असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
युनिभर्सल पिस फेडरेसनको यही मंसिर १४ गते देखि १७ सम्म भएको ‘एसिया प्यासिफिक समिट २०१८’ ले अप्रत्याशित रूपमा काठमाडौंलाई तताएको छ । सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि वैकल्पिक रूपमा एक दिन जोर र अर्को दिन विजोर नम्बरका सवारीसाधन मात्र चलाउन पाउने फर्मान सरकारले जारी गरेपछि यो समिटको विषयमा आम जनताले थाहा पाएका हुन् ।
४५ देशका १५ सय प्रतिनिधि र विभिन्न देशका सरकारप्रमुखको सहभागिता रहेको यति ठूलो समिट गुपचुप रूपमा गर्ने धृष्टता गरिएको थियो । यो समिटका छलफलका विषयहरू र सरकारको भूमिकालाई गोप्य राख्न जति नै कसरत गरिएपनि वास्तविकता पर्दाफास भएको छ । यो समिटले धेरै नेपाली नेताहरू र प्रतिष्ठित व्यक्तिहरूको मुखुण्डो उतारिदिएको मात्र छैन भित्रभित्रै नेपालविरुद्ध कति गम्भीर षड्यन्त्र भइरहेका छन् भन्ने कुरा सतहमा देखाएको छ ।
यो समिट गर्नको लागि दिएको स्वीकृतिबाट मात्र होइन, यसलाई सफल बनाउन सरकारबाट भइरहेको विशेष मेहनतले पनि यसको पर्दा पछाडिको आयोजक र व्यवस्थापक सरकार रहेको सहज रूपमा बुझिन्छ । यो समिटको सुरक्षामा करोडौं करोड खर्च भएको छ । एउटा विवादास्पद आईएनजीओले आयोजना गरेको कार्यक्रममा सरकारबाट सुरक्षाका नाममा गरिएको यति ठूलो खर्च कम आपत्तिजनक छैन ।
राष्ट्रिय र जनहितलाई आघात पार्ने यो कार्यक्रमलाई सहयोग पुर्याउन सरकारले राज्यकोषको चरम दुरुपयोग गरेको छ । यो समिटको उद्देश्य बाह्य रूपमा जे जे देखाइएपनि भित्री कारण क्रिस्चियन धर्मप्रचारको आवरणमा पश्चिमा राजनीति कार्यान्वयन गर्नु नै थियो भन्ने कुरा छर्लङ्ग भएको छ । यस्तो विवादास्पद संस्थाले यस्तो शंकास्पद कार्यक्रमको थलो किन काठमाडौंमा नै रोज्यो ? जनताले आशा भरोसा गरेका नेताहरू यसमा किन मुछिए ? आम जनताको लागि जिज्ञासाको विषय बनेको छ ।
आयोजक संस्था युनिभर्सल पीस फेडरेसन निकै विवादास्पद मात्र होइन, रहस्यमय संस्था पनि हो । दक्षिण कोरियामा स्थापित यो संस्था क्रिस्चियन धर्मप्रचारको उद्देश्यका साथ सन् २००५ (संवत् २०६२) मा कोरियाली क्रिस्चियन धार्मिक नेता सन म्युङ मूनको नेतृत्वमा खोलिएको हो । सन म्युङ मून धार्मिक अवरणमा पश्चिमा रणनीति लागू गर्ने व्यक्तिको रूपमा आलोचित छन् । कतिले उनलाई सीआईएको एजेन्ट भन्ने आरोप पनि लगाएका छन् ।
उनको भूमिकालाई दृष्टिगत गर्दा यो आरोप यथार्थपरक देखिन्छ । उनी दिवंगत भइसकेपछि उनका उत्तराधिकारी र अनुयायीहरूले पनि उनको जस्तो नै भूमिका निभाउँदै आएका छन् । यस संस्थाका प्रमुख तथा आफुलाई जिससको छोरी भनी दाबी गर्ने हाक जा हान मून नै सन म्युङ मूनकी धर्मपत्नी हुन् । जिसस क्राइस्टको असली प्रतिनिधि सन म्युङ मून भएको अविश्वसनीय दाबी उनीहरूको छ । जिसस क्राइस्टको धार्मिक प्रभावभूमि पश्चिमी राष्ट्रहरू हुन् । एसियाको कोरियाली नागरिकलाई किन येशुको प्रतिनिधिको रूपमा स्थापित गर्ने दुष्प्रयास गरियो ? यो प्रश्न कम गम्भीर छैन ।
