×

NMB BANK
NIC ASIA

बारा विपद्

बिहे हुन लागेकी छोरीलाई 'हुरीले लगेपछि' आमाको रोदन- यी का भइल, हमरा समझ नाआइल !

चैत १९, २०७५

NTC
Premier Steels

पुरैनिया – बारा जिल्लाको फेटा गाउँपालिका पुरैनियामा मंगलवार दिउँसो राजनीतिक दलका शीर्ष नेतादेखि सर्वसाधारणसम्मको भीड लागेको छ ।

Muktinath Bank

आइतवार रातिको आँधीबेहरीका कारण ध्वस्त भएको पुरैनियामा राहत बाँड्न आउने टोलीको बाक्लो उपस्थिति देखिन्छ । राहत बाँड्न भन्दा पनि रमिता हेर्न आउनेको भीड ठूलो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाविपत्तिको पीडामा रहेको यो गाउँमा रोजीदन खातुनको जीवनमा निकै ठूलो बज्रपात आइपर्‍यो । आइतवारको विनाशकारी आँधीमा रोजीदनका दुई छोरी (शबनम खातुन र रुवी खातुन)को निधन भयो ।


Advertisment
Nabil box
Kumari

अर्का दुई छोरी (जसिमा र नसिमा खातुन) घाइते भएर अस्पतालमा छन् ।

Vianet communication

शबनम खातुनको मंगलवार दिउँसो बिहे छिनोफानो (छेको) गर्ने कार्यक्रम थियो । छिमेकी गाउँको केटासँग मंगलवार उनको बिहे हुने पक्का हुँदै थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका केटा केहीदिन पहिले मात्र घर फर्केका थिए ।

‘हामीलाई ठूलो दशा आइलाग्यो, आमा अस्तिदेखि नै सुत्नुभएको छैन,’ शबनमका दाइ अली उल्लान अन्सारीले लोकान्तरसँग भने ।

मंगलवार दिउँसो रोजीदन छोरीहरू सम्झिएर टोलाउँदै थिइन् ।

...

आइतवार साँझ आमा रोजीदन खातुन खाना पकाउँदै थिइन् । घरको अर्कोपट्टि छोरीहरू बसेका थिए ।

‘शनिवार साथीको बिहेका लागि उपहार किनेर ल्याएकी थिई’ दाइ अलि उल्लानले भने । 

मंगलवार हुने बिहेको छिनोफानोका लागि कपडा समेत सिलाइसकिएको आमा रोजीदन खातुनले बताइन् ।

भत्किएको घरको भग्नावशेषमा शबनम खातुन सुत्ने गरेको पलङ भाँचिएको अवस्थामा छ ।

‘हम कभी सोचले ना रही, जे अइसन घटना होई,’ आमा रोजीदनले भोजपुरी भाषामा भनिन्, ‘यी का भइल हमरा समझ नाआइल ।’

रमिते र गाडीका ताँती, पीडित भन्छन्– छानो चाहियो

आँधीबेहरीले क्षतविक्षत भएको भलुही, भरवलिया र पुरैनियामा मंगलवार राहत सामग्री लिएर विभिन्न संघ–संस्था र व्यक्तिहरू पुगेका छन् । 

प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवादेखि राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत आइपुगेका छन् ।

काठमाडौं र पोखरादेखि आएका विभिन्न संघ–संस्थाले राहत बाँडेका छन् ।

राहत बाँड्नुभन्दा पनि नेताहरू ‘फेसन’गर्न आएको भन्दै केही पीडितहरूले आक्रोश पोखे । ‘सबै आउँछन् र फोटो खिचेर लग्छन्, हामीलाई घरको छानो चाहिएको छ,’ भरवलियाका मनोज कुर्मीले भने ।

राजनीतिक दलका नेता, कार्यकर्ता, सांसद, प्रदेशका मन्त्री, विभिन्न संघ–संस्थाका व्यक्तिहरूका सवारी साधनले पीडित बस्तीमा ‘सवारी जाम’ जस्तो देखिएको थियो । 

यसरी जोगिए १ सय १० बालबालिका

आइतवार साँझ आँधी आएको समयमा पुरैनियामा रहेको मदरसामा १ सय १० जना बालबालिका पढिरहेका थिए । मुस्लिम विद्यार्थीका लागि खोलिएको मदरसामा साँझ ७ बजेसम्म पढाइ हुन्छ । 

दाँयाबाँयाका पक्की घरमा समेत क्षति भएपनि मदरसामा ठूलो क्षति भएन । ‘मदरसाको छाना खसेको भए ठूलो क्षति हुने थियो, त्यो हुन पाएन,’ मुस्तकिम अन्सारीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x