×

NMB BANK
NIC ASIA

आईएस आतंकवादीको खलिफा ध्वस्त भएपछि सुरुङबाट बाहिर आएर आत्मसमर्पण गर्दै लडाकू

चैत ११, २०७५

NTC
Premier Steels

काठमाडौं – इस्लामिक स्टेट (आईएस) का दर्जनौं विद्रोहीहरू सुरुङबाट बाहिर निस्केर अमेरिकी समर्थनप्राप्त बलसमक्ष आइतवार आत्मसमर्पण गरेका छन् । आईएसको खलिफा पराजित भएको घोषणाको एक दिनपछि उनीहरूले आत्मसमर्पण गरेका हुन् । 

Muktinath Bank

सिरियाली कुर्दहरूले आईएसको साम्राज्य अन्त्य भए पनि हिरासतमा लिइएका हजारौं विदेशी जिहादी टाइम बमका रूपमा रहेको र विश्वले त्यसलाई तत्कालै निस्तेज गर्नुपर्ने चेतावनी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एएफपीका एक संवाददाताले दर्जनौं मानिस इराकी सीमानजिकको बागूज गाउँमा रहेको जिहादी शिविरबाट पंक्तिबद्ध भएर बाहिर निस्केको देखेका थिए ।


Advertisment
Nabil box
Kumari

‘यी सुरुङबाट बाहिर आएर आत्मसमर्पण गरेका आईएस लडाकू हुन्,’ कुर्दिश प्रवक्ता जियाकर अमदले भने । 

Vianet communication

तीमध्ये केहीले बाक्लो दाह्री पालेका थिए र कालो रंगको वस्त्रमा लामा ऊनी काफ्तान बाँधेका थिए । केहीको अनुहार टाटेपाटे स्कार्फले ढाकिएको थियो । उनीहरू लुक्ने आफ्नो अन्तिम ठाउँबाट बाहिर निस्केका हुन् । 

‘केही अन्य चाहिँ अझै भित्र लुकिरहेका हुन सक्छन्,’ अमदले भने । 

विश्व नेताहरूले सिरियामा आईएसको नियन्त्रणमा रहेको अन्तिम भूमिलाई कुर्दिशहरूको नेतृत्वमा रहेका सिरियाली लोकतान्त्रिक बलले जितेको भनी शनिवार गरिएको घोषणालाई तत्कालै प्रशंसा गरे । 

तर देशमा रहेको अर्धस्वायत्त कुर्दिश क्षेत्रका शीर्ष विदेश मामिला अधिकारीले पक्राउ परेका आईएस सदस्य अझै पनि खतराका रूपमा रहेको बताए । 

‘हजारौं लडाकू छन्, ५४ देशका बालबालिका र महिला छन् र तिनमा इराकी र सिरियालीहरूलाई जोडिएको छैन । उनीहरू हाम्रा लागि अनि अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर खतरा हुन्,’ अब्देल करीम ओमरले एएफपीलाई बताए । 

‘बागूजमा चलाइएको कारवाहीको अन्तिम २० दिनमा लडाकूको संख्या निकै बढ्यो,’ उनले बताए । 

आईएसका स्लीपर सेलहरू अझै पनि खतराका रूपमा रहेको उनले चेतावनी दिए । 

कुर्दिशहरूको पार्टी एसडीएफले उक्त क्षेत्रमा रहेका बाँकी जिहादीहरूलाई ध्वस्त पार्न तथा हतियारका सम्भाव्य भण्डार पत्ता लगाउन कारवाही चलाइरहेको छ ।  

एसडीएफले महिनौंसम्म गरेको आक्रमणले युफ्रेटिस उपत्यकामा आईएसको अन्तिम गढमा कब्जा जमाएपछि जिहादी र उनीहरूका परिवार क्रमशः बागूजमा जम्मा भए । 

केही भाग्न सफल भए भने धेरै विदेशीहरू त्यहीँ बसिरहे । उनीहरूले कि त आत्मसमर्पण गरे कि त मृत्यु नआउन्जेल लडे । 

एसडीएफका अनुसार, जनवरी महिनादेखि ६६ हजार मानिसले आईएसको अन्तिम गढ त्यागे । तिनमा ५ हजार जिहादी र तिनका २४ हजार नातेदार पनि छन् । 

मानिसहरूलाई गढबाट बाहिर निस्केर युफ्रेटिस नदीको किनारमा लग्नका लागि धेरैपटक आक्रमण रोकिएका थिए । 

एसडीएफले बागूजबाट निस्केका मानिसका जत्थालाई परीक्षण गरेका छन् । उनीहरूले जिहादी भनी आशंका गरेका व्यक्तिलाई हिरासतमा लिएका छन् र नागरिक तथा आईएसका नातेदारलाई अझ उत्तरका शिविरमा लगेका छन् । 
धेरैजसो नातेदारलाई अल–होल शिविरमा कोचिएको छ । त्यहाँ २० हजार मानिस अट्ने क्षमता छ तर त्यहाँ ७२ हजारजना बसिरहेका छन् । 

उत्तरपूर्वी सिरियाको कुर्दिश प्रशासनले यत्ति धेरै मानिसलाई हिरासतमा राख्ने क्षमता आफूसँग नरहेको र उनीहरूको पुर्पक्ष गर्न त झनै नसक्ने बताएको छ । 

तर आईएसका सदस्य भनी आरोप लागेका व्यक्तिलाई उनीहरूका देशले फिर्ता लैजान मानेको छैन किनकि त्यसले सुरक्षामा जोखिम ल्याउँछ र जनता पनि भड्किने सम्भावना छ ।

एएफपीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x