×

NMB BANK
NIC ASIA

कांग्रेस महासमिति बैठक– पेचिलो बन्दै हिन्दूराष्ट्रको मुद्दा

मंसिर २६, २०७५

NTC
Premier Steels

नेपाली कांग्रेसमा पछिल्लो सयम हिन्दू राष्ट्रको मुद्दा पेचिलो बन्दै जान थालेको छ । कांग्रेसमा हिन्दू राष्ट्रको मुद्दा पेचिलो बन्दै गइरहेको तथ्य कांग्रेस महामन्त्री डा शंशाक कोइरालाले सार्वजनिक समारोहमा व्यक्त गरेको अभिव्क्तिबाट पनि प्रष्ट हुन्छ । उनले सार्वजनिक कार्यक्रमहरुमा नै हिन्दू राष्ट्रको पक्षमा खुलेर अभिव्यक्ति दिएका छन् । 

Muktinath Bank

महामन्त्री डा. कोइरालाले सोमबार भरतपुरमा गणेश धामनिर्माणर्थ आयोजित बृहत महायज्ञमा बोल्दै नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताएका छन् । उनले यसका लागि जनमत संग्रह गर्नुपर्ने उल्लखे गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधान विपरित हिन्दूराष्ट्र पुनस्थापनाको कुरा गरेको भन्दै केन्द्रीय समितिको बैठकमा महामन्त्री कोइरालाको आलोचना पनि भयो । तर पनि उनले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउनु पर्ने र हिन्दूराष्ट्र कायम गर्नुपर्ने आवाज उठाउन छाडेका छैनन् । आगामी महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदवारी दिने संकेत गरेका कोइरालाले हिन्दूधर्मको पक्षमा लिएको अडानलाई राजनीतिक रुपमा निकै अर्थपूर्ण रुपमा लिइएको छ ।


Advertisment
Nabil box
Kumari

काग्रेस भित्र हिन्दूराष्ट्रको मुद्दा उठाउने व्यक्ति महामन्त्री कोइराला मात्र होइनन् । पार्टीका स्वर्गीय नेता खुमबहादुर खड्काको निधन पछि सार्वजनिक समारोहदेखि पार्टीको केन्द्रीय कार्यसमिति सम्म सशक्त ढंगले आवाज उठाउने पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीशंकर भण्डारी पनि रहेका छन् । सार्वजनिक समारोह होस् या पार्टीका केन्द्रीय कार्य समिति बैठक, पूर्वमन्त्री भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा नगर्ने हो भने मुलकको अस्तित्व नै खतरामा पर्ने तर्क अगाडि सार्दे आइरहेका छन् । 

Vianet communication

नेपाललाई हिन्दूराष्ट्र नबनाउने सनातनदेखि चलिआएको नेपाली धर्म,सस्कृति र रीति रिवाजमाथि ठूलो प्रहार हुने र  अन्ततः नेपाली राष्ट्रियता माथि नै प्रहार हुने पूर्व मन्त्री भण्डारीको तर्क छ । त्यसमा पनि पछिल्लो समय त हिन्दू धर्मलाई सिध्याउनका लागि सरकार समेत मतियार बनेको पूर्वमन्त्री भण्डारीको ठम्याई रहेको छ । त्यसकारण हिन्दु धर्मको मुद्दालाई काग्रेसले आगामी महासमिति बैठकमा कुनै पनिहालतमा व्यूताउँनुपर्ने भण्डारीको तर्क रहेको छ ।

हिन्दू धर्मको मुद्दाको विषयमा पार्टीका महामन्त्री कोइराला,केन्द्रीय सदस्यएवं पूर्वमन्त्री भण्डारीले मात्र होइन अन्य नेता कार्यकर्ताहरुले पनि नेपाली कांग्रेसले हिन्दूत्वको मुद्दा उठाउनुपर्ने बताउने गरेका छन् । 

नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने आवाज सशक्त ढंगले उठाउने महामन्त्री कोइराला, भण्डारीमात्र होइनन् । कयौं नेता कार्यकर्ताले नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने मत राख्छन् तर खुलेर बोल्न सक्ने अवस्थामा भने उनीहरु देखिएका छैनन् । 

नेपाली कांग्रेसकै शीर्ष नेताहरुको हकमा हेर्ने हो भने काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले केही समय अगाडि छिमेकी भारतको प्रसिद्ध हिन्दु धर्मसँग सम्बन्धित धार्मिक स्थलहरुको यात्रा गरेका छन् । त्यहाँ उने पूजाअर्चनादेखि धार्मिक अुनष्ठानहरु गरेका छन् । 

यद्यपी वरिष्ठ नेता पौडेलले हिन्दू राष्ट्रको पक्षमा खुलेर अभिव्यक्ति भने सार्वजनिक गरेका छैनन् । 

तै पनि हिन्दु धर्मसँग सम्बन्धित धार्मिक स्थल र हिन्दु धर्म गुरुहरुसंगको भेटघाटबाट के स्पष्ट हुन्छ भने वरिष्ठ नेता पौडेल पनि नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्छ भन्ने मानसकितामा छन् । तर त्रासका कारण नेत ापौडेलले हिन्दूराष्ट्रको पक्षमा खुलेका छैनन् । 

काग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता पौडेल लगायतका नेता तथा कार्यकर्ताहरु नेपाललाई हिन्दूराष्ट्र बनाउन पर्छ भन्ने अवस्थामा केही समयभित्र आउने छन् । त्यसपछि हिन्दूराष्ट्रको पक्षमा माहोल बनाउन नेपाली कांग्रेसले सडकमा आन्दोलनको नेतृत्व प्रदान गर्नेछ । 

हिन्दूधर्म र नेपाली राजनीतिको पाटोलाई नजिकबाट नियालेर हेर्ने हो भने  विगतदेखि नै हिन्दूधर्मको मुद्दालाई कमल थापा नेतृत्वको राप्रपा नेपालले उठाइरहेको छ । जुन मुद्दा काग्रेसले उठाउँदै गर्दा काग्रेस राप्रपा नेपालको पिछलग्गु भएको जस्तो देखिन्छ । जसका कारण यो मुद्दालाई कांग्रेसको शीर्ष नेतृत्वले सशक्त ढंगले उठाउन डराइरहेको अवस्था छ । 

शुक्रवार देखि कांग्रेसको महासमिति बैठक बस्दैँछ । काग्रेसको महासमिति बैठकमा यो मुद्दा पेचिलो मुद्दा बन्ने धेरैको अनुमान छ । नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्छ भनि कांग्रेस महामन्त्री डा. कोइरालाले उठाएको मुद्दाले काग्रेसको महासमिति बैठकमा कुन स्थान पाउँछ त्यो थाहा पाउनलाई महासमिति बैठकलाई नै कुर्नु पर्ने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x