×

NMB BANK
NIC ASIA

सरकारी छात्रवृत्तिमा पढेका चिकित्सलाई जिल्लाहरुमा खटाइयो (खटाइएका डाक्टर र अस्पतालको विवरण)

पुस १८, २०७५

NTC
फाइल तस्वीर
Premier Steels

काठमाडौं– सरकारी छात्रवृत्तिमा एमडी गरेका ४९ जना विशेषज्ञ चिकित्सकलाई सरकारले उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा खटाउन लागेको छ । 

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा विशेषज्ञता हासिल गरेका ४९ जना चिकित्सकलाई विशेषज्ञ चिकित्सकको दरबन्दी नभएको जिल्ला तथा अञ्चल अस्पतालमा खटाउन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) मा सरकारी छात्रवृत्तिमा एमडी गरेका ७२ जना चिकित्सक मध्ये मन्त्रालयको सम्पर्कमा आएका ४९ जनालाई मन्त्रालयले करार सेवामा खटाउन लागेको हो । उनीहरुलाई स्वास्थ्य मन्त्रालयले मंगलवार र बुधवार दुईदिने अभिमुखिकरण तालिमसमेत दिइ सकेको छ । 


Advertisment
Nabil box
Kumari

मन्त्रालयले ४९ जनालाई विहीबार नै करार पत्र दिएर विशेषज्ञ चिकित्सक नभएका जिल्ला तथा अञ्चल अस्पतालमा खटाउँदै छ ।

Vianet communication

यी अस्पतालमा खटिदैन् ४९ जना चिकित्सक 

दुई वर्षको करार अवधि, ९औं तहको तलब सुविधा

मन्त्रालयले सरकारी छात्रावृत्तिमा अध्ययन गरेका चिकित्सकलाई ९ औं तहको तलब सुविधासहित दुईवर्षको करार अवधि तोकेको छ ।

‘सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधिमा, २०७२ मा सरकारी खर्चमा पढेका चिकित्सकलाई सरकारले ५ वर्ष सेवामा खटाउन पाउने’ व्यवस्था छ । छात्रवृत्तिमा एमडी गरेका चिकित्सकहरुले अध्ययन शुरु गर्दा नै ५ वर्ष सरकारले खटाएको स्थानमा सेवा गर्न मन्जुरी दिएका थिए । मन्त्रालयले पहिलो चरणमा खटाउन लागेको ४९ जना चिकित्सकलाई दिने नियुक्ती पत्रमा करार अवधि भने दुई वर्षको मात्रै रहेको मन्त्रालय स्रोतले बतायो ।

‘सरकारी खर्चमा एमडी गरेका चिकित्सकले पढाइ शुरु गर्दा नै ५ वर्ष सेवा गर्नेछु भनेर सम्झौता गरेका थिए,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘मन्त्रालयले उनीहरुलाई दिन लागेको नियुक्ती पत्रमा भने अहिले खटाइएको स्थानमा २ वर्षको करार अवधि राखेको छ ।’

छात्रावृत्तिमा एमडी गरेका चिकित्सकको करार अवधि ५ वर्ष रहने व्यवस्थाको विरोध गर्दै डा. गोविन्द केसी लगायत चिकित्सकहरूले करार अवधि घटाउन माग गर्दै आएका छन् । 

५ वर्षको करार अवधि कार्यान्वयनमा आउन नसक्ने अवस्था देखेपछि स्वास्थ्य मन्त्रालयले उनीहरुको करार पत्रमा ‘निर्देशिका अनुसार ५ वर्षको कबुलियतनामा अनुसार अहिलेलाई खटाइएको कार्यलयमा दुई वर्षको सेवा अवधि हुनेछ ’ भन्ने उल्लेख गरेको छ । 

छात्रवृत्तिमा अध्ययन गरेर सरकारले तोकेको जिल्लामा नजाने चिकित्सकले अध्ययन गर्दा लागेको रकममा तीन गुणा थप गरेर सरकारलाई फिर्ता गर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।

काउन्सिलले अस्थाइ लाइसेन्स नदिएपछि लाइसेन्स विना खटाइँदै

विशेषज्ञता हासिल गरेका चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ लाइसेन्स परीक्षा दिएर उत्तीर्ण भएपछि मात्रै विशषेज्ञ चिकित्सकको रुपमा काम गर्न पाउँछन् । तर स्वास्थ्य मन्त्रालयले भने छात्रावृत्तिका चिकित्सकलाई लाइसेन्स विना नै अस्पतालहरुमा खटाउँदै छ । 

विशेषज्ञ चिकित्सक परिचालन कार्यविधिमा छात्रवृत्तिमा अध्ययन गरेका व्यक्तिले नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ताको प्रमाणपत्र प्राप्त गरेको मितिले सात दिनभित्र मन्त्रालयमा सम्पर्क राख्नुपर्ने व्यवस्था छ । 
स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई छात्रवृत्तिमा पढेका चिकित्सकलाई अस्थायी विशेषज्ञ चिकित्सक प्रमाणपत्र (विशेषज्ञ लाइसेन्स) दिन परिपत्र गरेको थियो । तर काउन्सिलले परीक्षा नलिइ उनीहरुलाई अस्थायी लाइसेन्स दिन नमिल्ने बतायो । मन्त्रालयले बनाएको कार्यविधि र काउन्सिलको ऐनमा भएको व्यवस्था नमिलेपछि स्वास्थ्य मन्त्रालयले उनीहरुलाई विशेषज्ञ लाइसेन्स विना नै जिल्लाहरुमा खटाउन लागको छ । 

सरकारको छात्रावृत्तिमा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स), त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाट १ सय ८९ जनाले एमडी अध्ययन गरेका छन् । यस वर्ष न्याम्सका ७२ जना, आईओएमका ६३ जना र बीपी प्रतिष्ठान धरानका ५४ जनाले सरकारको छात्रवृत्तिमा मार्फत् अध्ययन पुरा गरेका हुन् । जसमा न्याम्सको रिजल्ट मात्रै प्रकाशन भएकाले मन्त्रालयले उनीहरुलाई पहिलो चरणमा सेवामा खटाउँने अन्तिम तयारी गरेको हो । 

आईओएम र बीपी प्रतिष्ठानको परीक्षाफल भने प्रकाशनको हुन बाँकी छ ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x