पश्चिमा क्रिस्चियनहरूले धर्मको आवरणमा आफनो राजनीतिक प्रभाव विस्तार गर्ने रणनीति परापूर्वकालदेखि नै अख्तियार गर्दै आएका हुन् । संसारभरि बेलायती साम्राज्य फैलाउन यो रणनीतिलाई प्रयोग गरिएको सर्वविदितै छ । यसैलाई परिमार्जित गरी बनाइएको नयाँ रणनीति विशेषतः एसियामा कार्यान्वयन गर्ने संस्था युनिभर्सल पीस फेडरेसन हो । कुनै पनि देशमा आफनो प्रभाव विस्तार गर्नका लागि उनीहरूले क्रिस्चियन धर्मको आवरणमा त्यो देशका धार्मिक, सांस्कृतिक, भाषिक, जातजाति, महिला र पुरुष, छुत–अछुत र क्षेत्र–क्षेत्रबीच द्वन्द्व सृजना गर्ने रणनीति पश्चिमाहरूले अख्तियार गर्ने गरेका छन् । उनीहरूले यो रणनीति विशेषतः एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूमा प्रयोग गरी ती देशलाई अस्थिरताको दलदलमा फसाउँदै आफ्नो प्रभावलाई विस्तार गर्दै आएका छन् ।
पश्चिमा देशहरूले आफनै नेतृत्वमा एसिया र अफ्रिका तथा ल्याटिन अमेरिकाका देशहरूमा धर्मप्रचारको आवरणमा राजनीतिक चलखेल गरिरहेकोमा केही दशकयता उनीहरूले त्यही क्षेत्रका देशका संस्था र व्यक्तिहरूलाई अघि सारेर आफनो अभीष्ट पूरा गर्ने रणनीति अख्तियार गर्ने गरेका छन् । एसिया महादेशमा त्यस्तो रणनीति जापान र दक्षिण कोरियाका व्यक्तिहरू, संस्थाहरू र नेताहरूलाई प्रयोग गरी कार्यान्वयन गरिरहेका छन् ।
एसियाको लागि खोलिएको उल्लेखनीय संस्था युनिभर्सल पीस फेडरेसन हो । यो संस्थाको माध्यमबाट पश्चिमाहरूले नेपालका हरेक राजनीतिक पार्टीभित्र आफ्नो प्रभावको विस्तार उल्लेखनीय रूपमा गरेका छन् । दक्षिणपन्थी, प्रजातन्त्रवादी र क्रान्तिकारी आवरणमा रहेका नेपाली नेताहरू र कार्यकर्ताहरूलाई उनीहरूले आफनो एजेन्ट बनाइसकेको क्रमशः पर्दाफास हुँदैछ ।
सोभियत संघलाई विघटन गराएपछि विश्वको एकल शक्तिकेन्द्र पश्चिमा देशहरू बनेका छन् । त्यसको नेतृत्व अमेरिकाले गरिरहेको छ । कुनै पनि देशको आधारस्तम्भको रूपमा रहेका धर्म, संस्कृति र परम्परालाई ध्वस्त गरी क्रिस्चियन धर्मको माध्यमद्वारा आफनो प्रभाव विस्तार गर्ने रणनीति उनीहरूले कार्यान्वयन गरिरहेका छन् । उनीहरूले क्रिस्चियन धर्मको प्रतिस्पर्धी मुस्लिम धर्मलाई तहसनहस पार्ने कोशिश गरिरहेका छन् ।
मुस्लिम राष्ट्रहरूलाई तहसनहस गरेपछि पश्चिमाको आँखा विश्वमा शक्तिराष्ट्रको रूपमा उदाएका एसियाका दुई देशहरू चीन र भारतमाथि केन्द्र्रित छ । यी देशहरूलाई एकअर्कासँग लडाउन, यी दुई देशका सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक क्षेत्रमा द्वन्द्व बढाउन उनीहरू टाउको टेकेर लागिपरेका छन् । यस प्रयोजनका लागि उनीहरूले भारत र चीनको बीचमा रहेको नेपाली भूमिलाई अखडा बनाउने र प्रयोग गर्ने दुष्प्रयास गर्दै आएका छन् । २०४६ सालपछिको खुकुलो राजनीतिक वातावरणमा पश्चिमाहरूले क्रिस्चियन धर्म प्रचारप्रसारमा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । उनीहरूले नेपालको धार्मिक, सामाजिक, सांस्कृतिक क्षेत्र र राज्यका जिम्मेवार अंगमा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि पहुँच र प्रभाव अस्वाभाविक रूपमा बढाएका छन् । क्रिस्चियन धर्मप्रचारक संस्था युनिभर्सल पीस फेडरेसनले सरकार र राज्यका संवेदनशील अङ्गलाई सहज रूपमा प्रयोग गर्नु यसको ज्वलन्त उदाहरण हो ।
