फागुन २६, २०७५
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बंगालमा लोकसभा निर्वाचन अभियानको शुरूआत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र तृणमूल कांग्रेस अध्यक्ष ममता बनर्जीमाथि प्रहार गरेका छन् ।
शनिवार माल्दामा भाषण गर्दै उनले लेफ्ट फ्रन्ट पनि बंगालको विकासमा बाधा गर्न जिम्मेवार रहेको बताए ।
नरेन्द्र मोदी र ममता बनर्जी दुवैले मानिसहरूको कुरा नसुन्ने गरेको आरोप लगाउँदै राहुलले वामपन्थीहरूको राजमा जस्तै अहिले पनि युवा र किसानलाई मझधारमा छोडिएको र कांग्रेस कार्यकर्तामाथि अहिले पनि अत्याचार भइरहेको बताए ।
‘किसानहरू बंगाल र देशका अन्य भागमा ऋण माफीका लागि रोइरहेका छन् । नरेन्द्र मोदी, अरुण जेट्ली वा ममता बनर्जी कोही पनि किसानको दुःख सुन्दैनन् । बंगालमा विकासको अवस्था कस्तो छ भन्ने कुरा मलाई भन्दा बढी तपाईंलाई थाहा छ । बंगालमा एक व्यक्तिले सबै कुरा चलाइरहेको अवस्था छ । उनी कसैसँग पनि छलफल र सरसल्लाह गर्दिनन् । दिनभरि उनको भाषण मात्र सुन्नुपर्छ,’ राहुलले माल्दाको चञ्चलमा एक भव्य आमसभामा बताए ।
‘कम्युनिस्टहरूको सत्ता हुँदा उनीहरू एउटा संस्थाका लागि सरकार चलाउँथे । अहिले एक व्यक्तिको सनकमा सरकार चल्छ । कांग्रेस कार्यकर्ताहरू वामपन्थी सत्तामा रहँदा पिटिन्थे, कांग्रेस कार्यकर्ता अहिले पनि पिटिन्छन् । केही विकास भएको छ त ? किसानहरूको ऋण माफी भयो त ? युवाहरूले रोजगारी पाए त ?’ राहुल गान्धीले भने ।
राहुलको आमसभा माल्दा उत्तरबाट उठेका कांग्रेस उम्मेदवार इशा खान चौधरीको समर्थनमा राखिएको थियो । माल्दा कांग्रेसको गढ हो ।
दी इन्डियन एक्सप्रेसबाट
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...