×

NMB BANK
NIC ASIA

पोखरा- गण्डकी प्रदेश सरकारले प्रदेशका सांसदहरुलाई आफूखुसी खर्च गर्न पाउनेगरी रकम बाँड्ने तयारी गरेको छ । सरकारबाट सांसद विकास कोष शीर्षकमार्फत प्रत्येक सांसदलाई २/२ करोड विनियोजन गर्ने तयारी थालेको छ । सरकारले अनुमोदन गरेपछि सांसदले आफूखुसी आफ्नो निर्वाचन क्षेत्रमा उक्त रकम खर्च गर्न पाउनेछन् ।

Muktinath Bank

प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सांसद विकास कोष शीर्षक मार्फत प्रत्येक सांसदलाई २ करोड विनियोजन गर्ने तयारी थालेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । ‘सांसदहरुलाई केन्द्रले ४ करोड दिने गरेको छ,' उनले भने, 'अब हामीले पनि २ करोड दिने योजना बनाएका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरु प्रदेशले सांसद विकास कोषबाट बजेट बाँडेको थाहा पाएपछि गण्डकी प्रदेशका सांसदहरुले समेत बजेट माग गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री गुरुङले सांसदहरुको दबाब आफूले रोक्न नसकेको बताए । ‘व्यक्तिले पैसा बाँड्ने सिस्टम गलत हो,' उनले भने, 'प्रदेश ५, ६ र ७ का माननीय ज्यूहरुले यहाँ भ्रमण समेत गर्नुभयो । हामीले सांसदलाई अन्य सुविधा दिन सकेका छैनौं त्यसैले सांसद विकास कोषमार्फत बजेट दिने कि भन्ने सोच बनाएका छौं ।’

Vianet communication

निर्वाचन क्षेत्रमा हुने सानातिना आयोजना र कार्यक्रममा खर्च गर्नेगरी बजेटको व्यवस्था गर्न लागिएको उनले बताए ।

यसअघि सांसद विकास कोषमार्फत छुट्याएको रकममा व्यापक अनियमितता भएको भनी अलोचना भएपछि केन्द्र सरकारले कटौती गरेर ४ करोड मात्र दिने व्यवस्था गरेको थियो । सांसदहरुले विनियोजित  ४ करोडको बजेटप्रति असन्तुष्टि जनाएपछि प्रदेश सरकारले थप २ करोड दिन योजना बनाएको हो ।

यस अघि संसद विकास कोषको बजेट दुरुपयोग गरी ‘कार्यकर्ता पोसेको आरोप लागेपछि सत्तारुढ र प्रमुख प्रतिपक्षी दलसहित संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले सांसदले खर्च गर्ने गरी बजेट विनियोजन हुनुपर्ने आवाज उठाउँदै आएका थिए ।

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सांसदमार्फत बजेट खर्च गर्नुलाई गलत व्याख्या गर्न नहुने बताए । ‘जनताले विकास खोजेका छन् । हामी जनताको बीचमा विकास लैजान चाहान्छौं, सरकार खर्च गर्न चाहान्छ,’ उनले भने, 'आखिरी जसरी खर्च गरेपनि स्थानीय आवश्यकता र पूर्वाधारमै खर्च हुने हो । सांसदले स्थानीय आवश्यकताका आधारमा खर्च गर्छन् । नीति बनाएर पैसा दिने कुरालाई अन्यथा मान्न हुँदैन ।’

प्रदेशको पहिलो बजेटमै सांसदहरुले विकास कोषमा बजेट छुट्याउनु पर्ने माग गरेका थिए। तर सरकारले एकद्धार प्रणालीबाट बजेट खर्च गर्नुपर्ने भन्दै बजेट विनियोजन गरेको थिएन ।

दोश्रो बजेटमा निर्वाचित सांसदले प्रस्ताव गर्नेगरी एक निर्वाचन क्षेत्र एक नमूना सडक निर्माणको योजना अघि सारिएको छ । यसका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड १० लाख रुपैयाँ विनियोजन समेत भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x