वर्तमान अवस्थामा दुईतिहाइको समर्थनमा स्थायी वामपन्थी सरकार बने पनि अस्थिरता र अराजकताबाट गुज्रिरहेको मुलुकको अवस्थामा तात्त्विक भिन्नता आएको छैन । स्थिरता आउने सम्भावना पनि घट्दै गएको छ । बाह्य अस्थिरतावादी र अराजकतावादी शक्तिहरूको खेलौना सरकार नै बन्दै गएको स्थितिले यही कुराको उजागर गर्दछ । नेपालमा अनियन्त्रित अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्ने र नेपालको भूमि प्रयोग गरी चीनलाई प्रहार गर्ने र भारतलाई आफ्नो निर्देशन पालना गर्न बाध्य पार्ने पश्चिमा रणनीतिबाट नेपाली राजनीति अस्वाभाविक रूपमा बिथोलिएको हो ।
२०४६ साल पछिको राजनीतिक तरलताले ठोस रूप लिने दिशातर्फ अग्रसर भइरहेको स्थितिमा शुरूआत भएको माओवादी र राज्यबीचको भिडन्तले मुलुकलाई पुनः पुरानै अवस्थामा पुर्याइदिएको हो । माओवादी र राजनीतिक शक्तिकेन्द्र राज्यका संवेदनशील अंगहरूलाई प्रयोग गरेर पश्चिमाहरूले सिर्जना गरेको अराजकताले नयाँ संविधान जारी नहुँदासम्म देखाएका जातीय, क्षेत्रीय र धार्मिक ताण्डव नृत्यका घटनाहरूलाई पुनरावृत्ति गर्ने र वर्तमान सरकारलाई प्रयोग गरेर धार्मिक विवादमा पुनः चरम अस्थिरता सिर्जना गर्ने उनीहरूको उल्लेखनीय कदम यो एसिया प्यासिफिक समिट हो ।
पश्चिमाहरूले संविधान निर्माणको क्रममा जनजातिलाई उचालेर जातीय द्वन्द्व गराई अस्थिरता सिर्जना गर्ने प्रयास र लगानी बालुवामा हालेको पानी झैं भएपछि नेपालको हिमाल र पहाडी क्षेत्रका जनजाति लगायतका जातजातिबीचको सामाजिक र जातीय सद्भाव त्यति सजिलै तोड्न नसकिने निष्कर्षमा उनीहरू पुगेका छन् । पश्चिमाहरूको जुठोपुरो खाएर जातीय द्वन्द्व मच्चाउन ठेक्का लिएका केही विवादास्पद जनजाति नेता नै आफ्नो जातीय समुदायबाट बहिष्कृत हुँदै गएको स्थितिबाट उनीहरू यस्तो निष्कर्षमा पुगेका हुन् । क्षेत्रीय र जातीय द्वन्द्व सिर्जना गर्न हिमाल र पहाडभन्दा तराई मधेशमा सहज हुने मूल्याङ्कनका साथ उनीहरूले आप्mनो ध्यान त्यतातर्फ केन्द्रित गरेका छन् । तराई मधेशमा भइरहेको सामाजिक, सांस्कृतिक र राजनीतिक घटनाक्रमहरूले यही कुराको संकेत मिल्दछ । काठमाडौंलाई टेकेर तराई–मधेश हान्ने पूर्वाधार निर्माणका लागि यो समिट आधारस्तम्भ हुन सक्तछ ।
