्घोष गरेका छन् । त्यतिमात्र होइन प्रकाण्डले सरकार चलाउनेकै छोराले नै निर्मलाको बलात्कार र हत्या गरेको हुँदा हत्यारा पत्ता लगाउन ढिलाइ भएको आरोप लगाएका छन् । यो विषय अत्यन्त गम्भीर रहेको छ ।

त्यसो त निर्मला पन्त हत्याको विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ । संसदमा दुईतिहाइ बहुमत रहेको सरकारले एक निर्दोष बालिकाको बलात्कारमा संलग्नलाई कारवाही नगर्दा अन्तराष्ट्रिय समुदायमा सरकार र राज्य सञ्चालकको छवि कस्तो भएको होला ? के लोकतान्त्रिक र सभ्य समाजमा यस्तो ज्यादती जायज हुन्छ ? के केही थान नेताका श्रीमती र नातेदार सांसद अनि मन्त्री बन्दैमा नेपालमा महिलाको अवस्था सुध्रिएको भन्न मिल्छ ?

अन्तर्राष्ट्रिय मञ्चमा नेपाल उभिँदा सभ्य र लोकतान्त्रिक मुलुकहरूले नेपालप्रति कस्तो दृष्टि राख्लान् ? सधैंभरि शान्ति प्रक्रिया र समावेशीकरणको भजन गाउँदैमा अन्तराष्ट्रिय समुदायमा नेपालको छवि उँचो होला त ?
निर्मला पन्तको हत्या र बलात्कारका विषयमा पछिल्लो समय सरकार पक्षबाट जेजस्तो अनुसन्धान र सर्वसाधारणमाझ टीकाटिप्पणी भइरहेतापनि निर्मलाका बाबु यज्ञराज भने छोरीको बलात्कार र हत्यामा संलग्न अभियुक्त पकाउ नपर्दा मानसिक सन्तुलन गुमाइरहेका छन् ।

छोरी हत्यापछि विक्षिप्त बनेको निर्मलाको परिवारमा परेको पीडा अथाह छ । निर्दोष छोरीको न्यायका लागि सत्याग्रहमा बसेका व्यक्तिलाई पागल देख्ने नेपाली समाज पनि विचित्रको छ । पीडितमाथि समाज यस्तो निर्दयी बन्न मिल्छ ? 

त्यही भएर भन्न मन लाग्छ :

जरूर साथी निर्मलाका बाबु यज्ञराज पागल !
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x