नेपालमा अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्न अन्य हत्कण्डाभन्दा धार्मिक हत्कण्डा बढी प्रभावकारी हुने विश्लेषणका साथ पश्चिमाहरूले क्रिश्चियन धर्मप्रचारलाई प्राथमिकता दिएको समिटले इङ्गित गर्दछ । नेपालमा क्रियाशील क्रिश्चियन संघसंस्थाहरूको षड्यन्त्र पर्दाफास हुँदै गएपछि उनीहरू सामाजिक रूपमा एक्लिँदै गएका छन् । यसबाट उनीहरूको मनोबल पनि निकै गिर्दै गएको छ । उनीहरूलाई खुला रूपमा क्रिस्चियन धर्म प्रचारप्रसार गर्न अप्ठ्यारो पर्दै गएको छ । हिन्दू, मुस्लिम र बौद्ध धर्मको जामा पहिरिएका क्रिस्चियन धर्मका सहयोगी र विभिन्न देशका राजनीतिक व्यक्तित्वहरूलाई यो समिटमा सहभागी गराएर यहाँका क्रिस्चियनहरूको मनोबल उठाउने र धर्मप्रचारका लागि उपयुक्त वातावरण बनाउने उद्देश्य राखेको सहज रूपमा बुझ्न सकिन्छ । युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले यो समिटमा नेपालका प्रधानमन्त्रीलाई पुरस्कृत गरेर अन्य सहभागीलाई आशीर्वाद दिएबाट यही कुराको पुष्टि हुन्छ ।
विवादस्पद युनिभर्सल पीस फाउन्डेसनले यस्ता समिटहरू जहाँजहाँ गरेको छ, त्यसै स्थानलाई केन्द्र बनाएर त्यस क्षेत्रमा क्रिस्चियन धर्मप्रचारको अभियान चलाएको पाइन्छ । यो संस्थाले सन् २०१५ मा ब्राजिलमा, २०१६ मा दक्षिण कोरियामा र २०१७ मा अफ्रिकाको सेनेगलमा यस्ता धार्मिक समिटपछि त्यो क्षेत्रमा धर्मप्रचार आक्रामक रूपमा गरिएको थियो । यो संस्थाले अहिले नेपालमा यस्तो समिट गर्नुको स्वाभाविक अर्थ नेपाललाई केन्द्रविन्दु बनाएर यो क्षेत्रमा आक्रामक रूपमा क्रिस्चियन धर्मको प्रचारप्रसार र धर्मपरिवर्तन गर्न गराउनका लागि हो भन्ने कुरा सहज रूपमा बुझिन्छ ।
क्रिस्चियन धार्मिक गतिविधिलाई चीनमा नियन्त्रण गरिएपछि पश्चिमाहरूले यो क्षेत्रको लागि केन्द्र भारतलाई बनाउँदै आएका थिए । भारतीय धर्म, संस्कृति र परम्परामाथि क्रिस्चियनहरूले अतिक्रमण गर्न थालेपछि भारतले पनि उनीहरूलाई नियन्त्रण गर्न थालेको छ । यस्तो स्थितिमा विकल्पको रूपमा उनीहरूले नेपाललाई केन्द्र बनाउने रणनीति अख्तियार गरेको संकेत मिल्दछ । धार्मिक आवरणमा पश्चिमाहरूको नेपालमा बढ्दो चलखेलले नेपालको आन्तरिक सुरक्षा, सामाजिक सद्भावमा मात्र होइन, भारत र चीनको आन्तरिक सुरक्षामा पनि प्रतिकूल असर पर्ने र उनीहरूको गतिविधि पनि बढ्ने प्रबल सम्भावना छ ।
यो समिटपछि नेपाली भूमिलाई अखडाको रूपमा प्रयोग गरी धार्मिक आवरणमा पश्चिमाहरूले गर्ने चलखेलबाट मृतप्रायः बनेको धार्मिक, जातीय र क्षेत्रीय द्वन्द्व पुनर्जीवित हुने परिस्थिति तयार हुनेछ । यसबाट नेपालको आन्तरिक राजनीति पनि पुनः अस्थिरताको दलदलमा फस्ने परिस्थिति स्वतः निर्माण हुनेछ । चीनलाई प्रहार गर्ने र भारतलाई नियन्त्रण गर्ने रणनीति पश्चिमाहरूले नेपाली भूमिलाई प्रयोग गरी अघि बढ्दा चीन, भारत र पश्चिमाहरूको द्वन्द्वको अखडा स्वतः नेपाल बन्नेछ । यसैले एसिया प्यासिफिक समिटको आवरणमा भइरहेको यस्तो खतरनाक पश्चिमा षड्यन्त्र वर्तमानमा मात्र होइन, भावी दिनहरूमा पनि नेपालको लागि निकै दुर्भाग्यपूर्ण हुने निश्चित छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...